गाउँपालिकाको केन्द्रको माग गर्दै सदरमुकाममा प्रर्दशन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ फागुन ।
प्रस्तावीत रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा कायम हुनुपर्ने माग गर्दै स्थानीयले बिहीबार सदरमुकाम बेनीमा प्रर्दशन गरेका छन् ।

रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले बेनीमा बिरोध प्रर्दशनका लागि जिल्ला प्रशासन कार्यालय अगाडी दिउँसो केही समय धर्ना दिएका थिए । IMG_3500राज्य पुनसंरचना आयोगले बहुसंख्यक बासिन्दालाई प्रशासनीक र भौगोलिक हिसावले असहज हुनेगरी पाखापानीलाई अस्थाई केन्द्र कायम गरेको भन्दै उनिहरुले विभिन्न बिरोध र दवावका कार्यक्रम गर्दै आएका छन् ।

कालीपुलबाट सुरु भएको ¥यालीमा पिप्ले, भगवती, दग्नाम, बेगखोला, चिमखोला गाविसका बासिन्दाहरु सहभागि थिए । गणेशटोल, बालमन्दिरचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा पुगेर कोणसभामा परिणत भएको बिरोध ¥याली न्युरोड हुदै कालीपुलमा पुगेर सकिएको थियो ।IMG_3515भौगोलिक सुगमता र भौगोलिक अनुकुलताको आधारमा मौवाफाँटलाई केन्द्र बनाउनुपर्ने उनिहरुको माग छ । तत्कालीन प्राबिधिक सहयोग समीतीले रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाँट वा पाखापानी मध्य एक ठाउँमा कायम गर्न सिफारीस गरेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै समितिका देवेन्द्र केसी, बालकृष्ण सुवेदी र बिनोद केसीले जिल्लाको राजनितिक नेतृत्व, प्राबिधिक सहयोग समिति, जनप्रतिनिधि, आयोग र सरकारको अव्यवहारीक निर्णयका कारण जनताले दुख पाउने अवस्था आएकाले आन्दोलनमा उत्रनुपरेको बताउनुभयो ।
पाखापानी केन्द्र हुँदा गाउँपालीकाका बहुसङख्यक बासिन्दालाई सेवा सुबिधा प्राप्त गर्न सास्ती हुने उहाँहरुको तर्क थियो । सो कोणसभामा चिमखोलाका गमबहादुर पुनले आफूहरुलाई सेवा सुबिधा लिन मौवाफाँटनै अनुकुल हुने बताउनुभयो ।

यसैगरी संघर्ष समितिले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकको रघुगंगा गाउँपालीका क्षेत्रमा पर्ने गलेश्वर–तिप्ल्याङ खण्डमा बिहीबारदेखि अनिश्चितकालीन चक्काजाम गरेका छन् ।

सवारी साधन सञ्चालन नहुँदा मुस्ताङ भ्रमणमा जाने आउने पर्यटक, तिर्थयात्री, मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दाहरु मर्कामा परेका छन् ।