राष्ट्रिय समाचार
वनमा आगो लगाउने दुई जना पक्राउ

फागुन २ गते । पर्वतको सामुदायिक वनमा आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले माघ २९ गते बिहान ११ः३० बजेको समयमा कुस्मा नगरपालिका वडा नं १४ बगाल थोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको प्रहरीले जनाएको छ । सोही वडाका स्थानीय २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई पक्राउ आवश्यक कारबाहीका […]
कुश्मामा द क्लिफमा मेगाट्रोल सञ्चालनमा

विकल्प न्यूज/पर्वतफागुन २ गते । पर्वत, फागुन २ गते । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म […]
मालिका गाउँपालिकामा तीन विधेयक पारित

विकल्प न्यूज/बेनीफागुन १ गते । म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाले तीन वटा विधेयक पारित गरेको छ । ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन–२०८१, प्रहरी सम्बन्धी ऐन–२०८१ र विपन्न नागरिक आर्थिक सहायता ऐन–२०८१ पनि पारित गरेको हो ।बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न गाउँसभाको हिउँदे अधिवेशनले पारित गरेका विधेयक ऐनका रूपमा कार्यान्वयन हुनेछन् […]
विभाजित माओवादीहरु जनयुद्ध दिवस मनाउन एकठाउँमा

विकल्प न्यूज/बेनीमाघ ३० गते । विभाजित माओवादीहरु जनयुद्ध दिवस मनाउन भने एकठाउँमा आएका छन् । भोली फागुन १ गते ३० औं जनयुद्ध दिवस मनाउन म्याग्दीमा रहेका माओवादीहरु एक ठाउँमा उभिएका हुन । म्याग्दीका नेकपा (माओवादी केन्द्र) र माओवादीबाट विभाजन भई नेकपा नाम राखेको नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा)ले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् । […]
क्यान्सर उपचारमा गण्डकी सरकारको यस्तो सहायता

रासस /पोखरामाघ ३० गते । गण्डकी प्रदेश सरकारको क्यान्सर उपचार सहायता कार्यक्रमबाट सात सय ३३ जना लाभान्वित भएका छन्। उनीहरूलाई प्रदेश सरकारले रु दुई करोड ३५ लाख ८९ हजार प्रदान गरेको छ । वास्थ्यमन्त्री कृष्णप्रसाद पाठककाअनुसार प्रदेश सरकारले काठमाडौंस्थित वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, निजामती कर्मचारी अस्पताल र चितवनको बिपी कोइराला […]
रघुगंगालाई दशौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनीमाघ ३० गते । बेनीमा सम्पन्न दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा रघुगंगा गाउँपालिका विजयी भएको छ ।जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र चार कास्य पदक सहित रघुगंगा गाउँपालिकाले उपाधि हासिल गरेको हो । प्रतियोगितामा सात स्वर्ण, १० रजत र सात कास्य पदक […]
मिलनचोक–लेखफाँट–सालिजा सडक स्तरोन्नति योजनामा थप ३ करोड विनियोजन

विकल्प न्यूज/जलजलामाघ २४ गते । पर्वतको जलजला गाउँपालिकाको मिलनचोक–लेखफाँट–सालिजा सडक स्तरोन्नतिका लागि चालु अािर्थक वर्षमा संघीय सरकारबाट थप तीन करोड रुपियाँ बजेट विनियोजन भएको छ । यस अघि विनियोजन भएको दुई करोड १५ लाख गरी पाँचकरोड १५ लाख रुपियाँमा सडक स्तरोन्नति योजना सुरु हुने भएको हो । पूर्व मन्त्री तथा पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पदम […]
म्याग्दीमा दुईदिनमा तीनहजार बढीले लगाए एचपिभी खोप

ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) माघ २३ गते । म्याग्दीमा दुईदिनको अवधिमा तीनहजार भन्दा बढी किशोरीहरुले एचपिभी खोप लगाएका छन् । जिल्लाका सबै स्थानीय तहमा मंगलबार देखी सुरु भएको खोप अभियानका क्रममा तीन हजार १० जना किशोरी खोप अभियानमा सहभागी भएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । पहिलो दिन जिल्लाभर १४ सय ३५ जनाले खोप लगाएका थिए […]
जलजलामा नेकपा एमालेको प्रशिक्षण सम्पन्न

विकल्प न्यूज/बेनीमाघ २३ गते । नेकपा एमाले पर्वतले संचालन गरेको तीन महिने वडा केन्द्रीत अभियान अन्तर्गत बुधबार जलजलामा पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले जलजला गाउँपालिका कमिटीको आयोजनामा लामाखेतमा सम्पन्न कार्यक्रममा प्रदेश र जिल्लाका नेताहरुले प्रशिक्षण दिनुभएको थियो । पार्टीले संचालन गरेको तीन महिने वडाकेन्द्रीत अभियानलाई प्रभावकारी रुपमा जनतासम्म पु¥याउन,नेता तथा […]
प्रेस चौतारी म्याग्दीको अध्यक्षमा पुन ः बानियाँ

विकल्प न्यूज/बेनीमाघ २३ गते । ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको १९औं वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । मङ्गलवार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले प्रेस चौतारी म्याग्दी शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि पुनः […]
म्याग्दीमा किशोरीलाई एचपिभी खोप लगाउन सुरु

ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) माघ २२ गते । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप म्याग्दीमा लगाउन सुरु गरिएको छ । आज देखि जिल्लाका ६ वटै स्थानीय तहहरुमा रहेका विद्यालय र स्वास्थ्य संस्था मार्फत खोप लगाउन सुरु गरिएको हो । जिल्लाभर चारहजार ७ सय ६१ जना छात्रा तथा किशोरी एचपीभी खोप अभियानमा सहभागि हुँदै छन् । जिल्लाको […]
एचपिभी विरुद्धको खोप अभियान सुरु, खोप ढुक्कसँग लगाउन चिकित्सकको सुझाव

काठमाडौं, माघ २२ गते । सरकारले आजबाट पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने छ । परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले अभियान दिन लागेको खोपको प्रभावकारिता […]
तातोपानी कुण्डको संरक्षण आवश्यकः अध्यक्ष प्रचण्ड

म्याग्दी, माघ २२ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताउनुभएको छ । म्याग्दीको बेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म बिहानी पैदल यात्रा गर्नुभएका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिनुभएको हो । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथलगायत […]
म्याग्दीमा चार हजार ७ सय ६१ किशोरीलाई एचपीभी खोप

विकल्प न्यूज/बेनीम्याग्दी,माघ २२ गते । म्याग्दीमा चारहजार ७ सय ६१ जना छात्रा तथा किशोरी एचपीभी खोप खोप अभियानमा सहभागि हुँदै छन् । जिल्लाको ६ वटै स्थानीय तहहरुमा माघ २२ गते २९ गते सम्म छात्रा तथा किशोरीहरुलाई खोप लगाउन आजदेखि सुरु गरिएको छ । यो खोप लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन सकिन्छ । नेपालमा महिलाहरुमा […]