द्धन्द्धपीडितका लागि तालीम सुरु

विकल्प न्यूज/बेनी
बेनी १५ फागुन ।
बेनीमा आईतबारदेखि द्धन्द्धपीडित तथा परिवारका लागि सीप विकास कार्यक्रम अन्तरगत कागजको शृङगारका सामाग्री निर्माण तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।

स्थानीय शान्ति समितिको कार्यालय म्याग्दीको आयोजनामा १० दिनसम्म सञ्चालन हुने तालीममा १५ जनाको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले तालीममा सिकेको सिपलाई ब्यवहारमा प्रयोग गरेर व्यवसायीक हिसावले अघि बढ्न सकेमा आयआर्जनमा टेवा मिल्ने बताउनुभयो ।

समितिका संयोजक मुक्तिप्रसाद ढुङ्गानाको अध्यक्षता, कार्यालय सचिव विज्ञान सुवेदीको सञ्चालन र पुर्व संयोजक धु्रबलाल शर्माले स्वागत गर्नुभएको कार्यक्रममा सदस्य चन्द्रप्रसाद बुढाथोकीले मन्तब्य व्यक्त गर्नुभएको थियो । ७ दिनसम्म शृङगारका सामाग्री निर्माण र तिन दिन निवेदन, प्रस्ताव लेखन, बैठक सञ्चालन, भाषणकला सम्बन्धि तालीम दिइने आयोजकले जनाएका छन् ।