तातोपानीमा शैक्षिक एवं धार्मीक महोत्सव सुरु

सन्तोष गौतम/विकल्प न्यू
तातोपानी १३ माघ ।
बेनी नगरपालिका १३ सिंगा तातोपानीमा बिहीबारदेखि म्याग्दी बेनी तातोपानी शैक्षिक तथा धार्मीक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

माघ बिस गतेसम्म सञ्चालन हुने महायज्ञको जिल्ला न्यायाधिश रामप्रसाद शर्माले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा न्यायाधिश शर्माले शैक्षिक विकासका लागि समुदायको सहयोग र सहभागीता अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

तातोपानीमा रहेको सरस्वती मावीमा प्राबिधिक शिक्षाको विस्तार गर्ने, कक्षा ११ र १२ को पठनपाठन सञ्चालन र शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।IMG_1567उद्घाटनपुर्व तातोपानी बजारदेखि सिंगा हुदै पुन तातोपानीसम्म कलशयात्राले परिक्रमा गरिएको थियो । एक करोड पचास लाख रुपैया संकलन गर्ने लक्ष्य राखिएको महोत्सव तथा महायज्ञमा पण्डीत नारायणप्रसाद न्यौपानेले कथाबाचन गर्नुहुने जनाइएको छ । पहिलो दिन पाँच लाख २२ हजार रुपैया संकलन भएको छ । १७ जना शिक्षक शिक्षिका कार्यरत विद्यालयमा पाँच जना मात्र दरबन्दिका छन् । १२ जनाको तलब निजी स्रोतबाट व्यवस्थापन हुदै आएको छ । ३२० जना भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
महायज्ञको अवसरमा धार्मीक कथा वाचनका साथै योग शिवीर, शालिग्राम परिक्रमा, पुजा अर्चना, कलश यात्रा, भजन किर्तन लगायतका गतिबिधि सञ्चालन हुने आयोजकले जनाएका छन् ।IMG_1557महायज्ञ मुल आयोजक समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यको अध्यक्षता, उपमहासचिव कृष्ण खड्काको सञ्चालन र महासचिव तथा प्रअ नोठबहादुर बानियाको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुदत्त उपाध्यायले उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा पण्डीत नारायण न्यौपाने, राजनितिक दलको तर्फबाट नेकपा एमालेका उपसचिव देवबहादुर घले, विद्यालय निरिक्षक दलबहादुर थापा, पौलत्स्य क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मी, साहित्यकार अजयमिलन श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।