अनेरास्ववियुद्धारा उमेद्वारी घोषणा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १२ फागुन ।
आगामी हप्ता त्रिभुवन विश्व विद्यालय अन्तरगतका क्याम्पसहरुमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अनेरास्ववियु म्याग्दीले बिहीबार उमेद्वारी घोषणा गरेको छ ।

फागुन १८ गते हुने स्ववियु चुनावको लागि म्याग्दी बहुमुखी क्याम्पस र बाबियाचौरको मंगला शिक्षा क्याम्पसमा सभापति, सचिव, कोषाध्यक्ष लगायत प्रत्यक्ष निर्वाचित र समानुपातीक तर्फका उमेद्वारहरुको नामावली सार्वजनीक गरेको हो ।IMG_3186म्याग्दी बहुमुखी क्याम्पसमा जिल्ला सचिव सावीत्री केसी र मंगलामा अनीषा भट्टराईलाई अनेरास्ववियुको तर्फबाट सभापतिमा उमेदवार बनाउने निर्णय भएको केन्द्रिय सदस्य प्रकाश पौडेलले जानकारी दिनुभयो ।

केन्द्रिय सदस्य पौडेल, जिल्ला अध्यक्ष सुवास बिक र एमालेका विद्यार्थी बिभाग प्रमुख दिपक कार्कीको बैठकले टुङ्गो लगाएको उमेद्वारहरुको नामावली बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, सचिव बालकृष्ण सुवेदी लगायत नेताहरुको उपस्थितीमा सार्वजनिक गरिएको थियो ।

म्याग्दी क्याम्पसको सचिवमा दर्पण रोका, कोषाध्यक्षमा नविन सुवेदी र प्रत्यक्ष निर्वाचित सदस्यहरुतर्फ रश्मी रोका, भरत मल्ल, बिकास केसी, भावना जिसी, स्वतीका नेपाली र शुष्मा खत्री तथा समानुपातीकतर्फ उपसभापतिमा ईश्वर सुवेदी, सहसचिवमा मिलन खत्री, सदस्यहरुमा गंगा पुन, पूर्णमा बुढाथोकी, सृजना घर्ती र शुष्मा पुनलाई उमेद्वार बनाउने निर्णय भएको पौडेलले बताउनुभयो ।

उहाँका अनुसार मंगला क्याम्पको सचिवमा अनेरास्ववीयुले प्रकाश खड्का, कोषाध्यक्षमा संगिता नेपाली, सदस्यहरुमा कृष्ण छन्त्याल, शोभा कडेल र बिमला किसानलाई उमेद्वार बनाउने भएको छ । त्रिवी अन्तरगतका क्याम्पसको शैक्षिक गुणस्तर र उतिर्णदर वृद्धी गराउने मुद्दालाई अनेरास्ववियुले प्राथमिकता दिएको केन्द्रिय सदस्य पौडेलले बताउनुभयो ।
म्याग्दी क्याम्पसको स्ववियु सभापतिमा पहिलो महिला उमेद्वार बनेकी केसीले म्याग्दी क्याम्पसमा भर्ना र मासिक शूल्क वृद्धीका लागि आफूहरुले गरेको पहललाई निष्कर्षमा पु¥याउन विद्यार्थीले साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

”उतिर्णदर र गुणस्तर वृद्धीसहित क्याम्पस सञ्चालनको बैकल्पीक स्रोतको खोजी गरी विद्यार्थीलाई भार कम पार्ने मुद्दालाई प्राथमिकता दिएका छौ” केसीले भन्नुभयो “क्याम्पस प्रशासनलाई व्यवस्थित बनाउने र विद्यार्थी माथी हुने अन्याय अत्याचारको विरुद्ध शशक्त ढङगले लड्छौ ।”