निजामती कर्मचारी युनियन संघको अध्यक्षमा पौडेल निर्वाचीत

सन्तोष गौतम \विकल्प न्यूज
बेनी ११ फागुन ।
नेपाल कर्मचारी युनियन संघ म्याग्दीको बुधबार बेनीमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले लिलानाथ पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरेको छ ।

सर्वसम्मत निर्वाचित कार्य समितिको खुल्लातर्फको उपाध्यक्षमा चन्द्रदत्त शर्मा, महिला उपाध्यक्षमा मनकुमारी गिरी, समावेशी उपाध्यक्षमा प्रेमचन्द्रप्रसाद जयसवाल, सचिबमा बलराम बानियाँ, सहसचिबमा सन्तोष पौडेल र कोषाध्यक्षमा विष्णुप्रसाद शर्मा रहनुभएको छ । शिव शर्मा, कुलप्रसाद आचार्य, लक्ष्मण शर्मा (चालिसे), प्रदीप गौतम, रघुनाथ शर्मा, तेजनाथ पौडेल, विष्णुमाया कुवँर र सुशीला केसी सदस्यमा चयन हुनुभएको छ ।IMG_3076निवर्तमान अध्यक्ष ज्ञान गिरी र बिनोद रेग्मी केन्द्रीय सभा सदस्यमा निर्वाचीत हुनुभएको छ भने २ जना सदस्य कार्यसमीतीले मनोनित गर्ने व्यवस्था छ । अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले कर्मचारीहरुले सेवाग्राहीको कामलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

युनियन संघका उपाध्यक्ष डिल्लीराम रेग्मीले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सचिब हरिकुमार श्रेष्ठ, नेपाल तरुण दलका अध्यक्ष मुकुन्द छन्त्याल, महिला संघकी अध्यक्ष विमला गौचन, शिक्षक संघका अध्यक्ष केशवप्रसाद रेग्मी, नेपाल ट्रेड युनियनका अध्यक्ष दुर्गाराम सुवेदी, कर्मचारी युनियनका अध्यक्ष देव शर्मा, पर्वतका सचिब याम शर्मा, नेविसंघका कार्यबाहक अध्यक्ष एकेन्द्र महत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।