दलित संघको नयाँ कार्यसमिति चयन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १३ फागुन ।
नेपाली काँग्रेस निकट नेपाल दलित संघ म्याग्दीको बेनीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट थमन घिमीरे विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ ।

सर्वसम्मत निर्वाचित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा ईन्द्र विश्वकर्मा, उपाध्यक्षमा बालकुमार लामिछाने विश्वकर्मा, महिला उपाध्यक्षमा सुकमाया विश्वकर्मा, सचिवमा टिकाराम विश्वकर्मा, कोषाध्यक्षमा टिकाबहादुर माईलीपार विश्वकर्मा, सहसचिवमा भिम परियार र सन्दिप विश्वकर्मा चयन हुनुभएको छ ।IMG_3171अधिवेशनले पशुपति विश्वकर्मालाई दलित बिभाग प्रमुख र मनबहादुर चर्माकार प्रशिक्षण बिभागमा चयन गर्नुका साथै ओमप्रकाश लामगाडे, नरबहादुर विश्वकर्मा लगायतलाई सदस्यमा निर्वाचित गरेको छ । याम हर्मेल, टेकबहादुर विश्वकर्मा र दिलकुमारी विश्वकर्मा संघको महाधिवेशन प्रतिनिधि चयन हुनुभएको नवनिर्वाचित उपाध्यक्ष बालकुमार लामिछाने विश्वकर्माले जानकारी दिनुभयो ।

बेनीमा बिहीबारदेखि सुरु भएको अधिवेशनको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पर्वत क्षेत्र नम्बर १ का सांसद अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको थियो ।