राष्ट्रिय समाचार

बागलुङ १४ र पर्वत १३ जना गरी गण्डकीमा ५३ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज/बेनी असार १५ गते । गण्डकी प्रदेशका पाँच जिल्लामा ५३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय प्रयोगशाला काठमाण्डौमा गरिएको पिसिआर परिक्षणमा बागलुङमा १४ र पर्वतमा १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यसै गरी तनहुमा १० स्याङजा १० र गोरखामा ६ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालय […]

सलह किरा संकलन गर्नेलाई रघुगंगा गाउँपालिकाले १५ रुपैयाँ दिने

विकल्प न्युज/ बेनी असार १५ गते ।  भारत हुँदै नेपाल पसेको सलह किरा नियन्त्रण गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना जारी गदै सलह किरा मार्नेलाई प्रतिकिलो रु १५ दिने निर्णय गरेको गरेको छ । गण्डकी प्रदेशभित्रका विभिन्न जिल्लामा सलह देखिएपछि म्याग्दीमा समेत भित्रिने जोखिमलाई मध्यनजर गदै गाउँपालिकाले हरेक वडाभित्रका किसानलाई आवश्यक सर्तकता अपनाउन सूचना जारी गर्दै […]

थप ४७६ जनामा कोरोना संक्रमण

१५ असार, काठमाडौं । नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

कपिलवस्तुमा भेटियो नेपालकै सबैभन्दा ठूलो सलहको झुण्ड

१५ असार, काठमाडौं । कपिलवस्तुको तीन नगरपालिकामा सलहको ठूला झुण्डहरू फेला परेका छन् । बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । आइतबार अपराह्न करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको विषादी व्यवस्थापन केन्द्रको अनुमान […]

बन्दाबन्दीमै बढ्यो बलात्कार

१५ असार, कैलाली । घटना १ : ३२ जेठमा कैलालीको कैलारी गाउँपालिकामा ११ वर्षीया बालिका बलात्कृत भइन् । घटनाको करिब १० दिनपछि मात्रै प्रहरीले जानकारी पायो । घटना २ : सोही दिन कैलालीको लम्कीचुहा नगरपालिका १ स्थित सहिद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भयो । घटना ३ : २० वैशाखमा कैलालीमा बलात्कारको आरोपमा श्रीमान् र […]

भारतमा करिब साढे पाँच लाख पुगे कोरोना संक्रमित

१५ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या पाँच लाख ४८ हजार ३१८ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसका १९ हजार ४५९ संक्रमित फेला परेका हुन् । साथै भारतमा कोरोना भाइसबाट मृत्यु हुनेको संख्या पनि १६ हजार ४७५ पुगेको छ । पछिल्लो २४ घण्टामा […]

सुदूरपश्चिममा एकैदिन १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप १ सय ९६ मा कोभिड १९ संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार ८९९ पुगेको छ । आइतबार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १ सय ९६ जनामा संक्रमण पुष्टि भएको होे । यसअघि नै ३ सय ६७  संक्रमित निको भइ घर गइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रिय […]

कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

१५ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख एक हजार २८१ पुगेको हो । अमेरिकामा अहिलेसम्म एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या […]

आजको मौसम पूर्वानुमान

असार १५, २०७७  काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल देशमा सामान्य देखि पूर्ण बदली रहेको  र देशभर केही स्थानहरुमा वर्षा भईरहेको जानकारी दिएको छ ।यसैगरी, महाशाखाले दिउँसो देशभर सामान्य बदली […]

कोभिड–१९ ले विश्वभर १५८ नेपालीको मृत्यु

असार १४, २०७७ काठमाडौं : कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण […]

ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु

१५ असार, काठमाडौं । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले अनलाइनखबरलाई बताए । अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको […]

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

१४ असार, काठमाडौं । आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

विद्यालयले आफूखुशी उठाउन थाले वैशाख र जेठको शुल्क

१४ असार, काठमाडौं । सरकारको निर्देशन विपरीत निजी विद्यालयहरूले लकडाउन अवधीको शुल्क संकलन गर्न थालेका छन् । स्कुल बचाउने भन्दै केही विद्यालयले जबरजस्ती शुल्क तिर्न अभिभावकलाई ताकेता गरेका छन् । लकडाउनको शुल्क संकलन गर्ने मध्येको एउटा विद्यालय हो–झापाको विर्तामोडस्थित लिटल फ्लावर्स इङ्लिस स्कूल । कक्षा ५, ६ र ७ को मासिक चार हजार ४०० रुपैयाँ […]

म्याग्दीमा थप दुई जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार १४ गते । म्याग्दीमा थप दुईजना महिलामा काेराेना पुष्टि भएकाे छ ।  उनिहरू हालै मात्र कुवेत र अाेमनबाट फर्किएका हुन । पश्चिमाञ्चल स्वास्थ्य निर्देशनालयले अाईतबार दिउसाे विज्ञप्ति मार्फत दुईजनामा काेराेना पुष्टि भएकाे जनाएको हाे । काेराेना संक्रमित हुनेहरूमा बेनी नगरपालिका  ३ कि ३०  वर्षिय र  धवलागिरि गाउपालिका  ६ कि ४० वर्षिय महिला भएकाेे […]

तराई हुँदै पहाडतिर सर्‍यो सलह

काठमाडौं, असार १४ सलह कीरा तराई क्षेत्र हुँदै पहाडतिर सरेकाे छ। भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह पहिलो पटक देखिएको थियो। आइतबार सलह तराईबाट पहाडतिर सरेको बाराका कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले जानकारी दिए। ‘हिजो देखिएको ठाउँमा आज छैन, तराईतिरबाट पहाड सरेको छ’, उनले […]