Breaking News
भगवती काेतमा राँगो मार हान्न तीन लाखको बोलकबोल
विकल्प न्युुज / बेनी असाेज २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाखको बोलकबोल भएको छ । बुधवार साँझ कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बढीबढाउमा बयरी डिलका आर्यन खड्काले सबैले भन्दा धेरै रु ३ […]
बेनीको कोतघरमा फुलपाती भित्र्याइयो (फोटो\भिडियो)
विकल्प न्यूज/बेनी असोज २६ गते । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमीका दिन म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ […]
तातोपानीमा छतमै हेलिप्याड सुविधासहितको ‘‘श्रेष्ठ होटल हटस्प्रिङ’’ सञ्चालनको तयारी (भिडियोसहित)
विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको सिंगा तातोपानी बजारमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारीमा छ । दुईवर्ष अघिबाट पूर्वाधार निर्माण सुरु गरिएको होटल यतिखेर सञ्चालनको अन्तिम तयारीमा जुटेको हो । बेनी नगरपालिका ४ सिंगा तातोपानी कुण्ड नजिक करिब १५ करोड रुपैयाँको लगानीमा श्रेष्ठ होटल हटस्प्रिङ सञ्चालनको अन्तिम तयारी गरिएको छ । तातोपानी कुण्डमा आउने […]
तलव दिने सहमति पछि बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु सेवामा फर्किए
विकल्प न्यूज/बेनी असोज २० गते । साउन देखिको तलब नपाएको भन्दै सेवा बन्द गरेर आन्दोलित बनेका बेनी अस्पतालका स्वास्थ्यकर्मीहरु तलब पाउने सहमति पछि सेवामा फर्किएका छन् । बुधवार विहान तलबको माग गर्दै स्वास्थ्यकर्मीहरुले सेवा बन्द गरेर धर्नामा बसेका थिए । अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पताल प्रशासन र आन्दोलनरत स्वास्थ्यकर्मीहरुका विच तलब भुक्तानीका सम्बन्धमा सहमति […]
तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी अान्दाेलित, सेवा बन्द
विकल्प न्युज/बेनीअसाेज २० गते । म्याग्दीको बेनी अस्पतालका कर्मचारी साउन देखि यताको तलबको माग गर्दै बेनी अस्पतालका अध्यक्षको कार्यकक्ष बाहिर धर्नामा रहेका छन् । बुधबार बिहान देखि अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा अन्य कर्मचारी धर्नामा बस्दा उपचारका लागि अस्पताल पुगेका बिरामी छटपटाउदै डाक्टरको परखाईमा रहेका छन् । चाडबाडको समयमा पनि तलब नदिएको भन्दै उनीहरु ध्र्नामा […]
५२ बर्षपछि घर फर्किए थामडाँडाका गुरुङ, परिवारमा खुसीयाली
विकल्प न्यूज/बेनी असोज २० गते । परिवारले आश मारिसकेको व्यक्ति वर्षौपछि टुप्लुक्क घरमा आउँदा घरपरिवारमा कस्तो महशुष होला ? यो क्षणमा खुसीको सीमा हुने त कुरानै भएन । यो दुई चारवर्षको कुरा होइन,पाँच दशक सम्म परिवारबाट सम्पर्क विच्छेद हुनुभएका एक पुरुषको पारिवारिक पुनर्मिलनले घरपरिवारको खुसी फर्किएको छ । घरबाट हराएको ५२ बर्षपछि बेनी नगरपालिका ४ […]
विनिता शर्माको उपचारका लागि रु १५ लाख बढी आर्थिक सहयोग
विकल्प न्यूज/बेनी असोज १९ गते । आन्द्राको क्यान्सरबाट पीडित म्याग्दीकी विनिता शर्माको उपचारका लागि देश विदेशमा रहेका आफन्त र शुभेच्छुकहरुबाट रु १५ लाख बढी आर्थिक सहयोग जुटेको छ । गत जेठमा मुख्य आन्द्रोमा क्यान्सर देखिए पछि हाल विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत शर्माको उपचारका लागि ज्यामरुककोट समाज नेपालको पहलमा आर्थिक सहयोग अभियान संचालन […]
म्याग्दीको सिंगा तातापानीमा प्राकृतिक चिकित्सालय खुल्दै (भिडियोसहित)
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज १९ गते । म्याग्दीको प्रशिद्ध तातोपानी कुण्डलाई प्रयोग गरेर नेपालमै पहिलो प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ । बेनी नगरपालिका ४ सिंगामा तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याउने तयारी गरिएको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक तातोपानीलाई प्रयोग गरेर योगाथेरापी,फिजियोथेरापी,मसाज थेरापी,जलचिकित्सा, अकुपंचर र डाईथेरापी विधिबाट विरामीको उपचार गर्न प्राकृतिक चिकित्सालय […]
म्याग्दीका पछिल्ला दुई निर्वाचन माथि प्रश्न ? (सम्पादकीय)
विकल्प न्यूज/बेनी असोज १७ गते । यतिखेर नेपाली काँग्रेसको महाधिवेशन चलिरहेको छ । वडा देखि केन्द्रीय नेतृत्व चयनका लागि महाधिवेशन चलिरहेको छ । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । म्याग्दीमा दुई वटा वडा वाहेक अन्यमा सहमतिबाट नेतृत्व चयन भए । पालिका तथा नगर अधिवेशन पनि सम्पन्न भइसकेका छन् । अव निर्वाचन क्षेत्र प्रदेश […]
११ औं तोरन्ल गोल्डकपको उपाधी दरवाङले जित्यो (फोटो/भिडियो)
विकल्प न्यूज/बेनी असोज १७ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन भएको ११ औं तोरन्ल गोल्डकपको उपाधी थकाली सेवा समिति दरवाङले हात पारेको छ । थकाली सेवा समिति दरवाङ (रातढुङ्गां ले १ सय ४१ अंक ल्याएर प्रथम स्थान हासिल गरेको हो । प्रथम हुने दरवाङले नगद एकलाख सहित मेडल प्राप्त गरेको छ । यसैगरी १ सय […]
विद्युत पोलको भाडा नतिर्ने केबुल र इन्टरनेटको तार काटियो
विकल्प न्यूज/बेनी असोज १६ गते । म्याग्दीमा विद्युतको पोल प्रयोग गरेवापत शुल्क बुझाउन अटेरी गर्ने केबुल र इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालिएको छ । सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गर्ने र भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको शनिबार म्याग्दीमा लाइन काटिएको हो । नेपाल बिद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्तरगत सम्झौता नगरेका र भाडा […]
मुक्तिनाथ सहकारीको लगानी ४३ करोड
विकल्प न्यूज/बेनी असोज १६ गते । सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ । सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष […]
भिडियोमा हेर्नुहोस् बेनीमा एघारौं तोरन्ल गोल्डकप प्रतियोगिता
विकल्प न्यूज/बेनी असोज १५ गते । थकाली सेवा समिति केन्द्रले बेनीमा एघारौं तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिता आयोजना गरेको छ । तारा खेलमा देशभरबाट १८ समुहका एकसय १८ जना खेलाडीहरुले भाग लिएका छन् । खेल तिनदिन सम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई एकलाख नगद सहित पाँचतोलाको सुनको मेडल पुरस्कारको व्यवस्था गरिएको छ । […]
बेनीमा ११ औं तोरन्ल गोल्डकप प्रतियोगिता सुरू (फोटोसहित)
ठाकुरप्रसाद आचार्य / म्याग्दी असोज १५ गते । थकालीको समुदायको सांस्कृति पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबार देखि बेनीमा पहिलोपटक सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तिनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समुहका एकसय १८ खेलाडीहरुले भाग लिएका छन् । खेलको उदघाटन […]
घारखोला जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज १३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको सुरुङ मार्ग निर्माण सकिएको छ । २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु गरिएको आयोजनाको ३ हजार ५ मिटर लामो सुरुङ मार्ग बुधवार दुवैतर्फबाट जोडिएको छ । आयोजनाको मुहानदेखि विद्युत् गृहसम्म पानी ल्याउने सुरुङको ‘ब्रेक थ्रु’ गरिएको आयोजनाका […]