राष्ट्रिय समाचार
बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष सञ्चालन
विकल्प न्यूज /बेनी फागुन १ गते । ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ज्येष्ठ नागरिक उपचार कक्ष संचालनमा ल्याइएको छ । संघीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको उपचारकालागि ज्येष्ठ नागरिक बहिरङ्ग कक्ष र वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालको ओपीडि तर्फ र भर्ना […]
घोडा चढेर किसानका गोठमा पुग्छन् ताकमका पशु प्राविधिक
२९ माघ, म्याग्दी । पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका–७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घरघरमा मोटर साइकल र अन्य सानाठूला सवारी साधन छन् । यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्छन् । […]
मावि स्तरीय विज्ञान प्रतियोगितामा प्रकाश मावि प्रथम
विकल्प न्यूज । बेनी माघ २७ गते । दसौं अन्तर माविस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम भएको छ । शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउने उदेश्यले प्रकाश माविको आयोजना, र यूवा युवा रेडक्रस सोसाइटीको ब्यवस्थापनमा सम्पन्न भएको थियो । प्रतियोगितामा द्धितिय न्यु वेष्ट पोइन्ट आवासीय मावि, तृतिय बेनी सामुदायिक मावि […]
राष्ट्रपति भण्डारी जलजलाकाे बराह तालमा आउने, तयारीमा जुट्याे पालिका
विकल्प न्यूज । बेनी माघ २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी फागुन १० गते पर्वतको जलजला गाउँपालिकामा रहेको हम्पाल कालञ्जर तथा बराह क्षेत्रमा आउने भएकी छिन्। जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रूपमा चिनिएको उक्त क्षेत्रको प्रवर्धन तथा प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वासका साथ ती क्षेत्रलाई राष्ट्रपतिबाट अवलोकन गराउन लागिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए। […]
घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली
पोखरा, २६ माघ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ । पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको तेस्रो चापाकोट महोत्सवलाई बिहिबार सम्बोधन गर्दै मन्त्री जुग्जालीले प्रदेश सरकारले यसअघि अनुदान सहयोग गरेका घरवासहरुको अध्ययन थालिएको बताउनुभयो । “यसअघि […]
बागलुङ–बेनी सडक जीर्ण
विकल्प न्यूज । बेनी माघ २६ गते । बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्र उप्किएको छ । कतै सडक धुलाम्मे छ । बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ । तर बाढी र पहिराले कालोपत्र बगाएको छ […]
बेनी नगर प्रहरीलाई दर्ज्यानी चिह्न प्रदान गरी काममा परिचालन
विकल्प न्यूज । बेनी माघ २६ गते । म्याग्दीको बेनी नगरपालिकाले नगर प्रहरी भर्ना गरी बिहीवार दर्ज्यानी चिह्न प्रदान गरेको छ । बेनी नगरपालिकाको नगर प्रहरी सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ अनुसार नगर प्रहरी भर्ना गरिएको हो । बेनी नगरपालिकाका मेयर सुरत केसीले नगर प्रहरीका हवल्दार शंकर पौडेल, सिपाहीद्वय रेजिना विक र अभिषेक मिजारलाई […]
बर्थिङ्ग सेन्टरका प्रसुतिकर्मीलाई व्यवस्थापनसम्बन्धी अभिमुखीकरण
प्रताप बानियाँ/म्याग्दी माघ २५ गते । बर्थिङ्ग सेन्टरका दक्ष प्रसुतिकर्मीहरुलाई स्तनपान तथा जन्मदा कम तौल भएका शिशुको व्यवस्थापन तथा फ्लोअफसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र युएसआईडीको आर्थिक सहयोगमा आज (मङ्गलवार) सदरमुकाम बेनीमा अभिमुखीकरण गरिएको हो । स्तनपान संरक्षण, प्रवद्र्धन र सहयोगसम्बन्धी बर्थिङ्ग सेन्टरका दक्ष प्रसुतिकर्मी र क्लिनीकल मेन्टरहरुको […]
विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम
माघ २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोला र ८ नम्बर वडा कुईनेमङ्गलेमा आत्मरक्षा तथा ओसिएमसी सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा समन्वय, ओसिएमसी बेनी अस्पताल र मिलन म्याग्दीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । किशोरी शिक्षा कार्यंक्रम अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि शनिबार र आइतबार रितुङ […]
धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधि हेम माविलाई
विकल्प न्यूज । बेनी शिवाङ, २२ माघ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ । माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको हेम माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र सहित […]
रेडक्रस उपशाखा चिमखोलामा अन्तरक्रिया
प्रताप बानियाँ/म्याग्दी माघ २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा रहेको नेपाल रेडक्रस सोसाइटी चिमखोला उपशाखामा अनुभव आदानप्रदान, अन्तत्र्रिmया तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस उपशाखा चिमखोलाको आयोजनामा जिल्ला शाखा र उपशाखाका पदाधिकारीबीच अनुभव आदानप्रदान तथा अन्तत्र्रिmया गरिएको हो । जिल्लाको विभिन्न स्थानमा रहेका उपशाखाहरूको वास्तविक अवस्थाको पहिचान गरी उत्कृष्ट उपशाखालाई सम्मान गर्ने […]
प्रेस चौतारीको २५औं स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण
म्याग्दी । ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आज (आइतबार) २५औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी म्याग्दी शाखाले बेनी अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरी स्थापना दिवस मनाएको हो । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको सर्कुलरअनुसार रचनात्मक कार्यक्रमअन्तर्गत […]
अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने
विकल्प न्यूज । बेनी माघ २२ गते । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो । गण्डकी प्रदेश सरकारले मधेश र मधेस प्रदेशले संघीय सरकारमार्फत भारत सरकारलाई उपलब्ध […]
म्याग्दीमा सञ्चालित १९ ठुला आयोजना अलपत्र
म्याग्दी । म्याग्दी जिल्लामा सञ्चालित १९ ठुला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, खानेपानी, प्रसारण लाइन, अस्पताल भवनलगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ । सङ्घीय र प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि निर्माण पूरा नहुँदा र निरन्तरता नपाउँदा अलपत्र बनेका हुन् । अलपत्र पर्नेमा गण्डकी प्रदेश सरकारका ११ र […]
हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले
२२ माघ, बेनी । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन ।हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो । वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले […]