ताजा समाचार:
Search

बेनीमा प्रथम धौलागिरि साँस्कृतिक महोत्सव सुरु(फोटोसहित)

विकल्प न्यूज/बेनी
चैत १० गते ।DSC_0061सदरमुकाम बेनीमा आज देखि प्रथम धौलागिरी साँस्कृतिक महोत्सव–२०७३ सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिको आयोजनामा चैत्र १० गतेदेखि देखि २० गतेसम्म उक्त महोत्सव आयोजना हुन लागेको हो ।    DSC_0097  महोत्सव सुरु हुनुभन्दा पहिला विभिन्न जातजातिका झाँकी सहित ¥याली निकालिएको छ । खुल्ला मञ्चबाट सुरु भएको ¥यालीले बेनी बजार परिक्रमा गरेर खुल्ला मञ्चको उद्घाटन कार्यक्रममा सहभागि भएको थियो ।DSC_0108लोकसंस्कृतिको संरक्षण गर्दै कलाकारिताको विकासका लागि महोत्सव आयोजना गरिएको आयोजनकले जनाएका छन् । प्रतिष्ठानका धौलागिरी अध्यक्ष राजेन्द्र सापकोटाले मोफसलमा पहिलो पटक आयोजना गर्न लागिएको साँस्कृतिक महोत्सवलाई सफल बनाउन सबैपक्षबाट सक्दो सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।DSC_0102राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती रहने महोत्सवबाट भएको आम्दानीबाट कलाकारहरुको लागि कल्याणकारी कोष स्थापना गरिने भएको छ ।DSC_0098बेनीमा प्रतिष्ठानको आयोजनमा पहिलो पटक हुन लागेको अञ्चल स्तरीय साँस्कृतिक महोत्सवमा खुला लोकगीत प्रतियोगिता, सालैजो नृत्य प्रतियोगिता, मौलिक झाँकी प्रदर्शन, भजन प्रतियोगिताको साथै राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको साँस्कृतिक प्रस्तुतीहरु रहनेछन् ।DSC_0080यसै विच महोत्सव गर्न अनुकुल समय नभएको भन्दै केही संघसंस्थाहरुले विरोध जनाएका छन् । विद्यार्थीहरुको वार्षिक परिक्षालाई असर पु¥याउनुका साथै स्थानीय तहको निर्वाचन नजिकिदै गरेकाले महोत्सवमा हुने अवान्छीत क्रियाकलापले निर्वाचनको वातावरणलाई खलवल पु¥याउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।DSC_0070