मुटुरोग शिविरबाट ८ सय लाभाविन्त

विकल्प न्यूज/बेनी
माघ १९ गते ।
पश्चिम म्याग्दीको व्यापारिक केन्द्र दरबाङमा सम्पन्न एकदिने मुटुरोग शिविरबाट ८ सय सर्वसाधारण लाभाविन्त भएका छन् । काठमाडौँमा बसोबाश गर्ने म्याग्देलीहरुको पहल र लगानीमा स्थापित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको १० बर्ष पुगेको अवसरमा शहिद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्रको प्राविधिक र जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा सोमबार सम्पन्न शिविरबाट पश्चिम क्षेत्रका आधा दर्जन गाविसका सर्वसाधारण लाभाविन्त भएका हुन् । शिविरबाट दरबाङ सहित निस्कोट, विम, ताकम, देविस्थान, रुम, मुना, लुलाङ, मुदी र बावियाचौर गाविसका सर्वसाधारण प्रत्यक्ष रुपमा लाभाविन्त बनेको आयोजकले जनाएको छ ।IMG_2247सहकारीका प्रबन्ध निर्देशक एवं सञ्चालक समिति सचिब दीपबहादुर छन्त्यालले शिविरबाट कम्तिमा ८ सय सर्वसाधारणले आफ्नो स्वास्थ्य जाँच गरेको जानकारी दिए । ‘मुटुरोगका केहि विरामीलाई थप उपचारका लागि काठमाडौँ जानुपर्ने देखिएको छ । त्यसको व्यवस्थापन सबै ह्दयरोग केन्द्रले गर्नेछ’, सचिब छन्त्यालले भने । अधिकाँश विरामीहरुमा उच्च रक्तचाप, सुगर, ग्याष्ट्रिकको समस्या देखिएको थियो ।
यहि कारण मुटुमा समस्या बढ्ने हु्ँदा नियमित व्यायाम, खानपिन शैलीमा परिर्वतन, धुम्रपान र मद्यपान नगर्ने जस्ता महत्वपूर्ण कुरामा ध्यान दिन सुझाब दिईएको ह्दयरोग केन्द्रका मुटुरोग विशेषज्ञ डा. रवि मल्लले जानकारी दिए । मल्ल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिहान ७ देखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परिक्षण गरेका थिए ।

सहकारीले १० बर्ष पुगेको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको जनाएको छ । यसअघि सहकारीले म्याग्दी अस्पतालमा एक्सरे मेसिन लगायत ३ लाख रुपैयाँ बराबरको महत्वपूर्ण उपकरण हस्तान्तरण गरिसकेको छ । ‘मुनाफा आर्जन भन्दा पनि हामीले जिल्लाको विकासका लागि केहि भएपनि योगदान दिन अभियान सञ्चालन गरिरहेका छौँ’, सचिब छन्त्यालले भने, ‘आगामी दिनमा यहाँका कला संस्कृति जर्गेना गर्ने खालका कार्यक्रम पनि सञ्चालन गर्नेछाँै ।’
सहकारीमा म्याग्दीका साविकको ४१ वटै गाविसबाट शेयर सदस्यहरुले लगानी गरेका छन् । सहकारीका लगानीकर्ता कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सहकारीको माध्यमबाट सर्वसाधारण स्वास्थ्य पु¥याएको योगदानको प्रशंसा गरे । कार्यक्रममा शिविर व्यवस्थापन समितिका संयोजक मुक्ति रोका, सहकारीका संस्थापक अध्यक्ष खमबीर गर्बुजा, डा. रवि मल्ल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।