राष्ट्रिय समाचार
बालगृहमा सहयोग गरी लोकदिप सहकारीले मनायो १० औं स्थापना
विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ। स्थापना दिवसको अवसरमा नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका अभिभावकविहिन बालबालिकालाई खाद्यान्न वितरण तथा Global Money Week – 2023 मनाउने सन्दर्भमा एक दिवसीय युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम मनाइएको छ […]
मिसन ग्रासरुट अभियानबाट एकल बहुमत ः केसी
विकल्प न्यूज\बेनी चैत ११ गते । नेकपा एमालेका पोलिट व्युरो सदस्य मनकुमारी केसीले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानमार्फत एमालेको एकल बहुमत आउने बताउनुभएको छ । आज (शनिवार) नेकपा एमाले बेनी नगरपालिका ७ र ८ नम्बर वडाले बेनीमा आयोजना गरेको मिसन ग्रासरुट–२०७९ को पार्टी सुदृढीकरण तथा विस्तार अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । […]
अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक
चैत ११ गते । चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०/५० जना पर्यटक आउने गरेका छन् । “यस पदमार्गमा […]
बेनी नगरमा कमजोर प्रशासनीक नेतृत्वः पूँजीगत खर्च न्यून
विकल्प न्यूज\बेनी चैत १० गते । बेनी नगरपालिकामा कमजोर प्रशासनीक नेतृत्वका कारण अपेक्षित रुपमा विकास बजेट खर्च हुनसकेको छैन । नगरले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म जम्मा २९.७९ प्रतिशत पूँजीगत खर्च गरेको छ । जनप्रतिनिधिले निर्माण गरेको बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वनय गर्ने मुख्य दायित्व नगरको प्रशासनीक नेतृत्वको हुन्छ । तर कमजोर नेतृत्वका […]
म्याग्दीको जनसंख्या एकलाख सातहजार ३३
विकल्प न्यूज\बेनी चैत १० गते । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा एक लाख सात हजार तेत्तिस पुगेको हो । सार्वजनिक तथ्याङ्क अनुसार म्याग्दीको जनसंख्या घटेको छ । २०६८ सालको जनसंख्या भन्दा ०.५७ प्रतिशतले घटेको छ । २०६८ सालको जनसंख्या १ लाख […]
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
काठमाडौँ । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार २०७९ मंसिरमा देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको हो । आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड […]
मोना बेल्जियमद्धारा विद्यालयलाई डिजिटल सामाग्री सहयोग
विकल्प न्यूज\बेनी चैत ८ गते । बेल्जियममा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले म्याग्दीको दुर्गम गाउँ लुलाङमा अवस्थित एक विद्यालयलाई डिजिटल सामाग्री सहयोग गरेको छ । लुलाङको लुलाङ आधारभूत विद्यालयमा ५० हजार बराबरको डिजिटल साउण्ड सिस्टम १ थान र सूचना प्रविधिका लागि आवश्यक उच्च गतिको ईन्टरनेट जडानका लागि १ थान वाइफाइ राउटर […]
‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लवलाई
विकल्प न्यूज\बेनी चैत ७ गते । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मंगलबार खुल्लामञ्चमा आयोजित फाइनल खेलमा कालिपुल युनाइटेड क्लबलाई पराजित गरेर पश्चिम म्याग्दीले बाजी मारेको हो । निर्धारित समय १–१ बराबरीमा टुंगिएपछि थपिएको २० मिनेटमा दुबै टिमबाट कुनै गोल हुन […]
किसानको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राप्रपाको ज्ञापनपत्र
म्याग्दी, चैत्र ६ गते । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदानमा गिद्धे नजर लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले प्रधानमन्त्रीलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलमार्फत ज्ञापनपत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले अनुदान घटाउने निर्णय फिर्ता लिएपनि किसानलाई अनुदान वितरणमा ढिलाई, महंगी र […]
जलजलामा शैक्षिक सुधार योजना निर्माण गर्न सरोकारवालाहरु सँग अन्तरक्रिया
म्याग्दी, ५ चैत । शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सरोकारवालाविच अन्तरक्रिया गरेको छ। जलजलाका गाउँपालिका शिक्षा समितिका सदस्यहरु, वडाअध्यक्ष, सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा आईतबार अन्तरक्रिया कार्यक्रम गरिएको हो । गाउँपालिका अध्यक्ष राजु आचार्यको अध्यक्षतामा भएको शैक्षिक सरोकारवालाविच गरिएको अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुलप्रसाद […]
मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी
म्याग्दी, चैत ५ गते । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानल बिजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनमा २१२ जना बिद्यार्थी मतदातामध्ये १४३ जनाले मतदान गरेका थिए । प्रत्यक्षतर्फ सभापतिमा अनेरास्ववियुकी भिममायाँ रोकाले १२७ मत प्राप्त गर्नुभएको छ । सचिवमा अनेरास्ववियुका रबिन […]
म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत
विकल्प न्यूज/बेनी चैत ४ गते । पार्टी सङ्गठनलाई थप सुदृढ र सशक्त बनाउन नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान म्याग्दीमा वडास्तरमा पुगेको छ । ग्रासरुट अभियानमार्फत एमालेलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउने सङ्कल्पसहित एमालेले सञ्चालन गरेको अभियान वडा र टोलस्तरमा केन्द्रीत भएको हो । अभियानमार्फत पार्टी कार्यकतालाई प्रशिक्षित गदै जनताको वीचमा पार्टी, कार्यकता र […]
दीपक शर्माको ‘डाँडै पिपल’मा सुधीर र आरुषीको अभिनय
चैत ४ गते। सङ्गीतकार दीपक शर्माको शब्द र सङ्गीतमा तयार भएको गीत ‘डाँडै पिपल’को म्युजिक भिडियो सार्वजनिक भएको छ। मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोमा मोडलद्वय सुधीर श्रेष्ठ र आरुषी मगरको अभिनय रहेको छ। गीतमा समीक्षा अधिकारी र झलक पुनको स्वर रहेको छ। डाँडै पिपलको एरेन्ज नरेन्द्र वियोगीले गर्नुभएको हो। लोक शैलीको रोमान्टिक गीतमा एक […]
एनआईसी एसियाका बेनी शाखाका कर्मचारीमाथि आक्रमण
ठाकुरप्रसाद आचार्य\म्याग्दी चैत २ गते । म्याग्दीको सदरमुकाम बेनी स्थित एनआईसी एसिया बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । विहिवार लगानी उठाउन पर्वतको जलजला गाउँपालिका ३ स्थित पर्वत बेनी पुगेका वैंकका कर्मचारी माथि आक्रणम भएको हो । बैंकको शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको बैंकले जनाएको छ । एउटा समूहले […]
बेनी–गलेश्वर सडक स्तरोन्नति योजनामा धमाधम काम
ठाकुरप्रसाद आचार्य \बेनी चैत २ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक खण्डको स्तरोन्नति योजनाले तिव्रता पाएको छ । गत माघ महिना देखि योजना स्थलमा परिचालन भएको निर्माण व्यवसायीले प्रयाप्त मात्रामा उपकरण र मजदुर परिचालन गरेर सडक स्तरोन्नतिलाई तिव्रता दिएको हो । बेनी–जोमसोम कोरला सडक आयोजनाले ठेक्का मार्फत स्तरोन्नतिका लागि […]