दश शैक्षिक संस्थामा विद्युतीय पुस्तकालय

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ माघ ।
प्रवासीको अगुवाईमा म्याग्दीका दश वटा शैक्षिक संस्थामा विद्युतीय पुस्तकालय जडान भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना), जिल्ला शिक्षा कार्यालय, गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाल लाईब्रेरी फाउन्डेशनको सहकार्यमा नौ वटा विद्यालय र बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा विद्युतीय पुस्तकालय सञ्चालन भएको हो । दरवाङको जनप्रिय, तोरीपानीको गलेश्वर, धारापानीको किसानी, भिरमुनीको पौलत्य, सिंगाको धौलागिरी, पूर्णगाउँको राष्ट्रिय जनजागृती, कुहुँको दिपशिखा, हिदीको सिद्ध शान्ति र बेगको महादेव मावि तथा डाँडाखेतको बालमन्दिर आधारभुत विद्यालयमा विद्युतीय पुस्तकालय जडान भएको छ ।

विद्युतीय पुस्तकालय जडानका लागि म्याग्दी घर भई हाल प्रवासमा रहेका विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग जुटाएका मोनाका कोषाध्यक्ष एवं ई–लाईबेरी कार्यक्रम संयोजक चक्र थापाले जानकारी दिनुभयो । एउटा विद्युतीय पुस्तकालयको उपकरण खरिद गर्न ७५ हजार रुपैया लगानी भएको छ ।

आफूले अध्ययन गरेका विद्यालयमा प्रवासी बाहेक जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले पनि सहयोग गर्नुभएको छ । दोस्रो चरणमा थप अठार वटा विद्यालयमा जडान गर्नका लागि दाताहरुले सहयोगको घोषणा गरेका कोषाध्यक्ष थापाले बताउनुभयो । 16142385_1261674567244179_5476956281531702510_n“सामाजिक सञ्जाल फेसबुक मार्फत विश्वका विभिन्न देश र नेपालभित्र रहेका म्याग्देलीहरुसंग सहयोग जुटाउन समन्वय गरेका छौ” थापाले भन्नुभयो “जिल्लाभरका विद्यालयमा विद्युतीय पुस्तकालय जडान गर्ने लक्ष्य छ ।”

ईन्टरनेटको प्रयोगबिनै कम्प्युटरमा पाठ्यपुस्तक पढ्न, दृष्य हेर्न र श्रब्य सामाग्री सुन्न सकिने प्रबिधि जडित विद्युतीय पुस्तकालयले शिक्षाको गुणस्तर, विद्यार्थीको पढाईप्रती रुची र सिकाई उपलब्धी बढाउन मद्दत गर्न जनप्रिय मावि दरवाङका प्रअ दिवाकर सुवेदीले बताउनुभयो ।

विद्युतीय पुस्तकालयमा ईन्टरनेट नभएको अवस्थामा पनि पाठकले आफूले चाहेको पुस्तक अध्ययनका साथै शिक्षा, स्वास्थ्य, कृषि, वातावरण लगायत विषयसंग सम्बन्धित सन्देशमुलक श्रब्य, दृष्य सामाग्री हेर्न र सुन्ने सुबिधा छ ।16174802_1261674473910855_3392197869982629761_nपुस्तकालयमा कक्षा २ देखि ७ सम्मको पाठ्यक्रम र आठ हजार विभिन्न बिधाका पुस्तक डिजीटलाईज्ड गरिएको सफट्वेयर जडान गरिएको छ । पुस्तकालय स्थापनाका लागि सम्बन्धित विद्यालय तथा संस्थाले कम्प्युटर लगायत पुर्वाधार, मोनाले सफ्टवयर खरिदमा आर्थिक सहयोग र फाउण्डेशनले प्राबिधिक सहयोग गर्ने सम्झौता भएको छ ।