विद्यालयलाई तिस लाख रुपैयाँ मूल्य बराबरको जग्गा दान

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १९ माघ ।
बेनी नगरपालिका १३ तातोपानीमा रहेको सरस्वती माविलाई एक दम्पत्तीले तिस लाख रुपैया मूल्य बराबरको जग्गा सहयोग गरेका छन् ।Land Donar 1विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गत बिहीबार देखि सञ्चालित महायज्ञ तथा धार्मीक, शैक्षिक महोत्सवको अवसरमा जग्गा सहयोग प्राप्त भएको हो ।

तातोपानी फापरखेत घर भई हाल चितवन टाँडी निवासी टुङ्गलाल अधिकारी र उहाँकी श्रीमती तारा अधिकारी शर्माले सोमबार करिब दुई रोपनी जग्गा दान गर्नुभएको मुल आयोजक समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।IMG_2264 स्थानीय मूल्याङ््कन अनुसार सो जग्गाको मूल्य तिस लाख रुपैयाँ कायम गरिएको छ । जग्गादाता अधिकारी दम्पत्तीलाई विद्यालय तथा महायज्ञ आयोजकको तर्फबाट सम्मान गरिएको थियो । विद्यालय परिसरमा अधिकारीको अर्धकदको शालीक र परिवारका सदस्यहरुको नामावली विवरण रहेको ताम्रपत्र राख्ने निर्णय भएको छ ।

यसैगरी सिंगा तातोपानी शैक्षिक एव धार्मीक महोत्सव तथा महायज्ञको पाँचौ दिन सोमबारसम्म जिन्सीबाहेक ३८ लाख ८५ हजार रुपैयाँ सहयोग संकलन भएको प्रचारप्रसार उपसमितिका संयोजक बिक्रम बुढाथोकीले जानकारी दिनुभयो ।

सोमबार १७ लाख १७ हजार १३ रुपैया नगद सहयोग प्राप्त भएको हो । तातोपानीका हर्कबहादुर बानियाले एक लाख दश हजार १११ र मोहनबहादुर कार्कीले एक लाख १७ हजार १०१ रुपैया सहयोग गर्नुभएको छ ।

यसैगरी प्रअ नोठबहादुर बानिया, मनमाया खत्री, चक्रबहादुर घर्ती, यज्ञश्वरी खत्रीले ५१ हजार १११ र पदमबहादुर बानियाले ५५ हजार १११ रुपैया सहयोग गर्नुभएको छ । माघ २० गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित नारायण न्यौपानेले कथावाचन गरिरहनुभएको छ ।
सरस्वती मावीमा प्राबिधिक शिक्षाको विस्तार गर्ने, कक्षा ११ र १२ को पठनपाठन सञ्चालन र शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महोत्सव सञ्चालन गरिएको व्यवस्थापन समितिका अध्यक्ष बिष्णुदत्त उपाध्यायले बताउनुभयो ।

१७ जना शिक्षक शिक्षिका कार्यरत विद्यालयमा पाँच जना मात्र दरबन्दिका छन् । १२ जनाको तलब निजी स्रोतबाट व्यवस्थापन हुदै आएको छ । ३२० जना भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । महायज्ञको अवसरमा धार्मीक कथा वाचनका साथै योग शिवीर, शालिग्राम परिक्रमा, पुजा अर्चना , भजन किर्तन लगायतका कार्यक्रम भएका छन् ।