म्याग्दीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट बाँडफाँड

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ फागुन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि म्याग्दीमा प्राप्त भएको एक करोड ६२ लाख रुपैयाँ बजेट बिहीबार विभिन्न योजना तथा कार्यक्रमलाई बाँडफाँड गरिएको छ ।

परियोजना मार्फत सञ्चालित मकैबाली र तरकारीबालीको उत्पादन तथा प्रसोधन केन्द्र (बल्क) तथा पकेट क्षेत्रको कार्यक्रमलाई बजेट वितरण गरिएको हो । जिल्ला कृषि विकास कार्यालयमा बसेको मिलीजुली मकैबाली र धौलागिरी तरकारी खेती ब्लक आयोजनाका पदाधीकारीहरुको बैठकले विभिन्न योजनाहरुलाई बजेट वितरण गरेको कार्यालयले जनाएको छ ।IMG_3552भकिम्लीमा तालीम केन्द्र निर्माणका लागि ग्रामिण कृषि सहकारी संस्थालाई पाँच लाख, खबराको राधाकृष्ण कृषि सहकारी संस्थालाई सिचाई आयोजना निर्माण गर्न दश लाख, कृषि औजार र केन्द्र सञ्चालन गर्न सिंगाको शुभकामना कृषि सहकारी संस्थालाई तिस लाख र अर्मन बहुउद्देश्यिय सहकारी संस्थालाई पन्ध्र लाख अनुदान दिने निर्णय भएको छ ।

यसैगरी तरकारी र मकै भण्डारण तथा बजारीकरणका लागि ढुवानी गर्ने सवारी साधन खरिद गर्न मकै बल्क आयोजना सञ्चालक समितिलाई बिस लाख र तरकारी ब्लक आयोजना सञ्चालक समितिलाई पन्ध्रलाख रुपैयाँ अनुदान उपलब्ध गराइने बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिनुभयो ।

पकेट क्षेत्र कार्यक्रम अन्तरगत अर्मन र बरंजामा मकैको तथा बेनपा ९ र ४ मा तरकारीको प्रबिधि प्रर्दशनी गरिने भएको छ । १५ वटा पकेट क्षेत्रका कार्यक्रम सञ्चालन हुने भएको छ । अनुदान पाउने सहकारी र कृषक समूहले १५ देखि ५० प्रतिशत लगानी जुटाउनुपर्ने बाली संरक्षण अधिकृत हरिहर शर्माले बताउनुभयो ।

बेनी नगरपालिकाको ज्यामरुककोट तथा भकिम्ली, बरंजा र अर्मन गाविसमा मकैबाली तथा बेनी नगरपालीका क्षेत्रमा तरकारी बालीको बल्क आयोजना सञ्चालन भएको छ ।