राष्ट्रिय समाचार
जलजलामा आयोजना हुने गौमहोत्सवलाई आचार्यद्धारा एकलाख सहयोग
विकल्प न्यूज/बेनी मंसिर २ गते । पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवलाई मिलनचोक निवासी जमुना आचार्यले एकलाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । सोमबार आचार्यले गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव मुल समितिलाई एकलाख एघार हजार एकसय एघार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । यसै […]
म्याग्दीका तिन स्थानीय तहका केन्द्रमा प्रहरी चौकी स्थापनाको तयारी
विकल्प न्यूज/बेनी मंसिर २ गते । जिल्लाका स्थानीय तहका केन्द्रहरुमा प्रहरी चौकी स्थापना गर्ने तयारी गरिएको छ । सवै स्थानीय तहका केन्द्रहरुमा स्थायी प्रहरी चौकी स्थापना गर्ने नीति अनुसार वाँकी रहेको तिनवटा स्थानीय तहका केन्द्रमा प्रहरी चौकी स्थापनाको तयारी थालिएको हो । प्रहरी चौकी नभएका स्थानीय तहका केन्द्रहरुमा स्थायी प्रहरीचौकी स्थापना गर्नका लागि प्रत्येक चौकीमा १५ […]
सङ्गिनी सहकारीको अध्यक्षमा ः श्रेष्ठ चयन
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, मंसिर २ गते । महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सङ्गिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले पुनः साधना श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा नविना थापा रावल, सचिवमा कल्पना केसी, सहसचिवमा जानकी […]
वडाध्यक्षबाट राजिनामा दिएर शिक्षकको जागिर
२ मंसिर, सल्यान । सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खाएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खाएका हुन् । बुढामगर २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकाल्नु सफल भएपछि […]
माझफाँटमा सञ्चालित आँखा शिविरको पहिलो दिन दुइसय ८० ले सेवा लिए
विकल्प न्यूज/जलजला मंसिर १ गते । जलजला गाउँपालिका–३ मल्लाजमा आइतबार देखि सुरु भएको निशूल्क आँखा शिविरमा दुई सय ८० जनाले सेवा लिएका छन् । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा आयोजना गरेको शिविरको पहिलो दिन आँखा परिक्षण र औषधि वितरण गरिएको शिविरका संयोजक तुलसीराम […]
कालिगण्डकीमा मोटरसाइकल खस्दा विदेशी पर्यटकको मृत्यु
विकल्प न्यूज/मुस्ताङ मंसिर १ गते । उद्दारमा खटिएका सुरक्षाकर्मी । तस्बिर : जिप्रका मुस्ताङ जोमसोम : पोखरादेखि मुस्ताङ आउँदै गरेका मोटर साइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ।म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी- जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । […]
मिडिया अवार्डद्धारा नवविकल्पका सम्पादक आचार्य सम्मानीत
विकल्प न्यूज/बेनी कार्तिक ३० गते । म्याग्दी मिडिया सोसाईटीले स्थापना गरेको मिडिया अवार्ड २०७६ बाट नवविकल्प साप्ताहिक र विकल्प न्यूज डट कममा प्रकाशक /सम्पादक ठाकुरप्रसाद आचार्य सम्मानित हुनुभएको छ । एकदश भन्दा बढी समय म्याग्दीमा पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार आचार्यलाई म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारणसभाको अवसरमा सो अवार्डद्धारा सम्मान गरिएको हो । सोसाईटीले हरेक बर्ष प्रदान […]
सवारी नियम मिच्ने चालकलाई खादा र फूलका गुच्छा !
विकल्प न्यूज/बेनी कार्तिक २९ गते । गोरखा – हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् ।तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ । आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो […]
म्याग्दीमा सडक दुर्घटना कारण ः जिर्ण सडक र थोत्रा सवारीसाधन
विकल्प न्यूज/बेनी कार्तिक २९ गते ।बिममा भएको बस दुर्घटना स्थल । तस्विर सामाजिक सञ्जाल डेढहप्ता अघि मालिका गाउँपालिका ७ बिममा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो । बिम दुर्घटनाको दुइदिन अगाडि रुममा भएको जिप दुर्घटनामा २ जनाको ज्यान गयो थियो । यि दुवै अवस्थालाई हेर्दा जिर्ण सडक,थोत्रा सवारीसाधन,क्षमता भन्दा धेरै यात्रु बोक्नु र अपरिपक्क […]
महिला भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि
विकल्प न्यूज/बेनी कार्तिक २८ गते । नेपालको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको छ । समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित गरी इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हो । समूह चरणमा पनि माल्दिभ्स ३–० कै सेटमा हारेको थियो । सहिद […]
रुमको बिलबाङमा खुकुरी प्रहारबाट शिक्षिका गम्भिर घाइते
विकल्प न्यूज/बेनी कार्तिक २७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमको बिलबाङमा स्थानीय एक युवाले खुकुरी प्रहार गर्दा शिक्षिका गम्भिर घाईते हुनुभएको छ । बुधवार करिब ९.३० बजेतिर बिलबाङबाट खबाङ स्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयमा जाँदै गर्दा शिक्षिका इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गर्दा गम्भिर घाईते हुनुभएको हो । गाउँदेखि माथि बाटोमा हिडिरहनुभएकी शिक्षिका […]
म्याग्दीको मुना गाउँकी एक बालिका दुइवर्ष देखि साङ्लोमा
साधन राम्जाली /विकल्प न्यूज कार्तिक २७ गते । मुना÷ गत विहिबार धौलागिरि गाउँपालिकाको केन्द्र ३ मुना स्थित डोल्मा कामीको घरमा पुग्दा साँझ करिब साढे चार बजेको थियो । बनजंगलमा चराचुरङ्गीको आवाज घन्कीरहेको थियो । स्थानीयवासीहरु मेलापात पुगेर घर फिर्ता हुँदै थिए । बालबालिकाहरु खेल खैल्दै गाउँका टोल,चोकहरुमा रमाइरहेका बेला गाउँकी एक बालिका भने खुट्टामा फलामको […]
एउटै बोकाको मूल्य तीन लाख रुपैयाँ
२६ कत्तिक, बेनी । एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई २ लाख ९० हजार रुपैयाँमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको […]
यस्तो हो नेपालको खास नक्सा
सुरेन्द्र काफ्ले कार्तिक २६ गते । काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। […]
ठगी आरोपमा ‘अघोरी बाबा’की श्रीमती पक्राउ
काठमाडौं । एक महिलालाई झुक्याएर विवाह गराइदिएको आरोपमा ‘अघोरी बाबा’की श्रीमती शारदा पाण्डे पक्राउ परेकी छन् । महानगरीय प्रहरी वृत बौद्धबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । वृत बौद्धका डीएसपी रमेश बहादुर सिहंका अनुसार शारदा र उनका पूर्वपति मिलेर एक महिलालाई विवाहका विषयमा झुक्याएका थिए । सोही प्रकरणको अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । […]