लागू औषध सहित तिन जना पक्राउ

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १३ फागुन ।
म्याग्दीको बेनीबाट लागू औषध सहित तिन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बेनीको कालीपुल बसपार्कबाट डाईजेपाम, फेनोरागन, टालजेसिक र सुई सहित रुपन्देही खैरेनी ४ का १८ वर्षिय अजय शेन्चुरी, २० वर्षिय राजु राना र कास्कीको पोखरा उपमहानगरपालीका १५ का २१ व्र्षिय सोनम घतानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।police officeप्रहरीका अनुसार उनिहरुको साथबाट ७ एम्पुल डाईजेपाम, ७ एम्पुल टालजेसिक, ७ एम्पुल फेनोरागन र ५ मि.लिको ३ थान सिरीङ्ज सहित नगद छ हजार र तिन थान मोवाईल सेट बरामद भएको छ । फागुन ११ गते साझ ८ बजे पक्राउ परेका उनिहरुलाई बुधबार जिल्ला अदालत म्याग्दीमा म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।