राष्ट्रिय समाचार

रघुगंगामा सार्वजनिक सुनुवाई सम्पन्न

विकल्प न्यूज\बेनीफागुन १३ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले सात महिनाको अवधिमा ३३ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । मंगलवार गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१\०८२ को हालसम्म कुल ४८ करोड ६५ लाख ३९ हजार बजेटमध्ये ३३ दशमलब ३१ प्रतिशत वित्तीय प्रगती भएको जानकारी गराइएको हो । गाउँपालिकाले चालुतर्फ ३८ दशमलब […]

माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु

 विकल्प न्यूज/बेनीफागुन १२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु भएको छ । हाइड्रो इम्पाएर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माण कार्यको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्रि रेशमबहादुर जुुग्जाली (सुविन)ले शिलन्यास गर्नुभयो । कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष […]

पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः बानियाँ चयन

विकल्प न्यूज/बेनीफागुन १० गते । पुलस्त्य पुलह क्षेत्र विकास कोषको १०औं अधिवेशनबाट पुनः लिलाबहादुर बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार पुलस्त्य पुलह मन्दिरको प्राङ्गणमा सम्पन्न १०औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट कोषको उपाध्यक्षमा भीमबहादुर बानियाँ, तेजप्रकाश बानियाँ, सचिवमा माधवप्रसाद रेग्मी, सहसचिवमा रामबहादुर बानियाँ र कोषाध्यक्षमा […]

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, फागुन ९ गते ।  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शुक्रबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय भएको छ । फागुन १९ गते सङ्घ, सङ्गठन दर्ता गर्ने, फागुन […]

वन डढेलो व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम

विकल्प न्यूज/बेनीफागुन ९ गते । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा वन डढेलो व्यवस्थापन सम्बन्धी सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । ‘वन सबैका लागि, सधैँका लागि र डढेलाबाट वन जोगाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने मूल नारासहित सञ्चालित वन डढेलो व्यवस्थापन सचेतना सप्ताह कार्यक्रम समापन गरिएको हो । कार्यक्रममा आफ्नो प्रस्तुतीकरण गर्दै डिभिजन […]

प्रथम ‘तरुण कप’ को उपाधि अर्मनलाई

विकल्प न्यूज/बेनीफागुन ९ गते । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहिबार सम्पन्न प्रथम ‘तरुण कप’ प्रदेश सभा क्षेत्र (ख)को उपाधि अर्मन ए ले हात पारेको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिका–५, अर्मन ए ले मंंगला–२, बावियाचौरलाई १–३ सेटले जित्दै उपाधि हात पा¥यो […]

सहकारीको रकम हिनामिना अभियोगमा पक्राउ

विकल्प न्यूज/बेनीफागुन ९ गते । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड  अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक सागर पौडेलले […]

बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरू

म्याग्दी, फागुन ९  गते ।  जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण शुरू भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरू गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छवटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुनेछन् ।  रू ३५ करोड ६३ लाख ३९ हजार सात […]

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण

(म्याग्दी),  फागुन ८ गते ।  पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्य र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको छ । गाउँपालिकाभित्रका सातवटै वडाका १४ उपभोक्ता समिति र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको हो । गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रत्येक वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतका दुई–दुई योजना […]

श्रेष्ठको २६औं कृति विमोचन

विकल्प न्यूज/बेनीफागुन ८ गते । म्याग्दीका लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठको २६औं कृति ‘बलमान र बाह्र व्यक्तित्व’ जीवनी सङ्‌ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्‌गी पुन मगरको छैटौं स्मृति दिवस‌मा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुन मगरको जन्मस्थान मालिका गाउँपालिका, वडा नं। ४, च्यूरीबोटमा विमोचन कार्यक्रम सम्पन्न गरिएको हो […]

फोनिज म्याग्दीको अध्यक्षमा धनिलाल गर्बुजा

विकल्प न्यूज/बेनीफागुन ७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) , म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा चयन हुनुभएको छ । मङ्गलबार बेनीमा सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमिति उपाध्यक्षमा दलप्रसाद तिलिजा , सचीवमा गणेश गुरुङ ( गणेश) , कोषाध्यक्षमा बिनोद पुर्जा र सहसचिवमा दिपा बुढाथोकी चयन हुनुभएको […]

वनमा आगो लगाउने दुई जना पक्राउ

फागुन २ गते ।  पर्वतको सामुदायिक वनमा आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले माघ २९ गते बिहान ११ः३० बजेको समयमा कुस्मा नगरपालिका वडा नं १४ बगाल थोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको प्रहरीले जनाएको छ ।  सोही वडाका स्थानीय २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई पक्राउ आवश्यक कारबाहीका […]

कुश्मामा द क्लिफमा मेगाट्रोल सञ्चालनमा

विकल्प न्यूज/पर्वतफागुन २ गते । पर्वत,  फागुन २ गते । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ ।  बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म […]

मालिका गाउँपालिकामा तीन विधेयक पारित

विकल्प न्यूज/बेनीफागुन १ गते । म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाले तीन वटा विधेयक पारित गरेको छ । ढुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन–२०८१, प्रहरी सम्बन्धी ऐन–२०८१ र विपन्न नागरिक आर्थिक सहायता ऐन–२०८१ पनि पारित गरेको हो ।बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न गाउँसभाको हिउँदे अधिवेशनले पारित गरेका विधेयक ऐनका रूपमा कार्यान्वयन हुनेछन् […]

विभाजित माओवादीहरु जनयुद्ध दिवस मनाउन एकठाउँमा

विकल्प न्यूज/बेनीमाघ ३० गते । विभाजित माओवादीहरु जनयुद्ध दिवस मनाउन भने एकठाउँमा आएका छन् । भोली फागुन १ गते ३० औं जनयुद्ध दिवस मनाउन म्याग्दीमा रहेका माओवादीहरु एक ठाउँमा उभिएका हुन । म्याग्दीका नेकपा (माओवादी केन्द्र) र माओवादीबाट विभाजन भई नेकपा नाम राखेको नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा)ले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् । […]