राप्रपाको केन्द्रिय सदस्यमा गौचन दाजुभाई

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १३ फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन मार्फत म्याग्दीका दुई जना नेता केन्द्रिय सदस्यमा प्रतिनिधित्व गरेका छन् ।

पुर्वराज्यमन्त्री भिमप्रसाद गौचन र पुर्व सहायक मन्त्री जगतप्रसाद गौचन राप्रपाको केन्द्रिय सदस्यमा चयन हुनुभएको हो । जगतप्रसाद गौचन निर्वाचित र भिमप्रसाद गौचन केन्द्रिय समितिको बैठकबाट केन्द्रिय सदस्यमा मनोनित हुनुभएको राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।rppजगतप्रसाद गौचनले एक हजार ३३ मत प्राप्त गरेर केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको थियो । म्याग्दीको पाखापानीमा जन्मिएका गौचनद्धय सहोदर दाजुभाई हुनुहुन्छ । उहाँहरु लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिमा सक्रिय हुनुहुन्छ ।