माझफाँटको खोलाखेतमा विद्युतका काठेपोल ढल्न थाले

विकल्प न्यूज/पर्वत
माघ १९ गते ।
उत्तरी पर्वतको माझफाँट १ खोलाखेत गाउँमा विद्युतीकरणका लागि प्रयोग गरिएका काठका पोलहरु कुहिएर ढल्न थालेका छन् । पोल कुहिएर ढल्न थालेपछि गाउँमा जोखिम वढेको स्थानीयहरु बताउँछन् ।
दुइ दशक अघि गाउँमा विद्युतीकरणका लागि काठका पोलहरु प्रयोग गरिएको थियो । खोलाखेत र पाल्सीङ गाउँका करिव ७० घरधुरीका लागि विद्युतीकरण गरिएका पोलहरु काठका छन् ।
विस वर्ष अघि गाउँमा विद्युतीकरणका लागि गाडिएका एकसय काठका पोल तत्काल परिर्वतन नगरे ढल्ने अवस्थामा पुगेको स्थानीय प्रकाश कार्कीले बताउनुभयो ।DSC_0909‘जोखिमपूर्ण अवस्थामा रहेका पोल परिर्वतन नगर्दा मानवीय र भौतिक क्षतिसमेत हुने खतरा रहेको छ’ उहाँले भन्नुभयो उपभोक्तासँग पर्याप्त बजेट छैन, सम्बन्धित निकायले काठेपोल परिर्वतनका लागि ठोस काम अघि बढाउन सकेन ।’ जीर्ण पोल ढलेर मानिसको ज्यानै समेत जान सक्ने जोखिम रहेको स्थानीयहरु बताउँछन् ।