म्याग्दीमा बर्डफ्लु भित्रन नदिन सर्तकता

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १८ फागुन ।
म्याग्दीमा पंक्षी जन्य रोग बर्डफ्लु भित्रन नदिन सर्तकता अनपाइएको छ । जिल्ला पशु सेवा कार्यालय म्याग्दीको आयोजनामा बुधबार बसेको बर्डफ्लु रोग नियन्त्रण प्राबिधिक समितिको बैठकले सर्तकता अपनाउने निर्णय गरेको हो ।

केही दिनअघि कास्कीको पोखरामा पालीएका हाँसहरु बर्डफ्लु रोगका कारण मरेका थिए । म्याग्दीमा हालसम्म बर्डफ्लु नदेखिएपनि छिमेकी जिल्लाबाट भित्रन सक्ने जोखिमलाई विश्लेषण गर्दै बिहीबारदेखि सिमा नाकामा चेकजाँच गर्ने र ¥यापीड रेस्पोन्स टिम गठन गरेको छ ।

कालीपुल र रत्नेचौरमा पशु सेवा कार्यालय, प्रहरी र कुखुरा व्यवसायीको संयुक्त टोलीले चेकजाँच गर्ने भएका छन् । स्वस्थ्य जाँच गरि स्वस्थ्य प्रमाणीत भएका, स्रोत खुलेका पंक्षि तथा पंक्षीजन्य बस्तु आयात गर्न दिने बरिष्ठ पशु चिकित्सक डाक्टर मनबहादुर पुनले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले आपतकारीन अवस्थामा परिचालन हुन र तयारी अवस्थामा रहन पशु चिकित्सक जिवनप्रसाद आचार्यको नेतृत्वमा ५ सदस्यीय ¥यापीड रेस्पोन्स टोली गठन गरेको छ ।