ताजा समाचार:
Search

राष्ट्रिय समाचार

मुलुकभर आज हल्का वर्षाको सम्भावना, बिहीबारसम्म मौसम नसुध्रिने

विकल्प न्युज काठमाडौं चैत्र १२ गते । मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार राति देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी क्षेत्रमा आंशिक बदली हुनेछ मध्य र पूर्वी पहाडी […]

जलजला -७ धाईरिङ्गकी १४ बर्षिया बालिका एघार दिन देखी बेपत्ता

विकल्प न्युज पर्वत १२ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका वडा ७ धाईरिङ्गकी एक बालिका विगत एघार दिनदेखि वेपत्ता बनेकि छिन् । चैत २ गते दिउँसो १२ बजेको समयमा घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षिया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा नआएकी स्थानिय तेकनाथ नारायण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गहुँ गोरो अनुहार भएकी, […]

एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि

विकल्प न्युज काठमाडौँ चैत्र १२ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो । एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो । बोर्डले ७ वटै प्रदेशका लागिअनिवार्य विषयका छुट्टाछुट्टै […]

गोरखाका होमस्टेलाई गण्डकी प्रदेश सरकारको ९० लाख अनुदान

विकल्प न्युज गोरखा चैत्र १२ गते । गोरखा जिल्लामा विभिन्न नौ होमस्टे (घरबास) को प्रवर्द्धनका लागि रु ९० लाख अनुदान उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेशअन्तर्गतको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट स्थानीय तहसँगको सहकार्यमा होमस्टे प्रवर्द्धन कार्यक्रमअन्तर्गत बजेट प्राप्त भएको डिभिजन वन कार्यलय गोरखाका प्रमुख इमनाथ पौडेलले जानकारी दिए । कार्यक्रमअन्तर्गत जिल्लाको अजिरकोट […]

जापानमा रोजगारी : कसरी जाने ? कस्तो सेवासुविधा ?

विकल्प न्युज काठमाडौं चैत्र १२ गते । नेपालबाट जापानमा कामदार लैजाने प्रक्रिया सुरु भएको छ। दुई मुलुकबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाली युवालाई जापानमा रोजगारीको अवसर खुलेको हो। जापानमा श्रम गर्न चाहने नेपालीले जापानी भाषा र सीप परीक्षा भने अनिवार्य पास गर्नुपर्नेछ। भाषा र सीप सिकेर जापान जाने नेपाली श्रमिकले त्यहाँ काम गर्दा जापानी नागरिकसरह […]

म्याग्दीमा विप्लव नेकपाका तिन कार्यकर्ता पक्राउ

विकल्प न्यूज/बेनी चैत १२ गते ।  म्याग्दीमा विप्लव समूहको नेकपाका तिनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनीहरुलाई घरमै बसीरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला जनपरिषद प्रमुख समेत हुनुहुन्छ । पक्राउ पर्नेहरुमा अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष थमबहादुर पुन रुम डाडाँ गाउँ र रुम अभिधराका जगत पुन पक्राउ पर्नुभएको छ […]

विप्लवद्धारा आन्दोलनको घोषणा

११ चैत, काठमाडौं ।  नेकपा विप्लव समूहले आफूमाथि लगाएको प्रतिबन्ध हटाउने सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ । सरकारले २८ फागुना विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेताहरु पक्राउ परेका छन् । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार वक्तव्य जारी गर्दै चैतभित्र प्रतिबन्ध हटाउन सरकारलाई अल्टिमेटम दिएका छन् […]

वर्ड फ्लु भित्रन नदिन उच्च सतर्कता

विकल्प न्यूज/बेनी बेनी ११ चैत ।  हिमाली जिल्ला म्याग्दीमा पंक्षिजन्य रोग वर्ड फ्लु भित्रन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ । जिल्ला वर्ड फ्लु नियन्त्रण समितिका संयोजक समेत रहनुभएका प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले देशका विभिन्न ठाउँमा देखिएको वर्ड फ्लू म्याग्दीमा भित्र्न नदिनका लागि आवश्यक सतर्कताका उपाय अपनाउने निर्णय […]

झिँ र पात्लेखेतको सिमा बिवाद समाधानका लागि पहल

विकल्प न्यूज/बेनी बेनी ११ चैत । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत र रघुगंगा गाउँपालिका ५ झिँका बासिन्दाबिच उत्पन्न सिमाना बिवाद समाधानका लागि पहल थालिएको छ । सिमा बिवाद समाधानका लागि सोमबार दुईवटै स्थानीय तह र वडाका जनप्रतिनिधि, सुरक्षा अधिकारी, नापीका कर्मचारीको टोलीले स्थलगत अध्ययन र स्थानीयबासीहरुको प्रतिक्रिया लिएको छ । जिसस प्रमुख देवेन्द्रबहादुर केसी, प्रजीअ लीलाधर […]

१० लाखको बहुउदेश्यीय अक्षयकोषको लागि कतारमा साँस्कृतिक कार्यक्रम हुँदै

विकल्प न्युज म्याग्दी, चैत ११ गते । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ ९मोना० कतारले म्याग्दीमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । म्याग्दीमा बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि नयाँ बर्ष २०७६ को अवसरमा कतारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले बताउनुभयो । अप्रिल २६ शुक्रबार […]

म्याग्देली एक युवा भारतमा विस्फोटक पदार्थ सहित पक्राउ

विकल्प न्युज काठमाडौं चैत्र ११ गते । नेपालमा हिंसात्मक गतिविधि गरिरहेको नेत्र विक्रम चन्द विप्लव समूहको नेकपाले छिमेकी भारतबाट हतियार नेपाल भित्र्याउने गरेको संकेत पाइएको छ । सोमबार भारतीय सञ्चार माध्यममा जनाइएअनुसार भारतीय प्रहरीले हतियारसहित एक नेपाली युवकलाई सीमा क्षेत्रमा पक्राउ गर्नुले यो संकेत आएको हो । तर, पक्राउ परेका व्यक्ति कुन समूहमा रहेका थिए […]

मुस्ताङमा रातिदेखि सुख्खा पहिरो : स्वास्थ्यचौकी र चर्पी बगे, ८ घर उच्च जोखिममा

विकल्प न्युज मुस्ताङ चैत्र ११ गते । मुस्ताङको घरपझोङ गाउँपालिका( १ छैरोको तिब्बतियन क्याम्पनजिकै सुख्खा पहिरो गएको छ । गएराति २ बजेबाट जान सुरु गरेको पहिरोले ठूलो धनजनको क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । बेनी(कोराला सडक खण्डअन्तर्गत छैरो, चिमाङ जाने झोलुङ्गे पुलबाट करिब ५ सय मिटर टाढा एउटा सुन्दर बस्ती छ । लामो समयदेखि बस्दै […]

नेपाल–जापानबीच समझदारी : १४ क्षेत्रमा नेपाली श्रमिकले जापानमा काम पाउने

विकल्प न्युज काठमाडौँ चैत्र ११ गते । नेपाल सरकार र जापान सरकारबीच नेपाली श्रमिक जापान पठाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानका राजदूत समामिची साइगोले हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा […]

स्वास्थ्य बीमामा आबद्ध हुनेलाई अब एक लाख बराबरको उपचार सुविधा

काठमाडौं :  अबदेखि स्वास्थ्य बीमामा आबद्ध हुने परिवारका सदस्यले एक लाख बराबरको उपचार सेवा पाउने भएका छन्। बिमा नियावली पास भएपछि यसअघि बीमित परिवारले पाउँदै आएको सेवामा दोब्बर गरिएको हो। यस्तै अबदेखि बीमांक रकम पनि दोब्बर हुने भएको छ। स्वास्थ्य बीमा गर्ने व्यक्तिले वार्षिक एक लाख रुपैयाँसम्मको उपचार पाउनेछन्। त्यसका लागि प्रिमियम ३ हजार पाँच सय तोकिएको […]

अन्नपूर्णका बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण

विकल्प न्यूज/बेनी चैत १० गते । अन्नपूर्ण गाउँपालिकाले बालविकास केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल एजेकेशन फाउण्डेशनको संयोजनमा आइतबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको अनुशिक्षण कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको हो । गाउँपालिकामा सञ्चालित ४१ व्टा बालविकास केन्द्रलाई आवश्यक खेलौना, खेलकुद र शैक्षिक सामग्रीहरु वितरण गरिएको कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले जानकारी […]