रक्तक्यान्सर पीडित फुलमायाको उपचारका लागि सहयोग संकलन अभियान

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १८ माघ ।
म्याग्दीको ताकम ४ की रक्तक्यान्सर पीडित फुलमाया भण्डारीको उपचारका लागि सहयोग संकलन अभियान सुरु भएको छ ।IMG_1756परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ३३ वर्षिया भण्डारीको उपचारका लागि मंगलबारदेखि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन संस्थाका पदाधीकारी तथा संस्थापकहरुबाट ३१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

दुई छोरा र दुई छोरीकी आमा भण्डारीको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सञ्चालन गरिएको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । “चिकित्सकका अनुसार १५ लाख रुपैयाँ जुटाउन सकेमा उपचार सम्भव छ” शाक्यले भन्नुभयो “कोषको यो २७ औ अभियान हो ।”

कोषले यसअघि २६ जना आर्थिक रुपमा विपन्नको उपचारका लागि स्वेदश तथा बिदेशमा रहेका म्याग्देलीहरु मार्फत करोडौ रुपैया सहयोग जुटाएको छ । भण्डारीको चितवन स्थित विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । रोजगारीका लागि एक वर्षअघि कतार गएका फुलमायाका श्रीमान रोशन पनि स्वदेश फर्कीएर उनको उपचारमा जुटेका छन् ।

भण्डारीको उपचारका लागि परिवार र आफन्तले हालसम्म चार लाख रुपैया खर्च गरिसकेका दाजु दलबहादुर खत्रीले बताउनुभयो । “घरजग्गा घितो, ऋण र परिवारसंग भएको पैसा सकिएकाले सहयोग गरि जिवनरक्षाका लागि अपिल गरेका हौ” खत्रीले भन्नुभयो । IMG_1754कोषले सन्तोष गौतमको संयोजकत्वमा १२ सदस्यीय फुलमाया बचाउ अभियान सञ्चालन गरेको हो । समितिको सदस्यहरुमा चmत्रबहादुर थापा (न्युजरल्याड(, बेलबहादुर शेरचन (साउदी अरब), योगेन्द्र क्षेत्री (बेलायत), मोहन थापा (अमेरीका), राजाराम सुवेदी (बहराईन), जिवन थापा (जापान), सुनेश केसी (दक्षिण कोरीया), चक्रबहादुर थापा (अस्ट्रेलीया), तेजप्रकाश पुन (हङकङ), बालकृष्ण आचार्य (कतार), पुस्कार भण्डारी (ताकम) र कृष्णराज पौडेल (बेनी) रहनुभएको छ ।

फुलमाया बचाउ अभियानलाई कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले दश हजार, अध्यक्ष राजेश शाक्यले पाँच हजार, दलबहादुर खत्रीले दश हजार, नरेश श्रेष्ठ, लोकेश पुन र टकसरा रानाले दुईदुई हजार रुपैया सहयोग गर्नुभएको छ ।IMG_1757यसैगरी कोषका पदाधीकारी र सदस्यहरुले भगवतीकी रक्तक्यान्सर र बोनम्यारो रोगबाट पिडित कृष्णकुमारी खत्री (सिता)को उपचारका लागि एक लाख रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गर्ने निर्णय भएको छ । कोषले प्यारालाईसीस रोगबाट थलीएकी दरवाङ ३ की माया गुरुङको उपचारका लागि उनकी देउराली भिम गुरुङ मार्फत पन्ध्र हजार रुपैया सहयोग गरेको छ ।
कोषका सल्लाहकार मनप्रसाद थजालीले रकम हस्तान्तरण गर्नुभएको थियो । यसैगरी कोषलाई पाँच हजार पाँच सय रुपैया सहयोग गर्ने सन्तोष गौतम, कृष्णराज पौडेल र दलबहादुर खत्रीलाई आजिवन सदस्यता प्रदान गरिएको थियो ।