यसरी वित्यो राहुघाटका सात वर्ष

सन्तोष गौतम/विकल्प न्यूज
फागुन १० गते ।
नेपाल विद्युत प्राधिकरणले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजना ठेक्का प्रक्रियामा अल्झीएको छ ।

डेढ वर्षअघि भारतीय निर्माण कम्पनी आइभिआरसिएलसँगको सम्झौता तोडेर गत असारमा सुरु भएको नयाँ ठेक्का प्रक्रिया अझै टुङ्गीएको छैन् । सिभिल निर्माणको ठेक्का पाएको आईभिआरसिएलले अपेक्षित काम गर्न नसकेपछि २०७२ असारमा प्राधिकरण ठेक्का तोडेको थियो ।
पछिल्लो पटकको ठेक्का प्रक्रियामा सात वटा कम्पनीले फारम किने पनि भारतीय निर्माण कम्पनी जयप्रकाश एशोसीयटको मात्र प्रस्ताव परेको थियो ।raugatफाइल तस्विर

प्रस्ताव अध्ययन गरि तीन हप्ता अघि प्राधिकरणको सञ्चालक समितिमा पेश गरिएको आयोजनाका निमित्त प्रमुख रमेशमान श्रेष्ठले बताउनुभयो ।

“ठेक्का प्रस्तावको मूल्याङ्कन गरेर पुनरावलोकनका लागि समितिमा पेश गरेका छौ” निमत्त प्रमुख श्रेष्ठले भन्नुभयो “समितिले अध्ययन र निर्णय गर्न बाँकी छ ।”

तिन महिनामा सकिनुपर्ने ठेक्का प्रक्रिया ७ महिनासम्म पनि पुरा नहुँदा सरोकारवालामा शंका र अन्यौलता उत्पन्न भएको छ ।
अपेक्षीत प्रस्ताव नपर्नु, आयोजनाले प्रस्ताव मूल्याङ्कन र सञ्चालक समितिले निर्णय गर्न ढिलाई गर्दा शंका उत्पन्न भएको ब्यवस्थापीका संसदको कृषि तथा जलस्रोत समितिका सदस्य समेत रहुनभएका म्याग्दीबाट निर्वाचित सांसद नवराज शर्माले बताउनुभयो ।

वि.स २०६६ देखि पिप्ले गाविसमा निर्माण प्रक्रिया सुरु भएको आयोजनाको परामर्शदाता नियुक्तीमा ढिलाइ हुनु र ठेकेदारको कमजोर आर्थिक अवस्थाका कारण अहिलेसम्म नौ प्रतिशत मात्रै भौतिक र १६ प्रतिशत वित्तीय प्रगति भएको छ ।

ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले अघि सारेको कर छुटको सर्तको विषयमा सरकारबाट निर्णय हुननसक्नु आयोजनाप्रति अन्यौलता हुनुको अर्को कारण हो । म्याग्दीको झिँ र दग्नाम गाविसको सिमानामा बाँध तथा पिप्ले गाविसको तिल्केनीचौरमा विद्युत्गृह निर्माण गर्ने गरी वि.स २०६६ देखि आयोजना निर्माण प्रक्रिया सुरु भएको थियो ।

पुरानो ठेक्का सम्झौता रद्द भएपछि प्राधिकरणले आयोजनाको पुनःसर्वेक्षण गरी ३२ मेगावाट क्षमता बढाएर ४० मेघावाट बनाउने निर्णय अनुसार ठेक्का प्रक्रिया सुरु गरिएको थियो । आठ अर्ब चालीस करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि आव्हान गरिएको ठेक्कामा तिन पटक समय थप गर्दा समेत अपेक्षीत प्रस्ताव दर्ता हुन सकेन् ।

ठेक्का प्रस्ताव दर्ता गर्ने अन्तिम समय २०१६ अगस्त २२ तारीकसम्म एउटा मात्र प्रस्ताब परेको थियो । भारतीय एक्जीम बैङ्कको चार करोड डलर सहुलियत ऋणमा निर्माण हुन लागेको आयोजनामा प्राधिकरण र सरकारले गर्ने लगानीमा जनताको सेयर समेट्न सहायक कम्पनी गठन गर्ने विषयमा छलफल भएपनि निर्णय हुन सकेको छैन् ।

यसैबीच राहुघाट जलविद्युत आयोजनाको पिप्लेमा निर्माणाधिन आवासगृह र कार्यालय भवन योजना ढिलासुस्तीको नमुना बनेको छ । १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना पाँच वर्षमा पनि पुरा हुन सकेको छैन् ।

नेपाल विद्युत प्राधिकरणले कार्यालय र कर्मचारी आवास प्रयोजनका लागि वि.स २०६७ मा भवन निर्माण सुरु गरेको थियो । १४ वटा पक्कि भवन बनाउन गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसंग एघार करोड १० लाख ६७ हजार रुपैयामा ठेक्का लिएका थिए ।

समयमै भवन नबन्दा आयोजनाले कार्यालय र कर्मचारी आवासका लागि मसिक लाखौ रुपैया घरभाडामा खर्चने गरेको छ । निर्माण कम्पनीले ढलान गरेर भवन ठडाएपनि पलास्टर, रंगरोगन, विद्युत, खानेपानी जडान गर्न बाँकी छ ।

निर्माण पुरा नहुदै जिर्ण र थोत्रीएको राहुघाटको भवन निर्माण योजना सरकारी आयोजनाहरुमा हुने चम ढिलासुस्तीको नमुना बनेको स्थानीयबासी लेखनाथ शर्माले बताउनुभयो । आयोजनाका अनुसार सो भवनहरुको काम हालसम्म करिब सत्तरी प्रतिशत मात्रै भएको छ ।

दुई वटा कम्पनीले संयुक्त रुपमा काम गर्ने सम्झौता गरेपनि उनिहरुबीच वित्तिय समस्या र आन्तरीक दन्द्धका कारणले भवनको काम प्रभावित बनेको हो । आयोजनाका निमीत्त प्रमुख रमेशमान श्रेष्ठले भवनको काम छिटो सक्न ठेकेदारलाई ताकेता गरिरहेको बताउनुभयो ।

अन्तिम पटक आगामी चैत मसान्तसम्म काम सक्न समयसिमा दिइएको उनले बताए । ठेकेदार कम्पनीका प्रतिनिधि बिनोद राईले भने आयोजना र प्राधिकरणले रनीङ बिलको भुक्तानी गर्न धेरै लामो प्रत्रिया लगाउने गरेकाले त्यसको प्रभाव काममा परेको बताउनुभयो ।

यसअघि काम सुस्त भएपनि अहिले जनशक्ति थप गरेर पर्खाल लगाउने र घेराबार गर्ने कामलाई तिब्रता दिएको राईले बताउनुभयो । आगामी छ महिनाभित्र भवन बनाएर आयोजनालाई हस्तान्तरण गर्ने उनको भनाई छ ।