ताजा समाचार:
Search

राष्ट्रिय समाचार

बाढी पीडितलाई जस्तापाता सहयोग

विकल्प न्यूज/बेनी असोज १४ गते । बेनी नगरपालिका–२ बगरफाँटका बाढी पीडितलाई लायन्स क्लव अफ पोखरा लामाचौरले मंगलबार जस्तापाता सहयोग गरेको छ । क्लवका अध्यक्ष सञ्जय लामाको नेतृत्वमा आएको टोलीले पाँच घरपरिवारलाई बाढीले क्षति पु¥याएको घर पुननिर्माणका लागि १८/१८ थानका दरले जस्तापाता उपलब्ध गराएको हो । दिपक जुग्जाली, माया परियार, पार्वति परियार, बिष्णु परियार र सेते […]

शान्ति समाज म्याग्दीको नयाँ कार्यसमिति चयन

विकल्प न्यूज/बेनी असोज १४ गते । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको सत्रौ साधारणसभा तथा दसौ अधिवेशन मंगलबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । शाखाको उपसभापतिमा सन्तोष गौतम, सचिवमा हरिप्रसाद पौडेल, कोषाध्यक्षमा मुकुन्दप्रसाद पौडेल र सहसचिवमा भिमकुमारी बानिया चयन हुनुभएको छ । […]

मृगौला पीडित शर्मालाई मोना कतारको सहयोग

विकल्प न्यूज/बेनी असोज १३ गते ।   म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) कतारले मृगौला पीडितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । दुवै मृगौला फेल भएका बेनी नगरपालिका ५ पुलाचौरका डकेनाथ शर्मालाई मोना कतारले उपचारमा सघाउन ४३ हजार सातसय रुपैयाँ सहयोग गरेको हो । सोमबार बेनी स्थित ओमकुमारी शान्तिकोषको सचिवालयमा सहयोग हस्तान्तरण कार्यक्रम […]

सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ः कार्की

धु्रबसागर शर्मा /विकल्प न्यूज असोज १३ गते । नमस्ते धौलागिरि बचत तथा क्रृण सहकारी संस्था लिमिटेड गोंगबु काठमाण्डौंका अध्यक्ष रामबहादुर कार्कीले सहकारीको लगानी अब उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुनुपर्ने बताएका छन् । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा संचालित हातेमालो बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको आइतवार सम्पन्न आठौं वार्षिक साधारण सभामा प्रमुख अतिथी कार्कीले यस्तो बताएका […]

मुक्तिनाथ सहकारीको १२ औं वार्षीक साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी असोज १२ गते । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने धाराणा व्यक्त गर्नुभयो । छरिएर रहेको पुँजीलाई सहकारीको माध्यमबाट संकलन गरी उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न उहाँले सुझाव […]

मनकारी पौडेलद्धारा बाढी पीडितलाई सहयोग

धु्रबसागर शर्मा /विकल्प न्यूज म्याग्दी ७ असोज म्याग्दीको बेनी नगरपालिका २ भकुण्डेका भीमबहादुर पौडेलले व्यक्तिगतरुपमा कोटखोलाका ७ जना बाढी पीडितलाई मंगलवार रु १२ हजार २ सय मूल्य बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका छन् । गत शनिवार राती बेनी नगरपालिका २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट प्रभावित ७ घर परिवारलाई प्रतिपरिवार एक बोरा चामल,दाल,नुन लगाएतका १२ […]

कक्षा ११ को नतिजा प्रकाशित

विकल्प न्युज काठमाण्डौ ,असोज ७ गते । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा […]

श्री फर्से धाइरिङ माविमा बन्यो ६० लाखको ४ कोठे भवन

विकल्प न्यूज/जलजला असोज ६ गते । उत्तरी पर्वतको जलजजला गाउँपालिका ७ धाइरिङको सल्यानमा रहेको श्री फर्से धाईरिङ माविमा ६० लाख रुपैयाँ लागतमा ४ कोठे भवन निर्माण भएको छ । चार कोठे भवनको सोमबार प्रतिनिधिसभाका सांसद पदम गिरीले उद्घाटन गर्नुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)को ३१ लाख ५० हजार, जलजला गाउँपालिका वडा न ७ को ७ […]

लेखसाइड युथ क्लवद्धारा बाढी पीडितलाई खाद्यान्न प्रदान

धु्रबसागर शर्मा /विकल्प न्यूज म्याग्दी ६ असोज ।  म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको सानालेखमा अवस्थित लेखराइड युथ क्लबका पदाधिकारीहरुले सोमवार कोटखोलाका बाढि पीडितहरुलाई खाद्यान्न सहयोग गरेका छन् । गत शनिवार राती बेनी नगरपालिका २ बगरफाँटको कोटखोलामा आएको भीषण बाढीबाट प्रभावित ७ घर परिवारलाई प्रतिपरिवार एक बोरा चारकेजी चामल,दाल,नुन लगाएतका १२ हजार रुपैयाँको खाद्य […]

कोटखोलामा आएको वाढीले बगरफाँटका दुइघर बगायो

विकल्प न्यूज/बेनी असोज ५ गते । शनिवार राती आएको भिषण वर्षा पछि बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले बुद्ध एकेडेमी र चार घरमा क्षति पु¥याएको छ । बाढीले दुइघर बगाएको छ । भने बाढीले घर बगाउँदा दुइ बच्चा वेपत्ता छन् । राती नै प्रहरी र स्थानीयवासीहरु उद्धारमा खटिएका थिए । खोलाले धार परिबर्तन गरि वस्ती […]

दुई तिहाइको सरकार असफल –नेता पौडेल

विकल्प न्युज बेनी ,असोज ३ गते ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदिप पौडेलले दुई तिहाइको कम्युनिष्ट सरकार असफल भएको बताउनुभएको छ । नेपाली काँग्रेसको दोस्रो चरणको जनजागरण अभियानको क्रममा म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको आमसभालाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो । ‘कम्युनिष्ट सरकार आएपछि कोही पनि भोकै बस्नुपर्दैन भनिन्थ्यो अहिले जनता भोकै छन् […]

अक्षर चिन्दै आमाहरु

साधन राम्जाली /विकल्प न्यूज असोज १ गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीकी राधीका आचार्यको उमेर ६० बर्ष भयो । उमेरले ६ दशक भएपनि उहाँ नियमित विद्यालय जानहुन्छ । शिक्षकले दिएको गृहकार्य उहाँ नियमित रुपमा गर्नुपर्छ । विहान घरयासी र भान्छाको काम सकेर साढेँ १० बजे विद्यालय जाने हतारो राधीकालाई छ । विहान– बेलुकी […]

जलजलाको लेखफाँटमा एकैरात सात घरमा चोरी

विकल्प न्यूज/बेनी भदौं ३१ गते ।   उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेकफाँटको लोप्रे गाउँमा एकै रात सात घरमा श्रृङ्गखलाबद्ध चोरी भएको छ । अधिकाँश घरमा कोही नभएको अबस्थामा बिहीबार राती घर फोडेर झण्डै दुई लाख नगद र ६ तोला सुन चोरी भएको हो स्थानियबासीले दिएको जानकारी अनुसार जलजला ५ लोप्रेका तिर्थबहादुर पुनको घरबाट […]

चितवनमा ‘जीप लाइन’ सफारी ः सम्भव छ लभ्लीहिल देखि अर्थुङ्गे सम्म

३० भदौ, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको आँपटारीमा जलदेवी सामुदायिक वनले ‘जीप लाइन’ सफारी सञ्चालन गर्ने अन्तिम तयारी गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जीप लाइन सफारी सञ्चालनको तयारी गरिएको सामुदायिक वनका अध्यक्ष केशव थापा ‘निरु’ले जानकारी दिए । असोज १ गते पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जीप लाइन सफारीको उदघाटन […]

राहत कोष स्थापनार्थ मल्लाजमा बडा दशै मेला आयोजना हुने

विकल्प न्युज बेनी, भदौ ३० गते । पर्वतको जलजला गाउँपालिकाको मल्लामा दिनदुखी तथा अशक्त असाहरुको सहयोग एवं उद्धारका निम्ती राहत कोष स्थापनार्थ मेला संचालन गरिने भएको छ ।गाउँपालिकाको वडा नं २३ र ४को संयुक्त आयोजनामा विजया दशमीको अवसरमा सो मेला संचालन गर्न लागिएको सोमबार पर्वत बेनीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । मेला आगामी […]