Breaking News
धबलागिरिको मुनामा दरखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, वैशाख १९ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा छ दशमलब पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पु-याएपछि अन्य संरचना निर्माण थालिएको हो । कुनौटोदेखि विद्युतगृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण गर्न थालिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर […]
कालीगण्डकी तर्न साँघुको भर

मुस्ताङ, वैशाख १९ गते । थासाङ गाउँपालिका–२ का कोवाङ, लार्जुङ र खन्ती गाउँ राष्ट्रिय राजमार्गसँग जोडिँदा सोही वडाका सौरु र सिरकुङ कालीगण्डकीका कारण अगम्य भएका छन् । चालीस परिवारको बसोबास रहेको सौरु र सिरकुङका मान्छेको जीविकोपार्जनको स्रोत कृषि र पशुपालन हो । कालीगण्डमा पुल नहुँदा उनीहरुलाई आफ्ना उत्पादन स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र […]
कालीगण्डकी करिडोरः राहुघाट–तातोपानी १४ किलोमिटर कालोपत्र

१९ वैशाख,म्याग्दी । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा रु ६६ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माण कम्पनीका अनुसार राहुपारे–बैसरी–कुनौटा–बेगखोला– कालीओडार– तिप्ल्याङ–महभिर–भिरकाटे–घार बैसरी– रातोपानी–पोखरेबगर–भुरुङ तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र पूरा भएको छ […]
माइतीघर’ फिल्मको छायाङ्कन म्याग्दीको ताकमबाट सुरु

विकल्प न्यूज/बेनीबैशाख १८ गते फिल्म ‘माइतीघर’को छायाङ्कन सुरु भएको छ । बिहीबार म्याग्दीको ताकम गाउँमा फिल्मले शुभसाइत गर्दै छायाङ्कन सुरु गरेको हो । स्थानीय गणेश मन्दिरमा फिल्मको शुभसाइत पूजा भएको निर्माता रोहित अधिकारीले जानकारी दिए । निर्माता अधिकारीका अनुसार, २० दिन ताकम र धारपानी गाउँमा छायाङ्कन हुनेछ फिल्मको बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा छायाङ्कन […]
मुक्तिनाथमा लेंक लागेका तीर्थालुलाई निःशुल्क उपचार

मुस्ताङ, वैशाख १८ गते । हिन्दु तथा बौद्धमार्गीहरूको साँझा धार्मिक तीर्थस्थल मुुक्तिनाथ मन्दिरमा लेक लागेका बिरामीलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरिएको छ । यहाँस्थित प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहयोगमा मुक्तिनाथ मन्दिरमा लागेर बिरामी परेका धार्मिक पर्यटकलाई निःशुल्क स्वास्थ्योपचार सेवाको व्यवस्था गरिएको हो । समूद्री सतहको करिब तीन हजार ८०० मिटरको अग्लो उचाइमा अवस्थित […]
म्याग्दीका गर्बुजा ऊर्जा राज्यमन्त्री नियुक्त

विकल्प न्यूज/बेनीबैशाख १७ गते । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) उर्जा,जलस्रोत तथा सिँचाई राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका गर्बुजालाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गर्बुजालाई बुधबार राज्यमन्त्री पदमा […]
बागलुङमा शालग्राम महोत्सव सुरु

बागलुङ, वैशाख १७ गते । बागलुङ नगरपालिका ४ कुँडुले फेदीस्थित रंगवैकटेश मन्दिर परिसरमा शालग्राम महोत्सव सुरु भएको छ । रंगवैकटेश मुक्तिनारायण मन्दिरको ३८ औँ ब्रम्होत्सवको अवसरमा आयोजित शालग्राम महोत्सवको बुधबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री पाठकले संसारले बुझेको शालिग्रामको महत्वलाई हामीले अझै बुझ्न नसकेको बताउनुभयो । ‘‘चर्तुबाहिनी […]
डा. रेग्मीलाई प्रज्ञा साहित्य सम्मान

बैशाख १६ गते । पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट निवासी प्राडा. जगन्नाथ रेग्मी पोखरामा सम्मानित हुनुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापनाको चौथो वर्षको अवसरमा आयोजित समारोहमा सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले रेग्मीलाई नगद ५० हजार रुपियाँसहित ताम्रपत्रले सम्मान गर्नुभएको हो । रेग्मीका सिर्जना, समालोचना र अनुसन्धानका दर्जन कृति प्रकाशित छन् । उहाँ […]
श्रीमतीको हत्या गर्ने राजु प्रहरी नियन्त्रणमा

म्याग्दी, वैशाख १६ गते । बेनी नगरपालिका ७ मंगलाघाटमा दाउराले प्रहार गरी आफ्नी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जलजला गाउँपालिका ३ पर्वत बेनी घर भई बेनी नगरपालिका ७ मंगलाघाट बस्ने राजु विकले आफ्नी श्रीमती २७ वर्षीया भगवती विकको हत्या गरेको प्रहरीले जनाएको छ । मङ्गलवार बिहान साढे छ बजेतिर श्रीमतीको हत्या गरी […]
रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषित

वैशाख १५, २०८१ सोमबार । ‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । सोमबार पालिकाको केन्द्र मौवाफाँटमा आयोजित एक समारोहबीच रघुगंगा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिनासम्मका १ सय ४९ जना र १६ महिनादेखि २७ महिनासम्मका १ सय […]
पोखरामा बृहत् मोटरसाइकल र्याली सम्पन्न, महायज्ञको उत्साह थपियो

विकल्प न्यूज/बेनीबैशाख १३ गते । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित यो र्यालीमा सयौं मोटरसाइकल चालकहरू सहभागी भए। र्याली बिरौटास्थित कोटिहोम स्थलबाट […]
पुलाचौर र रत्नेचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

म्याग्दी, १३ वैशाख ः महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं.५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ । समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न […]
दुर्घटना न्यूनिकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता

विकल्प न्यूज/बेनीबैशाख १२ गते । सवारी दुर्घटना न्यूनिकरणको सन्देश फैलाउन बेनीमा शनिवार ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजनामा भएको महिलाहरुबिचको बिस्तारै स्कुटर चलाउने प्रतियोगितामा प्रथम सञ्जु जिसी, द्धितीय सृजना थापा र तृतीय कल्पना ढुंगाना हुन सफल हुनुभएको छ । प्रतियोगितामा १२ जना महिलाहरुले सहभागिता जनाएका थिए । तीब्र गतिमा सवारी […]
बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर बनेका विमल सापकोटा

म्याग्दी, वैशाख १२ गते । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिनुभएको छ । मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय विमल सापकोटा व्यावसायिक बङ्गुरपालनबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको हो । “कुखुरापालनमा असफल भएपछि चार वर्षअघि रु. १५ लाख लगानीमा बिएनबी कृषि तथा पशुपन्छी फार्म खोलेर […]
बेनी-दरवाङ सडकः ८ वर्षमा १७ किलोमिटर कालोपत्र

विकल्प न्यूज/बेनीबैशाख १२ गते । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौबिस किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार रु ४५ करोडको लागतमा बेनीबाट मङ्गला गाउँपालिका-२ सिमसम्म १२ दशमलव पाँच किलोमिटर र रु १० करोड […]