Breaking News

धवलागिरिमा महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिम सुरु

विकल्प न्यूज\बेनीअसार ११ गते । राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिकामा महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा बुधवारदेखि मुनामा तालिम सञ्चालन गरिएको हो । गाउँपालिकाभित्र विभिन्न वडामा रहेका एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका […]

पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

म्याग्दी,  असार ११ गते ।   जिल्लाको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो ।  आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको आयोजना सात वर्षमा सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद […]

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख

विकल्प न्यूज\बेनीअसार ११ गते । ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट ल्याएको छ । गाउँसभाको २१औं अधिवेशनबाट आउँदो आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी […]

म्याग्दी भलिबल कप : फाइनल टक्कर आयोजक र पाहुनाबीच

विकल्प न्यूज\बेनीअसार १० गते । आयोजक म्याग्दी र स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को फाइनलमा पुगेका छन् ।  प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको प्रतियोगिताको बुधबार हुने फाइनलमा प्रथम […]

जलजलाको बजेट ५९ करोड ५४ लाख पारित

विकल्प न्यूज\बेनीजलजला,असार १० गते । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको लागि ५९ करोड ५४ लाख रुपैयाँ बजेट छलफल सहित पारित भएको […]

बेनी नगरपालिकाको बजेट ७१ करोड ८० लाख

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार १० गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ७१ करोड ८० लाख २७ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।मंगलबार बेनीमा १७ औं नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । चालु तर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगत तर्फ […]

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

विकल्प न्यूज\बेनीअसार १० गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो । हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही […]

धवलागिरीको बजेट ४६ करोड ५६ लाख

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार ९ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८२\०८३ का लागि ४६ करोड ५६ लाख ६ हजार पाँचसय ६३ रुपियाँको बजेट ल्याएको छ । सोमबार गाउँपालिका केन्द्र मुनामा भएको २४ औं गाउँसभामा अध्यक्ष प्रेमप्रसाद पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले अनुमानित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको […]

मंगलाको बजेट ४४ करोड ६१ लाख

विकल्प न्यूज\बेनीअसार ९ गते । म्याग्दीको मंगला गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २०औं गाउँ सभामार्फत आउँदो आवको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । मंगला गाउँपालिकाले आगामी वर्षमा विभिन्न कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्न, कार्यालय व्यवस्थापन, शिक्षक […]

मालिकाको बजेट ४६ करोड दुई लाख

विकल्प न्यूज\बेनीअसार ९ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि ४६ करोड दुई लाख तीन हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सोमबार आयोजित गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त बजेट […]

युवाको नेतृत्वमा राम्चेमा व्यवस्थित खेलमैदान निर्माण

ठाकुरप्रसाद आचार्यम्याग्दी, असार ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका युवाहरुले गाउँमा व्यवस्थित खेलमैदान निर्माण गरेका छन् । स्थानीय न्यू देउराली युवा क्लबले गाउँपालिकाको बजेट र चन्दा सहयोग जुटाएर गाउँमा व्यवस्थित खेलमैदान बनाएका हुन । खेलमैदान निर्माण भएपछि गाउँमा युवाहरुलाई खेलकुद गतिविधि गर्न सहज भएको छ । चारवर्षको अवधिमा युवाहरुले ८१ लाख ४५ हजार […]

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

विकल्प न्यूज/बेनीअसार ९ गते । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको […]

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

म्याग्दी, असार८  गते । सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौँबीच २०८१ साल चैत १९ गते रु तीन करोड १९ लाख २० हजार ६८० मा ठेक्का सम्झौता भएको थियो […]

विकले हात पारिन गण्डकी लोकताराको उपाधि

गण्डकी, असार  ८ गते ।  राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’को उपाधि बागलुङका प्रेम विकले हात पार्नुभएको छ । शनिबार पोखरामा भएको फाइनल प्रतियोगितामा बाँकी १७ जना प्रतिस्पर्धीलाई उछिन्दै उहाँ ‘प्रथम गण्डकी लोकतारा’ बन्न सफल हुनुभएको हो । विकले उपाधिसँगै नगद पुरस्कार रु ५१ हजार १११ […]

गलेश्वर बजार सौन्दर्यीकरण, सडकमा ढुङ्गा बिछ्याउन थालियो

म्याग्दी,  असार ६ गते ।  बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ ।  हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वर बजारभित्रका सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो । योजनामार्फत गलेश्वर […]