राष्ट्रिय समाचार
प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ बागलुङको गाजाको दह
माघ १८ गते (रासस) । अग्लो पहाड, पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । यो गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको यहाँ भीड नै लाग्ने गर्छन् । बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । जिल्लाको जैमिनी नगरपालिका–३ […]
वडा अध्यक्ष बानियाँले प्रदान गर्नुभयो सेवासुविधाको रकम घुम्तीकोषलाई
विकल्प न्यूज/बेनी माघ १८ गते । बेनी नगरपालिका ६ का वडा अध्यक्ष कृष्णशिंह बानियाँले सरकारी सेवा सुविधावापत प्राप्त गरेको रकम विपन्न महिलाहरुले सञ्चालन गरेको घुम्तीकोषलाई सहयोग गर्नुभएको छ । वडा अध्यक्ष भएवापत नगरपालिकाबाट प्राप्त गरेको ३० हजार र चन्दा सहयोगबाट संकलन भएको ३० हजार गरी ६० हजार रुपैयाँ खरेनी स्थित दलित वस्तीमा रहेको आमा समुहले […]
मंगला मावि बावियाचौरले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
विकल्प न्यूज/बेनी माघ १५ गते । मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले जितेको छ । आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा मंगला माविले १४ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी विजेता घोषित भएको हो । यसैगरी उपविजेता महेन्द्र रत्न मावि […]
म्याग्दीमा दुई बर्ष यता भेटिएनन नयाँ कुष्ठरोगी
विकल्प न्यूज/बेनी माघ १५ गते । म्याग्दीमा कुष्ठरोगीको संख्या घटेको छ। गएको दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क सार्वजनिक भएको छ। ७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा नियमित औषधि सेवन गर्ने ५ जना बिरामी भएपनि नयाँ बिरामीको फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख […]
म्याग्दी भलिबल कपका लागि २० लाख सहयोगको सम्झौता
विकल्प न्यूज\बेनी माघ १५ गते । म्याग्दी जिल्लामा पहिलो पटक माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल संघ म्याग्दी र गौमती विकास अक्षय कोषको मुख्य प्रायोजनमा भलिबलमा नयाँ प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्ने उदेश्यले १० बर्षे सम्झौता गरिएको हो । उक्त सहयोग मार्फत आगमी पुस ५ गते बाट म्याग्दी भलिबल कपको आयोजना […]
अन्नपूर्णको खिबाङ सिँचाई योजनामा काम नगर्ने ठेकेदार कालोसूचीमा
विकल्प न्यूज/बेनी माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङ सिँचाई योजना अलपत्र पार्ने एक ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ । गाउँपालिकाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाण्डौंले श्री सुकृत निर्माण सेवा घोराही दाङलाई एकवर्ष सम्मका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा राखिएपछि उक्त निर्माण कम्पनीले एकवर्षसम्म कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउने […]
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
गण्डकी, माघ १५ गते । हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ, ल्होमान्थाङ । नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली संस्कृति हेर्न र बुझ्न चाहनेका लागि पुग्नुपर्ने गन्तव्य हो । मौलिक संस्कृतिले भरिपूर्ण ल्होमान्थाङको भू–बनोटले पहिलो पटक यहाँ आउनेलाई सपनाको संसार जस्तै अनुभूति गराउँछ । पछिल्लो समयमा भएका राजनीतिक परिवर्तनसँगै ठाउँठाउँमा सामाजिक […]
पहिचान बनाउँदै रत्नेचौरको ‘चिता हाउस’
म्याग्दी, माघ १५ गते । पछिल्लो समय भाइरल बस्ती भनेर चिनिने बेनी नगरपालिका –१ रत्नेचौरको तोरीको फाँटनजिकै रहेको चिता हाउस सञ्चालनको छोटो अवधिमै पहिचान बनाउन सफल भएको छ । दुई दाजुभाइले सुरु गरेको चिता हाउस सञ्चालनको दुई वर्षको अवधिमा आफ्नो पहिचान बनाउन सफल भएको हो । कुनै समय स्याल र चितुवाको बासस्थान मानिने तल्लो रत्नेचौरमा […]
पोखरामा अर्को आत्मदाहको प्रयास
पोखरा । केही दिनअघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि उक्त घटना सेलाउन नपाइ अर्को घटना भएको छ । आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा आत्मदाहको प्रयास भएको छ । उनीहरुको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्पेक्टर […]
किसानी माविले जित्यो मालिकाको राष्ट्रिपति रनिङ शिल्डको उपाधि
विकल्प न्यूज/बेनी माघ १५ गते । मालिका गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी मावि बिमले जितेको छ । शनिबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण,११ रजत र ५ कास्य पदक हात पार्दै किसानी माविले उपाधि जितेको हो । उपविजेता भिम मावि देविस्थानले १० स्वर्ण,२ […]
शिला पुगे जानकी मन्दिर–दर्शन गर्नेको भीड
विकल्प न्यूज/बेनी माघ १५ गते । बेनीको गलेश्वरबाट पठाइएको कालिगण्डकीको शिला जनकपुरधाम पु¥याइएको छ । १२ गते विशेष पुजाअजा र शोभायात्रा सहित दुई थान शिला गलेश्वरबाट विदाई गरिएको थियो । भारत उतर प्रदेश स्थित अयोध्यामा निर्माणधिन राममन्दिरमा रामललाको मुर्ति बनाउन शिला लैजान लागिएको हो । अयोध्यामा निर्माणाधीन रामको मन्दिरमा स्थापित गरिने प्रतीमाका लागि गलेश्वर स्थित […]
मन्त्री जुग्जालीलाई विभिन्न संघ संस्थाको सम्मान र बधाई
बेनी, १४ माघ । गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीलाई शनिबार म्याग्दीका विभिन्न संघ संस्थाले सम्मान र बधाई ज्ञापन गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ, तातोपानी कुण्ड व्यवस्थापन समिति, मंगला र मालिका गाउँपालिका लगायतले मन्त्री जुग्जालीलाई सम्मान, स्वागत तथा बधाई ज्ञापन गरेका हुन् । म्याग्दी प्रदेशसभा क्षेत्र […]
पोखरामा सम्पन्न फुटसलमा रिभर साइड बगरफाँट क्लवले जित्यो डेढ लाख पुरस्कार
ध्रुवसागर शर्मा \बेनी माघ १४ गते । पोखरामा शनिवार सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित रिभर साइड बगरफाँट युवा क्लवले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको छ । शनिवार सम्पन्न अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लवले प्रथम स्थान […]
गण्डकीले जित्यो टाइगर कपको उपाधि
१४ माघ, पोखरा । पोखरामा सञ्चालित टाइगर कपको तेस्रो संस्करणको उपाधि गण्डकी प्रदेशले जितेको छ । घरेलु मैदानमा दर्शकको समर्थनमा गण्डकीले विभागीय टिम एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । खेलको पहिलो सेटमा एपीएफले २५–१६ अन्तरले […]
प्रभा मावि नारच्याङलाई तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि
विकल्प न्यूज/बेनी माघ १४ गते । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ । शनिबार वडा नम्बर १ दाेबामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ कास्य पदक हात पार्दै प्रभा मावि नारच्याङ प्रथम हुन सफल भएको हो । त्यसैगरि प्रतियोगितामा […]