ताजा समाचार:
Search

राष्ट्रिय समाचार

म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि, गण्डकी मा ४३८ पुगे

विकल्प न्युज / बेनी असार ६ गते । म्याग्दीकाे मालिका गाउँपालिका ३ का ३० वर्षिय युवामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्ति मार्फत काेराेना संक्रमित पुष्टि गरेकाे छ । उनी बेनि स्थित क्वारेन्टाइन मा थिए । यसै गरि स्वास्थ्य काे अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ […]

थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो

५ असार, काठमाडौं । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

फोक्सोको क्यान्सर पीडित ७४ वर्षका वृद्धले पनि जिते कोरोना

५ असार, चितवन चितवनमा फोक्सोको क्यान्सरका ७४ वर्षका वृद्ध पनि कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले ७४ बर्षका फोक्सोको क्यान्सरबाट पीडित वृद्ध कोरोना संक्रमणबाट निको हुनु खुशीको खबर भएको बताए । […]

कतारबाट यात्रु र शव लिएर आएको जहाज काठमाण्डौमा अवतरण, आजै मात्रै आयो २४ नेपालीको शव

काठमाण्डौ – कतारबाट ४३ जना नेपाली स्वदेश फर्किएका छन् । कतारमा समस्यामा परेका ४३ जना नेपाली र २० वटा शव लिएर आएको कतार एअरवेजको चार्टर्ड जहाज केहीबेरअघि त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार बर्दिया मोतिपुरका सिकराम थारु, सर्लाहीको ईश्वरपुरका अरुनकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर […]

लकडाउनमा हवाई मार्गबाट ४ हजार ३ सय ९० नेपाली विदेश गए, ९ सय ५४ भित्रिए

असार, २०७७ काठमाडौं : लकडाउन अवधी भर नेपालबाट हवाइ मार्ग हुँदै नेपाली र विदेशी नागरिक गरी करीब ११ हजारले नेपाल छाडेका छन्। गत चैत १४ गतेदेखि यही जेठ ३२ गतेसम्म नेपालबाट झण्डै १० हजार ९ सय २४  जना यात्रुले विदेश नेपाल छोडेको अध्यागमन विभागले कार्यालयले जनाएको छ। लकडाउन अवधिमा सबैभन्दा बढी नेपाली नागरिकले स्वदेश छोडेका […]

काँकडभिट्टामा भारतले रोक्यो कृषि उत्पादन लिएर गएका २५ ट्रक

असार ५, २०७७, भारतले काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तुहरूमा रोक लगाएको छ। लकडाउन सुरू भएदेखि नै औपचारिक रूपमै उक्त नाकाबाट निर्यातमा रोक लगाइएको थियो तर बीचमा सहमतिमा व्यवसायीहरूले निर्यात गरिरहेका थिए। बिहीबार नेपालबाट भारत तथा बंगलादेशका लागि हिँडेका चिया, अलैंची र अम्रीसोका निर्यात रोक्दा ट्रकहरू मेची पुलमा रोकिएका छन्। ‘यहाँबाट जाने सम्पूर्ण सामग्रीहरू रोकिएका […]

गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु

असार ५, २०७७ गुल्मी : गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ। छत्रकोट गाउँपालिका–५ का ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडकाले जानकारी दिए। उनी गत जेठ २५ मा भारतबाट आई होम क्वारेन्टाइनमा बसिरेहका थिए। ती पुरुषमा बिहीबार आरडिटी जाँच गर्दा पोजेटिभ आएको र […]

गण्डकीका ३ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण, आजमात्र ५६ जना थपिए

५ असार, पोखरा । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।बागलुङमा १०, तनहुँमा १७ र पर्वतमा पाँचजना कोरोना संक्रमित थपिएका हुन् । बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमित थपिएको प्रदेश स्वास्थ निर्देशनालयले पुष्टि गरेको छ । तनहुँको घिरिङ नगरपालिकामा मात्र […]

बागलुङमा एकै दिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६६ पुग्यो

विकल्प न्यूज/बेनी् असार ५ गते । जिल्लामा एकै दिन थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परीक्षणमा गल्कोट नगरपालिकाका २ महिलासहित ८ जना र काठेखोला गाउँपालिकाका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। यसैगरी काठमाडौं प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका ५ र ढोरपाटन नगरपालिकाका […]

पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा देखियो कोरोना

विकल्प न्यूज/बेनी असार ५ गते ।  पर्वत जिल्ला अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ पुष्टी भएको हो । काठमाण्डौंको टेकु स्थित प्रयोशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाएको छ । स्वास्थ्यकर्मीमा […]

तोरीपानीका सागर ः जसले वर्षेनी झण्डै एककरोड रुपियाँ बराबरका विरुवा विक्री गर्नुहुन्छ (भिडियो)

विकल्प न्यूज/बेनी असार ५ गते ।  म्याग्दीको बेनी नगरपालिका ९ घतानका सागर बानियाँले करिब ६० देखि ९० लाख रुपियाँ बराबरका विभिन्न जातका जडीबुटीका विरुवाहरु विक्री गर्नुहुन्छ । यतिखेर उहाँको नर्सरी ब्याडमा सतुवा,टिमुर,लोडसल्ला,रोजमेरी,दाँतेओखर लगायतका विरुवाहरु छन् । ९/१० वर्ष देखि विरुवा उत्पादन गर्दै आउनुभएका बानियाँले पछिल्ला केही वर्ष यसलाई व्यवसायिकता दिनुभएको छ । गत वर्ष २० […]

बागलुङमा थप १४ जनामा काेराेना पुष्टि, गण्डकीमा पुग्याे ३४८

विकल्प न्युज/ बेनी असार ५ गते । बागलुङमा थप १४ जनामा काेराेना पुष्टि भएको छ । शुक्रबार गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएकाे छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ | थप भएका नयाँ  संक्रमितहरू सबैजना भारतबाट फर्किएको हुुुन । यसै गरि नवलपुरमा २, कास्कीमा ६ […]

थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो

४ असार, काठमाडौं । बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल ‌संक्रमितको संख्या ७८४८ रहेको छ ।

१० लाखको पिसिआर परीक्षण गरिने, थप ६ लाख किट किनिँदै

असार ४, २०७७ काठमाडौं : सरकारले आगामी कात्तिकसम्ममा ६ देखि १० लाख मानिसको  पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमित संख्या बढ्दै गएपछि परीक्षणको दायरा फराकिलो बनाउन भन्दै धेरैभन्दा धेरैको नमुना संकलन गरेर पिसिआर विधिबाट कोरोना परीक्षण गर्न लागेको हो। आगामी १५ असारदेखि दैनिक १० हजारको पिसिआर परीक्षण […]

सुदूरपश्चिमका तीन जिल्लामा १ सय ३७ कोरोना संक्रमित थपिए

असार ४, २०७७ धनगढी-सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा थप १ सय ३७ कारोना संक्रमित फेला परेका छन्। राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा प्रदेशका तीन जिल्लाका थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमितहरुमा डडेल्धुराका ८३, अछामका २९ र बैतडीका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले […]