क्रान्तिकारीद्धारा स्ववीयु चुनावको उमेद्वार घोषणा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ८ फागुन ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आसन्न स्ववियु चुनावमा म्याग्दी बहुमुखी क्याम्पसमा उमेद्वारी घोषणा गरेको छ ।

बेनीमा आईतबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर अध्यक्ष, सचिव, कोषाध्यक्ष सहित प्रत्यक्ष मतदानबाट निर्वाचित हुने छ जना सदस्यहरुको उमेद्वारी घोषणा गरेको हो ।

अखिल क्रान्तिकारीले म्याग्दी क्याम्पसको स्ववीयु सभापतीमा केन्द्रिय सदस्य तथा केन्द्रिय सदस्य सुदिन पौडेललाई उमेद्वार बनाउने भएको छ । यसैगरी सन्दिप न्युरेलाई सचिव र रसीला बस्नेतलाई कोषाध्यक्ष पदको उमेदवार बनाउने जनाएको छ ।sudenअखिल क्रान्तिकारीको तर्फबाट निर्वाचित हुने छ जना सदस्यहरुमा सर्मीला पौडेल, भाइरथ पाण्डे, सन्तोषी आचार्य, अनीसा सुवेदी, प्रमीला पुन र नारायण ढुङ्गानाले उमेद्वारी दिनुहुने भएको छ । १५ सदस्यीय स्ववीयुको कार्यसमितिमा उपाध्यक्ष, सहसचिव लगायत छ जना समानुपातीक मतदान प्रक्रियाबाट छनौट हुने व्यवस्था छ ।

उमेद्वार घोषणा कार्यक्रममा संगठनका केन्द्रिय सचिव तथा प्रदेश नम्बर ४ का संयोजक कुशल पौडेलले शिक्षामा विद्यमान विभेदको अन्त्य, छात्रावृत्ती बैङ्कको व्यवस्था, शैक्षिक योग्यताको प्रमाणपत्र घितोमा राखेर ऋण सुबिधा पाउने व्यवस्था र त्रिभुवन विश्व विद्यालय अन्तरगतका क्याम्पसलाई अनुसन्धान केन्द्र बनाउने लगायतका एजेण्डा सहित निर्वाचनमा भाग लिने बताउनुभयो ।

“स्ववीयु चुनावलाई समानुपातीक बनाउने र वास्तवीक विद्यार्थीले नेतृत्व गर्न पाउने अवसरका लागि २८ वर्षे उमेरको हदबन्दी तोक्ने निती अखिल क्रान्तिकारीको हो” प्रदेश संयोजक पौडेलले भन्नुभयो “जसको निती उसकै नेतृत्व हुनुपर्छ ।”

सभापती पदका उमेद्वार पौडेलले म्याग्दी क्याम्पसको सञ्चालक समितिमा वास्तवीक अभिभावकको प्रतिनिधित्वको सुनिश्चितता, छात्रवृत्तीलाई पारदर्शी बनाउन, महाँगो शूल्क तिरेर टिउसन पढ्नुपर्ने समस्याको अन्त्यका लागि क्याम्पसका दक्ष प्रध्यापकहरुद्धारा सहुलियतमा अतिरिक्त कक्षा सञ्चालन, भौतिक पुर्वाधार र शैक्षिक सुधार गर्न आफूलाई जिताउन आव्हान गर्नुभयो ।

“सञ्चालक समितिमा बास्तवीक अभिभावकको प्रतिनिधित्व नभएसम्म विद्यार्थीको समस्या समाधान हुदैन” पौडेलले भन्नुभयो “क्याम्पसमै दक्ष प्रध्यापकहरुबाट न्युन दरमा अतिरित्तक कक्षा सञ्चालन गरेमा महँगोमा ट्युसन पढ्नुपर्ने बाध्यताको अन्त्य हुन्छ ।”

समुदाय स्तरबाट सञ्चालित क्याम्पसको आयस्रोतका लागि ब्यवसायीक भवन, घेरावार निर्माण, छात्रावास, कम्प्युटर प्रयोगशाला, पुस्तकालयको व्यवस्थित सञ्चालन गर्न पहल गर्ने बताउनुभयो । “नामको अगाडी पद झुण्डाउन मेरो उमेद्वारी होईन” पौडेलले भन्नुभयो “शैक्षिक सुधारका लागि अखिल क्रान्तिकारीले जित्न आवश्यक छ ।”

त्रिभुवन विश्व विद्यालय अन्तरगतका क्याम्पसहरुमा फागुन १८ गते हुने स्ववीयु चुनावका लागि अखिल क्रान्तिकारीले बाबियाचौरको मंगला क्याम्पसको सभापतीमा कुशुम पाण्डेको उमेद्वारी घोषणा गरीसकेको छ । अनेरास्ववीयु र नेविसंघले पनी म्याग्दीका दुई वटै क्याम्पसमा उमेद्वार चयन र घोषणाको अन्तिम तयारी भएको जनाएका छन ।