छैठौ दिनसम्म करिब ६२ लाख संकलन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ माघ ।
बेनी नगरपालिका १३ तातोपानीमा सञ्चालित महायज्ञ तथा धार्मीक, शैक्षिक महोत्सवको छैठौ दिनसम्म करिब ६२ लाख रुपैया आर्थिक संकलन भएको छ ।

गत बिहीबारदेखि सुरु भएको महायज्ञको छैठौ दिन २३ लाख ४४ हजार नौ रुपैया दान संकलन भएको महायज्ञको प्रचारप्रसार उपसमितिका संयोजक बिक्रम बुढाथोकीले जानकारी दिनुभयो ।
पाँचौ दिन सोमबारसम्म ३८ लाख ८५ हजार रुपैया संकलन भएको थियो । विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले सञ्चालित
महायज्ञ तथा धार्मीक, शैक्षिक महोत्सव बुधबार समापन हुदैछ् । महायज्ञमा पंण्डीत नारायण न्यौपानेले कथावाचन गर्नुभएको छ ।IMG_2264सरस्वती मावीमा प्राबिधिक शिक्षाको विस्तार गर्ने, कक्षा ११ र १२ को पठनपाठन सञ्चालन र शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महोत्सव सञ्चालन गरिएको मुल आयोजक समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।

१७ जना शिक्षक शिक्षिका कार्यरत विद्यालयमा पाँच जना मात्र दरबन्दिका छन् । १२ जनाको तलब निजी स्रोतबाट व्यवस्थापन हुदै आएको छ । ३२० जना भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । महायज्ञको अवसरमा धार्मीक कथा वाचनका साथै योग शिवीर, शालिग्राम परिक्रमा, पुजा अर्चना, भजन किर्तन लगायतका कार्यक्रम भएका छन् ।