राष्ट्रिय समाचार

विद्यालयमा क्वारेन्टाइन: विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने

काठमाडौँ, असार १४ गते । बेनीको वेष्ट पोइन्टमा बनाइएको क्वारेन्टाइन बोर्डको फोटो कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टाइन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय खुल्नुपर्ने समय आउँदा शिक्षक र विद्यार्थीमा मनोविज्ञानमा प्रतिकूल असर […]

पेट दुखेर अस्पताल लगिएकी बालिकामा कोरोना संक्रमण पुष्टि

१४ असार, काठमाडौं । भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । बालिकालाई पेट दुखेपछि काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो । एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भएपछि अस्पतालले ११ असारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको […]

बर्दघाटमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु, रिपोर्ट आउन बाँकी

१४ असार, काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए । ज्ञवालीका अनुसार शनिबार राति करिब १२ः३० बजेको समयमा अचानक स्वास्थ्यमा समस्या आएपछि […]

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ९१ हजार ३०० पुग्यो

असार १४, २०७७  काठमाडौं । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य हालसम्मकै उच्च तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको छ। शुक्रबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ७०० रुपैयाँले बढेर तोलामा ९१ हजार ३०० […]

चट्याङको आवाजले बेहोश भएका युवकको मृत्यु

असार १४, २०७७ उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–५ खोरिया बस्तिका १८ बर्षीय दिपेश मगरको चट्याङको आवाजले बेहोश भएर मृत्यु भएको छ। शनिवार दिउँसो ४ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोश भएका मगरलाई उपचारको लागि धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा शनिबार  पौने ८ बजे मृत्यु भएको […]

यूएईबाट हालसम्म १८ सय जना नेपाल फर्किए

  १४ असार २०७७, आइतबार सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् । जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली नागरिक स्वदेश फर्किएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको हो । यो अवधिमा ११ वटा चाटर्ड उडान भएको र थप उडानको क्रम […]

दैनिक भारी वर्षा, विपत्बाट जोगिन छैन तयारी : भेरी नदीको किनारका बस्तीहरु जोखिममा

असार १४, २०७७ देश कोरोनाको त्रासबाट जोगिन र जोगाउन हम्मे–हम्मे परेको समयमा वर्षायाम शुरु भएको छ । कोरोनाबाट जोगिन तयारी व्यापक हुँदै गर्दा वर्षायाममा प्राकृतिक विपतिबाट जुध्ने तयारी गर्न स्थानीय सरकारले भ्याएको देखिँदैन । जाजरकोट, रुकुमपश्चिम र डोल्पामा प्राकृतिक विपतीबाट जोगिने आवश्यक तयारी नहुँदा विगत वर्षका समस्या बल्झिने देखिएको छ । विपत् व्यवस्थापनको मुख्य भूमिकामा […]

सुदूरपश्चिममा कोभिड–१९ ले मात्रै ६ जनाको मृत्यु

असार १४, २०७७ धनगढी : कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। कोभिड—१९ को […]

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड पुग्यो, पाँच लाखको मृत्यु

असार १४, २०७७ विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड पुगेको छ।​ वोर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७३ हजार ८१४ पुगेको हो । त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ। अहिलेसम्म मृत्यु हुने ५ लाख ६०८ पुगेका छन्। कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४ जना […]

सोमबारबाट सलह पश्चिमतिर फैलिने अनुमान

१४ असार, काठमाडौं । नेपाल भित्रिएका सलहका बथान सोमबारबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको छ । हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै सलह किराहरु पश्चिमतिर सर्दै जाने अनुमान गरिएको हो । मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘सोमबारबाट अझ आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने देखिएको छ । पूर्वबाट […]

थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्युज/ काठमाडौ असार १३ गते । नेपालमा शनिबार थप ५ सय ५४ जनामा काेराेना पुष्टि भएकाे छ ।  यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।

थप ५९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११७५५

१२ असार, काठमाडौं । शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

नेपालको जनसंख्या तीन करोड नाघ्यो

१२ असार, काठमाडौं । बोलीचालीका क्रममा नेपालको जनसंख्या तीन करोड भन्न थालेको केही वर्ष भइसकेको छ । अब भने जनसंख्याको घडी अनुसार पनि नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्यान्ह नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण […]

असार २२ र २३ गते बालबालिकालाई भिटामिन ए खुवाइँदै

१२ असार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण गत वैशाख ६ र ७ गते […]

लाख बराबरको बुद्धचित्त लुटियो, लुटेरा फरार

काभ्रे । बिहीबार मध्यराती हतियारसहित आएको समूहले रोशी गाउँपालिका–३ सिपालीमा ९० लाख बराबरको बुद्धचित्तको दाना लुटेको छ ।करिब तीनदर्जनको हाराहारीमा लुटपाट गर्न आएको समूहले वीरबहादुर तामाङको बारीमा रहेको रुखको ९० लाखको बुद्धचित्तको दाना लुटेको प्रहरीले जनाएको छ ।बुद्धचित्तको रुखको सुरक्षाका लागि राति कुरेर बसेका ५ जनालाई लुटेरा समूहले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय […]