Breaking News
तातोपानी कुण्ड खुलेसँगै उपचारका लागि आउन थाले विरामी (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य / म्याग्दी असोज १३ गते । म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको प्रशिद्ध तातोपानी कुण्ड सञ्चालनमा आएसँगै उपचारका लागि विरामीहरु आउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलिए सँगै गत बैशाखको तेस्रो साता देखि तातोपानी कुण्ड बन्द गरिएको थियो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण घट्दै गएको भन्दै प्राकृतिक चिकित्सालयका […]
म्याग्दीमा काँग्रेसको पालिका अधिवेशन ः नेतृत्वमा युवाको वर्चस्व
विकल्प न्यूज/बेनी असोज १२ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न भएको गाउँ तथा नगर अधिवेशनबाट अधिकांश पदहरुमा युवा नेतृत्वको उदय भएको छ । काँग्रेसलाई बुढापाकाको पार्टी भएको र युवालाई अवसर नदिएको लाग्ने गरेको आरोप यसपटकको अधिवेशनबाट तोडिएको छ । शनिबार सम्पन्न अधिवेशनबाट ४ वटा पालिकामा युवाको नेतृत्व स्थापित भएको छ । […]
२५ वर्ष पछि पर्वत बेनी बसपार्क ढलान गरिदै (फोटो/भिडियो सहित)
ठाकुरप्रसाद आचार्य /म्याग्दी असोज १२ गते । हाम्रो विकास कति सुस्त छ भन्ने एउटा उदाहरण बनेको छ पर्वत बेनी बसपार्क । २५ वर्ष पछि बल्ल बसपार्कलाई व्यवस्थित बनाउन ढलान गर्न लागिएको हो । हिउदमा धुलो र बर्खायमा हिलोले सास्ती भोगेका पर्वत बेनीका स्थानीयहरु वसपार्क ढलान गर्न लागेपछि भने खुसी भएका छन् । कालिगण्डकी नदीमा […]
नेपाली काँग्रेस जलजलाको सभापतिमा इन्दुप्रकाश पौडेल बिजयी
विकल्प न्यूज/बेनी असोज १० गते । पर्वतको जलजला गाउँपालिका नेपाली काँग्रेसको सभापतिमा इन्दुप्रकाश पौडेल बिजयी हुनुभएको छ । आइतबार मिलनचोकमा सम्पन्न निर्वाचनमा पौडलले अर्को उम्मेदवार हरिविकास जिसीलाई पराजित गर्दै विजयी हुनुभएको हो । भर्खर सम्पन्न मतगणना अनुसार उहाँले ८१ मत ल्याउनु भएको छ । जिसीले ६६ मत प्राप्त गरी पराजित हुनुभएको छ । उपसभापतिमा सावित्रा […]
काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रवि कार्की बिजयी
विकल्प न्यूज/बेनी असोज १० गते । नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको चयनका लागि आइतबार भएको निर्वाचनमा सभापति पदमा रवि कार्की निर्वाचित हुनुभएको छ ।सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ७६ मत ल्याउनु भयाे भने बाेगटिले ६८ मत ल्याउनु भएको छ । उपसभापतिमा हरि पौडेल ७३, गंगाबहादुर खत्रि ७२ सचिवमा […]
जलजलामा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु
विकल्प न्यूज/बेनी असोज १० गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्वतको जलजला गाउँपालिकामा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनको मतगणना सुरु गरिएको छ । वडा नम्बर ४ स्थित मोहोनचोकमा रहेको पार्टी कार्यालयमा मतदान सम्पन्न भएको थियो । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि आइतबार दिउसोबाट मतदान सुरु गरिएको थियो […]
बेनी नगरपालिकामा मतगणना सुरु
विकल्प न्युज/ बेनी ग्दी १० असोज । नेपाली कांग्रेसको बेनी नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । सर्वसम्मत नेतृत्व चयन नभएपछि आइतबार विहान साढे ११ बजेदेखि ५ बजेसम्म जिल्ला समन्वय समितिको सभाहलमा मतदान भएको थियो । सभापतिका उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्की सहित दुई प्यानल पदाधिकारीका लागि खसेको मतको गणना सुरु […]
यस्तो देखियो काँग्रेसको बेनी नगरपालिका नेतृत्व चयनका लागि भएको मतदान (फोटोफिचर)
विकल्प न्यूज\बेनी असोज १० गते । नेपाली काँग्रेसको बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि आइतबार विहान साढे ११ बजेबाट मतदान सुरु गरिएको छ । सभापतिका प्रत्यसी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गरेका छन् । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि सभापति सहित पदाधिकारीमा मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो । जिल्ला […]
नेपाली काँग्रेस बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु (फोटो/भिडियो)
विकल्प न्यूज/बेनी असोज १० गते । नेपाली काँग्रेसको बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि आइतबार विहान साढे ११ बजेबाट मतदान सुरु गरिएको छ । सभापतिका प्रत्यसी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गरेका छन् । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि सभापति सहित पदाधिकारीमा मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो । […]
काँग्रेसको बेनी नगर अधिवेशन ः सभापतिमा कसले मार्ला बाजी ?
विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेस बेनी नगर अधिवेशनमा दुई समुहले आ–आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । शनिबार जिसस सभाहलमा भएको अधिवेशनमा सभापतिमा युवा नेता द्धाय विक्रम बोगटी र रविन्द्र कार्कीले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन । पदाधिकारीमा सहमति नभएपछि उनीहरु चुनावी मैदानमा उत्रिएका छन् । अन्य सदस्यहरु भने निर्विरोध निर्वाचित […]
काँग्रेसको बेनी नगरपालिका अधिवेशनमा सहसचिव पदकी कान्छी उम्मेदवार
विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेस बेनी नगर अधिवेशन सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा यतिखेर उद्घाटन सत्र चलिरहेको छ । साथसाथै नयाँ कार्यसमितिका लागि मनोनयन दर्ता पनि भइरहेको छ । अधिवेशनमा युवा नेताद्धाय विक्रम बोगटी र रविन्द्र कार्कीले आ–आफ्नो नेतृत्वमा प्यानल खडा गरेका छन् । कार्की प्यानलबाट सवै भन्दा कान्छी […]
गाउँ तथा नगर अधिवेशन आज ः दुई समुह बनाएर चुनावी मैदानमा
विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज गाउँ तथा नगरको नेतृत्व चयनका लागि अधिवेशन हुँदै छ । काँग्रेसको अधिवेशनले यतिखेर राजनीतिक चहलपहल बढाएको छ । गाउँपालिका तथा नगरको आगमी नेतृत्वका वारेमा बहश र छलफलले चर्चा पाएको छ । म्याग्दीमा वर्तमान पार्टी सभापति खम्बिर गर्बुजा र पूर्व सभापति रेशम बानियाँ […]
काँग्रेसको जलजला सभापतिमा पुरुषलाई टक्कर दिन लक्ष्मी हमाल मैदानमा
विकल्प न्यूज/जलजला असोज ९ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज गाउँ तथा नगर अधिवेशन हुँदै छ । धेरै स्थानमा पार्टी नेतृत्वका लागि पुरुष नै आकांक्षी देखिएका छन् । तर पर्वतको जलजला गाउँपालिकाको नेतृत्वका लागि एकजना महिला मैदानमा छन् । वडा नम्बर ८ का हरिविकास जिसी,४ का भिष्म मल्ल,२ का इन्दुप्रकाश पौडेल,३ का […]
काँग्रेसको बेनी नगर सभापतिमा रविन्द्र कार्की नेतृत्वको प्यानल घोषणा (भिडियोसहित)
विकल्प न्यूज/बेनी असोज ८ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोली शनिबार हुने बेनी नगर अधिवेशनमा युवा नेता रविन्द्र कार्कीले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनपा ९ घतान निवासी कार्कीले शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाल तरुण दलको राजनीतिबाट पार्टीमा सक्रिय […]
काँग्रेस बेनी नगरको सभापतिमा युवा नेता विक्रम बोगटीसहित प्यानल घोषणा (भिडियोसहित)
विकल्प न्यूज/बेनी असोज ६ गते । नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको सभापति पदमा युवा नेता विक्रम बोगटीले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधवार उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गरेर बोगटीले आफ्नो समुहका पदाधिकारी सहित उम्मेदवार घोषणा गर्नुभएका हो । बोगटीको समुहका तर्फबाट उपसभापतिमा हरिप्रसाद पौडेल,मनकाजी घिमिरे, सचिव ज्ञनेन्द्रकुमार श्रेष्ठ,रणबहादुर शाही,सहसचिव शान्तिशर्मा पौडेल र शानिमाया कार्कीले […]