Breaking News
बेनीमा म्याग्दी कप लिग फुटबल प्रतियोगिता सुरू

विकल्प न्यूज\बेनी चैत १ गते । बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि म्याग्दी कप सुपर लिग फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन गर्नुभयो । मन्त्री जुग्जालीले […]
म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

ठाकुरप्रसाद आचार्य\म्याग्दी चैत १ गते । म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रशासनले बुधवार (आज) सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ । स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनहरुकाबीच विवाद भएपछि क्याम्पस प्रशासनले […]
म्याग्दी कपको तयारी पूरा

म्याग्दी, फागुन ३० गते । म्याग्दीको बेनीमा चैत १ गते देखि सञ्चालन हुने म्याग्दी कप–२०७९ आमिन्त्रत फुटबल लिगको तयारी पूरा भएको छ । म्याग्दी कप व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सहआयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बेनीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता व्यवस्थापन समितिका संयोजक विक्रम सुवेदीले जानकारी दिनुभयो । ADV प्रतियोगितामा म्याग्दीका ८ सहित […]
मोना बेनी–लभ्लीहिल पदमार्गको सुन्दरताका लागि बृक्षारोपण अभियान

विकल्प न्यूज/बेनी फागुन ३० गते । बेनी नगरपालिका २ खबरा लभ्लीडाँडाका ६५ वर्षीय चन्द्रबहादुर कार्की वृक्षारोपण अभियानमा सक्रिय हुनुहुन्छ । कार्कीले दश वर्षयता निजी लगानीमा बृक्षारोपण अभियान सञ्चालन गर्दै आउनुभएको छ । सुरुसुरुमा बरपिपलका विरुवा रोप्ने र चौतारा बनाउने गर्नुभएका कार्कीले पछिल्ला ७÷८ वर्ष यता अन्य प्रजातिका विरुवा पनि रोप्न थाल्नुभएको छ । गाउँघरमा अव्यवस्थित […]
म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचनको कार्यालयमा तालाबन्दी

विकल्प न्यूज\बेनी फागुन ३० गते । स्ववियु निर्वाचनलाई लिएर नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ । नेत्रबिक्रम चन्द् (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले संगठन दर्ता र भर्नाका लागि तोकीएको समयअवधीप्रति असहमति जनाउँदै तालाबन्दी गरेको हो । तालाबन्दीका कारण चैत ५ गते तय भएको स्ववीयु निर्वाचनको […]
१०९ वर्षीय निउरे राष्ट्रिय परिचयपत्र बनाउँदै

फागुन ३० गते । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ दिच्याम स्थित भगवती आधारभूत विद्यालयमा शुक्रवार सञ्चालित शिविरमा १०९ वर्षीय ओमलाल निउरेले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्नु भएको छ । शिविरमा युवादेखि पूर्ण रुपमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक तथा अन्य विभिन्न समस्या भएका, सिकिस्त बिरामी समेत शिविरमा पुगेर सेवा लिइरहेका छन् । म्याग्दीमा अहिले […]
निर्माण व्यवसायी संघको अध्यक्षमा भट्टचन

विकल्प न्यूज/म्याग्दी फागुन २८ गते । निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन निर्वाचित हुनुभएको छ । आज (शनिवार) सदरमुकाम बेनीमा सम्पन्न निर्माण व्यवसायी संघ म्याग्दीको २२औं साधारणसभा तथा ११औं अधिवेशनले भट्टचनको अध्यक्षतामा संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको निवर्तमान अध्यक्षमा नारायण जिसी, प्रथम वरिष्ठ उपाध्यक्षमा प्रदीप सापकोटा, वरिष्ठ उपाध्यक्षमा विपिन खड्का, […]
निर्माण व्यवसायी संघ म्याग्दीको आगामी अध्यक्ष को ?

विकल्प न्यूज/बेनी फागुन २५ गते । निर्माण व्यवसायी म्याग्दीको यही फागुन २७ गते शनिबार २२ औँं साधारणसभा तथा एघारौँ अधिवेशन हुने भएको छ । यो अधिवेशनलाई एकता अधिवेशनको रुपमा गर्न लागिएको छ । लामो समय दुई समुहमा विभाजन निर्माण व्यवसायी संघलाई एकताबद्ध गर्न एकमहिना अघि दुवै समुह सहमत भएका थिए । निर्माण व्यवसायीका क्षेत्रमा लामो […]
सामाजिक क्षेत्रमा युवा संघको भूमिका सशक्त ः केन्द्रीय उपाध्यक्ष रावल

विकल्प न्यूज/बेनी फागुन २६ गते । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ । ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा सघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित राष्ट्रिय युवा संघ म्याग्दीको ११औं अधिवेशन आयोजना गरिएको हो । अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले […]
बेनीबाट ठूलो परिमाणमा लागूऔषध बरामद

विकल्प न्यूज/बेनी फागुन २५ गते । प्रहरीले सदरमुकाम बेनीबाट धेरै परिमाणमा लागूऔषध बरामद गरेको छ । पछिल्लो समय बेनीको कालिपुल लगायतका क्षेत्रमा लागूऔषधको कारोवारी बढेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले चारवर्ष यताकै ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो । बेनी स्थित कालीपुलबाट दुई सय एम्पुल डाईजापाम, फेनेरागन दुई सय एक एम्पुल […]
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, फागुन २५ गते। राष्ट्रपतिमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँ ३३ हजार ८०२ मत भारसहित निर्वाचित हुनुभएको हो। राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने १५ हजार ५१८ मत भार पाउनुभएको छ। नवनिर्वाचित राष्ट्रपति पौडेललाई […]
म्याग्दीको सिंगा तातोपानी कुण्ड विरामीले भरिभराउ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी फागुन २४ गते । प्राकृतिक उपचार स्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका ४ सिंगा स्थित तातोपानी कुण्डमा स्नान गर्ने विरामीहरुले भरिभराउ भएको छ । छाला, हाडजोर्नी, ग्याष्टिक, पिनास लगायतका समस्या भएका विरामीहरु तातोपानी कुण्डमा स्नान गरेर प्राकृतिक उपचार गरेमा रोग निको हुने विश्वासका साथ आएका विरामीहरुका कारण यतिखेर कुण्ड भरिभराउ भएको हो । […]
परिश्रमी पवित्रा कार्की, जसले दैनिक बेनीमा डोकामा साग विक्री गर्नुहुन्छ

ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन २४ गते । आज मार्च ८ ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाईदै छ । महिला अधिकारकर्मीहरुले अन्तरक्रिया,विचारगोष्ठी र सभासमारोहको आयोजना गरेका छन् । तर बेनी नगरपालिका २ खबरा लभ्लीहिलकी पवित्रा कार्की भने डोका साग बोकेर बेनी बजारमा घुम्दै हुनुहुन्छ । कार्कीलाई महिला दिवसका वारेमा केही थाहा छैन । कार्कीले […]
बेनी–जोमसोम सडकको भिरकाटेमा सुरुङ निर्माणको तयारी

विकल्प न्यूज/म्याग्दी फागुन २३ गते । कालीगण्डकी करिडोरमा झण्डै तीन सय ६० मिटर लम्बाइको सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । म्याग्दीको भीरकाटे भन्ने ठाउँमा विगत केही वर्षदेखि वर्षाको समयमा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधानका लागि सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको हो। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो […]
कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

ठाकुरप्रसाद आचार्य/ म्याग्दी फागुन २२ गते । कतारकी राजकुमारी आश्मा अल्थानीले म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुहुने भएको छ । हिमाल आरोहण गर्न राजकुमारी आरोहण टोलीसहित सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना आइपुग्नुभएको छ । दानाका स्थानीयहरुले राजकुमारी सहितको टोलीलाई बाजागाजा सहित स्वागत गरेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल […]