Breaking News

संसदवादी दलहरुले आधा दर्जन मन्त्रालय सहित करोडौं रकम प्रस्ताव गरे ः विप्लव (भिडियोसहित)

विकल्प न्यूज/बेनी मंसिर ८ गते ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले संसदवादी दलहरुले आफ्नो पार्टीलाई आधा दर्जन मन्त्रालय सहित करोडौं रकम दिने प्रस्ताव गरेको बताउनुभएको छ ।  उक्त प्रस्तावलाई आफूले अस्विकार गरिदिएको उहाँले बताउनुभयो । जनतालाई अधिकार सम्पन्न बनाउन आफू लडेकाले पद र पैसा अस्विकार गरिदिएको उहाँको भनाई थियो । आन्दोलनलाई विघटन गर्न संसदवादी […]

बेनीमा मगरमुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन सुरु(फोटोफचर)

विकल्प न्यूज/बेनी मंसिर ८ गते । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन मगरमुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन बेनीमा सुरु भएको छ । बेनीको खुल्ला मञ्चमा सम्मेलनको उद्घाटन नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले गर्ने जनाइएको छ । सम्मेलनमा देशभरबाट करिब ४ सय प्रतिनिधिहरु सहभागि भएका मगर मुक्ति मोर्चाका संयोजक गमबहादुर श्रीसमगरले बताउनुभयो । सम्मेलनका अवसर बेनीमा […]

आज बेनीको खुल्ला मञ्चमा नेकपाका महासचिव विप्लवको सम्बोधन

विकल्प न्यूज/बेनी मंसिर ८ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले आज बेनीको खुल्ला मञ्चमा सम्बोधन गर्नुह्ुने भएको छ । मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नका लागि विप्लव म्याग्दी आउन भएको हो । विप्लव मंगलबार साँझ बेनी आइसक्नुभएको नेकपाले जनाएको छ । विप्लवले मध्यान्न १२ बजे खुल्ला मञ्चमा […]

शान्ति समाज म्याग्दीको सभापतिमा पत्रकार गौतम चयन

विकल्प न्यूज/बेनी मंसिर ७ गते ।   मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाको सन्तोष गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिबमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा बिष्णुप्रसाद आचार्य र सहसचिबमा बिष्णु गौतम सापकोटालाई चयन गरेको छ । सदस्यहरुमा नवराज रिजाल, सकुन्तला सापकोटा […]

मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन

विकल्प न्यूज/काठमाण्डौं मंसिर ६ गते । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ । हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेकामा अब स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन गरिने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार […]

जेसिज कपकाे १९ ओैं संस्करण मंसिर २१ देखी

विकल्प न्युज / बेनी मंसिर ६ गते । म्याग्दी जेसिजको आयोजनामा आगामी मंसिर २१ देखि २५ गते सम्म बेनीको खुल्ला मञ्चमा १९ औँ अन्तर मा.वि. जेसिजकप फुटवल प्रतियोगीता संचालन हुने भएको छ । सोमबार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगीताको बारेमा जानकारी गराईएको हो । ‘खेलाडिको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसिजकप फुटवल’ भन्ने मूल नाराका […]

म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन

विकल्प न्यूज/बेनी मंसिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार यसअघि ८ वटा […]

कांग्रेस म्याग्दीकाे महाधिवेशन प्रतिनिधि निर्वाचित (मत परिणाम सहित)

विकल्प न्युज/ बेनी मंसिर ४ गते । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको महाधिवेशन प्रतिनिधिकाे  खुल्ला र समावेशी तर्फकाे अन्तिम मतपरिणम सार्वजनिक भएको छ । शुक्रबार राति मत गणना सकिएको हाे । महाधिवेशन प्रतिनिधि तर्फ उदिम बहादुर पुन :३१० चिरञ्जीवी शर्मा ः ५१४ विजेता जीवन कुमार मल्ल : ४०१ विजेता दिपेन्द्र शर्मा रिजाल :१४८ धनबहादुर छन्त्याल :३३५ […]

कांग्रेस म्याग्दीको उपसभापतिमा हरिकुमार श्रेष्ठ र केबी भण्डारी विजयी

विकल्प न्युज/ बेनी मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दीको उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी) विजयी हुनुभएको छ । मतगणनाकाे अन्तिम परिणाम अनुसार बेनी नगरपालिकाका मेयर समेत रहनुभएका श्रेष्ठले  ३५४ मत र अर्का विजयी उम्मेदवार केबी भण्डारीले ३७९ मत प्राप्त गर्नुभएको छ । जिल्ला कार्यसमितिकाे उपसभापतिकाे दुई पदमा ६ जनाका विच प्रतिस्पर्धा भएको […]

कांग्रेस म्याग्दीको सचिवमा भरत र हिरा विजयी

विकल्प न्युज/ बेनी मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दीको दुई सचिव पदमा भरत रकाल र हिरा पुन विजयी हुनुभएको छ । मत गणनाकाे अन्तिम मत परिणाम अनुसार रकालले ३५७ मत र हिरा पुनले ३६९ मत प्राप्त गर्नु भएको छ । यसै गरि दुर्गा राम सुवेदी १५६, अजयमिलन श्रेष्ठले ३५३ मत प्रााप्त गर्नुभएको छ ।

कांग्रेस म्याग्दीको मतगणना अपडेट : पदाधिकारी

विकल्प न्युज/ बेनी मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको  कार्यसमितिकाे पदाधिकारी तर्फकाे चौथाे चरणकाे ताजा मतपरिणम सार्वजनिक भएको । मत गणना ४९९ उपसभापतितर्फ : कर्णबहादुर भण्डारी ‘केबी’ : २८५ कमल छन्त्याल : ७२ क्या: डमबहादुर गर्वुजा पुन : १७६ माधवप्रसाद रेग्मी :८० क्या: मिनबहादुर कार्की : ७३ हरिकुमार श्रेष्ठ : २७९ सचिवतर्फ […]

कांग्रेस म्याग्दी मतगणनाकाे ताजा अपडेट : पदाधिकारी

विकल्प न्युज/ बेनी मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको  कार्यसमितिकाे पदाधिकारी तर्फकाे तेर्साे चरणकाे ताजा मतपरिणम सार्वजनिक भएको । उपसभापतितर्फ : कर्णबहादुर भण्डारी ‘केबी’ : २०४ कमल छन्त्याल : ६९ क्या: डमबहादुर गर्वुजा पुन : १३१ माधवप्रसाद रेग्मी :६२ क्या: मिनबहादुर कार्की : ५८ हरिकुमार श्रेष्ठ : २२० सचिवतर्फ : अजयमिलन श्रेष्ठः– […]

कांग्रेस म्याग्दीको मतगणना ताजा अपडेट : खुल्ला महाधिवेशन प्रतिनिधि

विकल्प न्युज / बेनी मंसिर ३ गते ।  नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको  महाधिवेशन प्रतिनिधि खुल्ला तर्फकाे दाेर्साे चरणकाे मतगणना परिणाम सार्वजनिक भएको छ । खुल्ला तर्फका १० पदका लागि १८जनाकाे उम्मेदवारी परेकाे थियाे । महाधिवेशन प्रतिनिधि : उदिम बहादुर पुन : १५३ चिरञ्जीवी शर्मा ः२६३ जीवन कुमार मल्ल :१७१ दिपेन्द्र शर्मा रिजाल :६७ धनबहादुर […]

म्याग्दी कांग्रेस मतगणना अपडेट : महाधिवेशन प्रतिनिधिकाे मत परिणाम

विकल्प न्युज/बेनी मंसिर ३ गते । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापति , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको  महाधिवेशन प्रतिनिधिकाे पहिलाे   नतिजा सार्वजनिक भएको छ ।  साहयक मतदान अधिकृत प्रकाश सुवेदीले दिएकाे मतगणनाकाे पहिलाे चरणकाे नतिजा सार्वजनिक गर्नुभयाे । मतदानमा कुल ७३८ मतदातामा ७१२ मत खसेकाे छ […]

कांग्रेस म्याग्दीको मतगणनाकाे प्रारम्भिक नतिजा सार्वजनिक

विकल्प न्युज/ बेनी म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापति , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको  कार्यसमितिकाे पदाधिकारीकाे  प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । मतदानमा कुल ७३८ मतदातामा ७१२ मत खसेकाे छ ।  नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा बुधवार मतदान […]