अदालतको काम कारबाही नागरिक मैत्री हुनुपर्ने

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १६ फागुन । न्याय परिषद्का सचिव नहकुल सुवेदीले अदालतको काम कारबाही नागरीक मैत्री हुनुपर्ने बताउनु भएको छ ।

गृहजिल्ला म्याग्दीको बेनीमा उद्योग वाणिज्य संघले आईतबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सुवेदीले न्यायपालिकाको काम कारबाहीलाई आम सर्वसाधारणको पहुँचमा पु¥याउन प्राथमिकता दिइएको बताउनुभयो ।nakul subediपहुँचको आधारमा बजेट बाँडफाँड गर्ने प्रवृती न्यायसंगत नभएको बताउँदै उहाँले विकासमा समान प्राथमिकता दिनुपर्ने बताउनुभयो । नेपाल सरकारको सचिव स्तरका पदमा पुगेको खुसीयालीमा संघले सुवेदीलाई स्वागत तथा सम्मान गरेको थियो ।

कार्यक्रममा जिल्ला अदालत म्याग्दीका न्यायाधिश रामप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षत र महासचिव राजेश शाक्यले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन दितृय उपाध्यक्ष बेलबहादुर कटुवालले समापन गर्नुभएको थियो ।