ताजा समाचार:
Search

बेनीमा यस्तो देखियो होली पर्व (फोटो सहित )

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, फागुन २९ गते IMG_0974म्याग्दीमा यस वर्षको फागुपूर्णिमा (होली) पर्व सदरमुकाम बेनीबजारसहित ग्रामीण क्षेत्रमा हर्षोल्लासका साथ मनाइएको छ । हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने नेपालीहरुको रङको पर्व होली साथीभाईबीच एकापसमा रङ लगाएर होलीपर्व मनाइएको हो ।      IMG_0957   स–साना बालबालिकादेखि युवा पुस्तासम्म उमेर समूह बनाएर एक अर्कामाथि विभिन्न प्रकारका रङहरू लगाउँदै शुभकामना आदानप्रदान गरी फागुपूर्णिमा मनाइएको छ । पर्वमा साना बालबालिका, युवापुस्ता, शिक्षक, विद्यार्थी, सर्वसाधारणलगायत सहभागी थिए । होलीमा विभिन्न प्रकारका रङ लगाउँदै ‘बेनीको बजार जता मायाँ उतै छ नजर’ जस्ता लोकप्रिय गीतहरु गाउँदै युवापुस्ता रमाएका थिए ।IMG_0973स्कुले बालबालिकाहरु आफ्नो अनुहारमा विभिन्न किसिमका रङहरु दलेर होली मनाएका छन् । सडकसँगै घरका छतबाट समेत लोला हान्नुका साथै अबिर फालेर रमाइलो गरिएको थियो । होलीमा सहभागी युवाहरुले मादल बजाउँदै गीत गाएर नाचगान गरेका थिए ।17274030_1858858340996350_50938309_oयसैबीच होलीलाई लक्षित गरी प्रहरीले बेनीबजार तथा आसपासका क्षेत्रमा गस्ती बढाएको छ । परिचित वा अपरिचित जो भए पनि एकापसमा रङ लगाएर उल्लासमय वातावरणमा होली मनाउन तथा मर्यादित बनाउनका लागि प्रहरीले सार्वजनिक सूचना समेत जारी गरेको छ ।IMG_0942नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये होलीका आफ्नै महत्व रहेको छ । रङहरूको पर्व होलीको दिन पुराना कटुता समाप्त गर्ने, नकारात्मक सोचको अन्त्य गरी खुसी साट्ने दिनका रुपमा समेत होली मनाउने गरिएको पाइन्छ । IMG_0939होलीमा लगाइने रङहरुको आ–आफ्नै विशेषता रहेकाले अरुको भावना विपरित रङ लगाउनु पर्वको मान्यताभन्दा बाहिर हुने भन्दै सहमति र सहकार्यका लागि होली पर्वको महत्व रहेको छ । IMG_0960IMG_0940IMG_0983(1)IMG_0916