नेकपा एमाले धाइरिङ गाँउ कमिटीको नवौं अधिवेशन सम्पन्न

विकल्प न्यूज/पर्वत
फागुन १८ गते ।
नेकपा एमाले धाइरिङ गाउँ कमिटीको नवौं अधिवेशनले अध्यक्षमा ओमवहादुर पुनलाई चयन गरेको छ । सोमबार सम्पन्न गाउँ अधिवेशनले पुनको अध्यक्षतामा ८ सदस्य पछि थप्ने गरी २१ सदस्य गाउँ कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । DSC_1259कमिटिको उपाध्यक्षमा जयन्ती आचार्य, सचिवमा वेदनाथ आचार्य र उपसचिवमा तारानाथ आचार्य चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा भुपेन्द्र क्षेत्री पौडेल,नारायणदत्त शर्मा,भागवत आचार्य,जमुना आचार्य,सावित्री शर्मा,सारदा आचार्य,सन्तमाया नेपाली,डिल्लीकुमारी आचार्य,ज्ञानवहादुर पुन र बल वहादुर पुन रहनुभएको छ । DSC_0031यस्तै शोभाखर आचार्यको संयोजकत्वमा १२ सदस्यीय सल्लाहकार परिषदको गठन गरेको छ । जसको सदस्यहरुमा गोविन्द आचार्य,कृष्ण वहादुर थापा,बल वहादुर वुढाथोकी,तारा गिरि,गंगाधर आचार्य,रामप्रसाद सुवेदी,गोविन्द पौडेल,खड्कवहादुर पुन,ऋषिराम शर्मा र निलकष्ठ आचार्य चयन भएको नवनिर्वाचीत सचिव वेदनाथ आचार्यले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरिले केपी ओली सरकारको पालामा निर्माण भएको बजेटले गाउँगाउँमा विकासको लहर ल्याएको बताउनुभयो ।

ओली नेतृत्वको सरकारले तर्जुमा गरेको बजेटलाई परिचालन गरेर वर्तमान सरकारले भ्रमको खेती गरेको उहँको भनाई थियो । विकास निर्माणमा आएको बजेटलाई सहि सदुपयोग गर्न अध्यक्ष गिरिले आग्रह गर्नुभयो । मुलुको आर्थिक विकास र समृद्धिको ढोका खोल्नका लागि आगमी बैशाख ३१ गते हुने स्थानीयतहको निर्वाचनमा एमालेलाई विजयी गराउनुपर्ने उहाँको भनाई थियो । स्थानीयतहको निर्वाचन सफल पार्नका लागि सम्पूर्ण कार्यकर्ताहरु परिचालित हुन गिरिले आग्रह गर्नुभयो । DSC_1224यसैगरि नेकपा एमाले पर्वतका उपाध्यक्ष भक्त कुँवर, सचिव पदमपाणी शर्मा,जिल्ला कमिटी सदस्य वुद्धीप्रसाद सुवेदी, प्रचारप्रसार विभागका संयोजक लालवहादुर अधिकारी, जिल्ला स्तरीय नेता उदय सुवेदी, नेपाल वुद्धिजीवी परिषदका केन्द्रीय सदस्य प्रेमराज शुसिल,युवा संघका जिल्ला अध्यक्ष विमल लामिछाने र क्षेत्रिय कमिटीका सदस्य हरिलाल आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न अधिवेशनमा युवा संघ गाउँ कमिटीका अध्यक्ष दिपेन्द्र सुवेदीको स्वागत र युवा नेता विकास गिरिको सञ्चालनमा सम्पन्न उद्घाटन सत्रमा नेकपा माओबादी,काँग्रेस र राप्रपा परित्याग गरि ४० जना एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई अध्यक्ष गिरि,उपाध्यक्ष कुँवर लगायतका नेताहरुले अविर र खादा लगाएर पार्टीमा भित्रयाउनुभएको थियो । साथै अधिवेशनमा गाउँका एकदर्जन जेष्ठ नागरिहरुलाई सम्मान गरिएको थियो ।