नवविवाहित जोडीहरुका लागि शुभकामना कार्यक्रम

विकल्प न्यूज/बेनी
फागुन १२ गते ।
बेनीनगरपालिका १३ सिङगामा विहिवार नवविवाहित जोडीहरुका लागि सफल दाम्पत्य जीवनको शुभकामना कार्यक्रम गरिएको छ । एचसीथ्री म्याग्दीको सहयोग र सिङगा स्वास्थ्यचौकीको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा विवाहित जोडीहरुका लागि शुभकामना आदानप्रदानका साथै स्मार्ट पिकनिकको आयोजना गरिएको थियो । DSC_0987बेनपा १३ र १४ नम्बर वडामा रहेका नवविवाहित जोडीहरुको सहभागिता रहेको कार्यक्रममा परिवार नियोजनका वारेमा विवाहित जोडीहरुले खुलेर छलफल गरेका थिए । उनीहरुले परिवार नियोजनका स्थायी र अस्थाई साधनहरुका वारेमा खुलेर जिज्ञासा राखेको थिए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले आफू र बच्चाको स्वास्थ्यका लागि तिन वर्षको जन्मान्तरमा बच्चा जन्माउनुपर्ने बताउनुभयो । विष वर्ष मुनी बच्चा जन्माउदा आमाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले परिपक्क भएर मात्र बच्चा जन्माउनु पर्ने सुझाव दिनुभयो ।DSC_0991परिवार नियोजनका साधनहरुको प्रयोगले नै विभिन्न रोगहरुबाट बच्न सकिने भएकाले परिवार नियोजनका साधनहरु प्रयोग गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यले परिवार नियोजनका साधनहरुको प्रयोगका वारेमा नवविवाहित जोडीहरुलाई जानकारी गराउनुभएको थियो । परिवार नियोजनका अस्थायी साधन कण्डम, डिपो, पिल्स, ३ महिने सुई, कपर्टी, इमप्लान्ट, आईरन चक्की तथा स्थायी साधन भ्यासेक्टोमी, मिनिल्याप लगायतका सेवाको प्रयोग एवं फाइदाका बारेमा निरिक्षक आचार्यले जानकारी गराउनुभएको थियो ।DSC_1008कार्यक्रममा नव विवाहित जोडीहरुले उज्जल भविष्यको स्मार्ट योजना बनाएर मात्र सन्तान जन्माउने बताएका थिए भने कोहीले पढाई पूरा गरेर, जागिर खोजेर आत्मनिर्भर भएपछि मात्र सन्तान जन्माउने र त्यसका लागि परिवार नियोजनका साधन शुरु गरिसकेको र कोहीले अब परिवार नियोजनका साधन प्रयोग गरी जीवनलाई स्मार्ट बनाउने प्रतिक्रिया दिएका थिए । कार्यक्रममा नवविवाहितहरुको फोटो सेसन र शुभकामना कार्ड पनि प्रदान गरिएको थियो ।

स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यको अध्यक्षता, चौकीका सिअहेव हरिलाल अधिकारीको स्वागत र प्रमुख मनिषा पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा एचसीथ्री परियोजना जिल्ला संयोजक सरस्वती पुरीले कार्यक्रमका वारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा यस क्षेत्रका ९ विवाहित जोडीहरु, एचसीथ्रीका साथी सहजकर्ताहरु र महिला स्वास्थ्य स्वयम सेविकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जानकारीमुलक प्रचारसामाग्रीहरु वितरण गरिएको थियो ।

परियोजनाले म्याग्दीमा विगत दुई वर्षदेखि बेनी नगरपालिकासहित विभिन्न १५ ओटा गाविसमा  परिवार नियोजना सम्बन्धी विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ   ।