उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको भवन शिलन्यास

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १२ फागुन ।
पर्वत उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको बिहीबार भवन शिलन्यास गरिएको छ ।

माझफाँट २ लामाखेतमा निर्माण हुन लागेको भवनको उपशाखाको छैठौ साधारणसभाको अवसरमा पर्वत क्षेत्र न. १ का सांसद अर्जुन प्रसाद जोशीले शिलन्यास गर्नुभएको हो ।

IMG_3152(1)रवीन्द्र र जर्नादन मल्लले उपलब्ध गराउनुभएको आठ आना जग्गामा सामुदायिक प्रयोजनको सभाहल सहितको कार्यालय भवन निर्माण हुन लागेको हो । सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका सांसद जोशिले विकासका लागि सबैको एकता र सहकार्य आवश्यकता पर्ने बताउनुभयो ।

उहाँले बैशाख ३१ मा हुन लागेको स्थानीय तहको निर्वाचनले संबिधानको कार्यान्वयनसंगै विकास निर्माणका लागि समेत अवसर सिर्जना गर्ने बताउनुभयो । शिलन्यास कार्यक्रममा सांसद जोशी सहीत विभिन्न व्यक्ति तथा संस्थाहरुबाट छ लाख रुपैया सहयोग घोषणा भएको छ ।

बिस लाख रुपैयाँको लागतमा भवन निर्माण गर्ने लक्ष्य छ । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, पर्वत उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष टेकबहादुर जिसी व्यवसायीको तर्फबाट नविन जिसी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

उपशाखाका सभापति भिष्म मल्लको अध्यक्षता, महासचिव चित्रराज रेग्मीको सञ्चालन र दितृय उपाध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले स्वागत गर्नुभएको कार्यक्रममा सचिव शेषराज रेग्मीले आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको समापन बरिष्ठ उपाध्यक्ष डिलबहादुर बरुवालले गर्नुभएको थियो ।