ताजा समाचार:
Search

राष्ट्रिय समाचार

संक्रमितको शव व्यवस्थापनमा अवरोधपछि पोखरामा गोली चल्यो

विकल्प न्युज/ पाेखरा असार ११ गते ।  कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तर्साउन पोखरामा प्रहरीले हवाई फायर गरेको छ। संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको थियो। पोखरा ३२ मा मजुवामा सेतीनदी किनारनजिककै खालि जमिनमा बिहीबार ती पुरुषको शव गाड्न लैजाँदा […]

मंगला गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नुहोस

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो ।  गाउँ सभा सदस्यज्यूहरु ! उपस्थित गाउँपालिकाकाउपाध्याक्षज्यू,गाउँ कार्यपालिकाका सदस्यज्यूहरु,गाउँसभाका सदस्यज्यूहरु,प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु,पत्रकारज्यूहरु एवं  उपस्थित […]

पाल्पामा एकैदिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा असार ११ गते । पाल्पामा बिहीबार एकैदिन १ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाल्पाको निस्दी गाउँपालिकामा ९३, पूर्वखोला गाउँपालिकामा १८, रम्भा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ३ र तिनाउ गाउँपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । निस्दीको ९३ जना भरतपुर अस्पताल […]

रघुगंगा गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित (बजेटको पूर्णपाठ पढ्नुहोस)

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ /७८ का लागि बजेट गाउँसभाबाट पारित भएको छ । बुधबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न ८ गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले पेश गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । बजेटको पूर्णपाठ पढ्नका लागि तलको पिडिएफ फाइलको लिङलाई क्लिक गर्नुहोस् रघुगंगा गाउँपालिकाको बजेट बक्तब्य […]

यस्तो छ, रघुगंगा गाउँपालिकाको आगमी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७ /७८ का लागि नीति तथा कार्यक्रम गाउँसभाबाट पारित गरेको छ । बुधबार गाउँपालिका केन्द्र मौवाफाँटमा सम्पन्न ८ गाउँसभामा अध्यक्ष भव बहादुर भण्डारीले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो । नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्नका लागि तलको पिडिएफ फाइलको लिङलाई […]

पोखरामा एकजना कोरोना संक्रमितको मृत्यु

विकल्प न्युज / पाेखरा असार ११ गते । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको  स्वास्थ्य विज्ञान प्रतिष्ठान ले विज्ञप्ति मा जनाएकाे छ  । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ […]

जलजला गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम पारित (पुर्णपाठ सहित)

विकल्प न्युज/ जलजला असार १० गते । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ । जलजला गाउँपालिकाले नविनतम् केहि योजना र गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा अध्यक्ष यामबहादुर मल्लले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको छ । […]

रघुगंगाको बजेट ३९ करोड ७४ लाख (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १० गते ।         म्याग्दीको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि ३९ करोड ७४ लाख ३५ हजार दुईसय चालिस रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार आयोजित ८ औं गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले चालु तर्फ २८ करोड १९ लाख ४५ हजार चारसय २० र पूँजीगत तर्फ ११ […]

धवलागिरी गाउँपालिकाले ल्यायो ४२ करोडको बजेट (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १० गते ।म्याग्दीको धवलागिरी गाउँपालिकाले साढे ४२ करोड बढीको बजेट पारित गरेको छ । मंगलवार गाउँपालिकाको केन्द्र मुनामा बसेको आठौँँ गाउँसभाले आर्थिक बर्ष २०७७/०७८ को लागि रु ४२ करोड ५१ लाख ८२ हजार ५८० बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित गरेको हो । कुल बजेटको […]

लोकप्रिय कार्यक्रम सहित ल्यायो धबलागिरि गाउँपालिकाले नीति तथा कार्यक्रम ( पुर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार १० गते । म्याग्दीको विकट धबलागिरि गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार मुनामा सम्पन्न आठौै गाउँसभामा अध्यक्ष थमसरा पुनले गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । अध्यक्ष पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई गाउँसभाले सुझाव सहित पारित गरेको छ । पढ्नुहोस नीति […]

थप ५३५ जनामा संक्रमण पुष्टि, रसुवा बाहेक सबै जिल्लामा संक्रमति भेटिए

८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

युएईबाट थप एक सय ६५ नेपाली स्वदेश फर्किए

असार ८, २०७७   युएई – कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका थप एक सय ६५ जना नेपाली आज नेपाल फर्किएका छन्।एयर अरबियाको जहाजको उडान नम्बर जि-९-७१५१ मार्फत युएईको शारहजाबाट स्थानीय समय आज बिहान ११:१५ बजे एक सय ६५ जना स्वदेश फर्किएका हुन्।फर्कनेहरुमा ३१ महिला र १ सय ३४ जना पुरुष रहेको नेपाली दूतावास युएईका […]

कोरोनाभाइरस : डब्लुएचओको नेपाल कार्यालयको यस्तो अपील

असार ८, २०७७ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयले कोभिड–१९ (कोरोनाभाइरस)को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपील गरेको छ । .विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन् । लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, […]

पाल्पामा एकैदिन थपिए ८२ जना कोरोना संक्रमित

८ असार, बुटवल । पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालका निमित्त प्रमुख विश्वराज […]

गुल्मीमा १४ जना कोरोना संक्रमित थपिए

८ असार, गुल्मी ।   गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुरुक्षेत्र गाउँपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा रुरुक्षेत्र गाउँपालिकाका २६ वर्षीया एक महिला र १८ देखि ४९ वर्षसम्मका १३ जना पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक छत्र अधिकारीले बताए । उनीहरु […]