युवाको नेतृत्वमा राम्चेमा व्यवस्थित खेलमैदान निर्माण
ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार ९ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका युवाहरुले गाउँमा व्यवस्थित खेलमैदान निर्माण गरेका छन् । स्थानीय न्यू देउराली युवा क्लबले गाउँपालिकाको बजेट र चन्दा सहयोग जुटाएर गाउँमा व्यवस्थित खेलमैदान बनाएका हुन । खेलमैदान निर्माण भएपछि गाउँमा युवाहरुलाई खेलकुद गतिविधि गर्न सहज भएको छ ।
चारवर्षको अवधिमा युवाहरुले ८१ लाख ४५ हजार रुपियाँ जुटाएर निर्माण गरेको खेलमैदान आकर्षक छ । खेलमैदान वरिपरी घेराबार,खेलमैदान ढलान,स्टेज,प्याराफिट र क्वबका लागि कार्यालय भवन सहित शौचालय समेत निर्माण गरिएको छ । खेलमैदान बनेपछि खेलकुद प्रतियोगिता आयोजन ागर्न सहज भएको न्यू देउराली युवा क्लबका अध्यक्ष खिमबहादुर पुर्जाले बताउनुभयो ।
#ADD

यसअघि खेलमैदानको अभावमा स्थानीय एक विद्यालयको खेलमैदानमा खेलकुद गतिविधि गर्ने गरेका थियौं युवा क्लबका अध्यक्ष पुर्जाले भन्नुभयो, ‘‘खेलमैदान बनाउन चार वर्ष अघि सात लाख रुपियाँ ऋण खोजेर जग्गा खरिद ग¥यौं । वडा,पालिका,आमा समुह र रोजगारीका लागि विदेश पुगेका गाउँका दाजुभाईबाट चन्दा सहयोग जुटाएर खेलमैदान निर्माण गर्न सफल भयौं ।’’
जग्गा सम्याउने,खेलमैदान ढलान,ग्यावियन झाली लगाउने,स्टेज निर्माण,प्याराफिट,घेराबार, बास्केटबलको फाइबर बोर्ड राख्ने र भलिबलको पोल राख्ने लगायतका कामहरु गरेर खेलमैदान तयार पारिएको क्लब अध्यक्ष पुर्जाले भन्नुभयो ।

गाउँमा सुविधासम्पन्न र व्यवस्थित खेलमैदान निर्माण गर्ने युवाहरुको सपना चारवर्षको अवधिमा पूरा भएको उहाँले बताउनुभयो । खेलमैदान निर्माणका लागि रोजगारीका लागि विदेशमा पुगेका गाउँका युवाहरुबाट १६ लाख ८६ हजार दुइसय ३९ रुपियाँ सहयोग प्राप्त भएको अध्यक्ष पुर्जाको भनाई छ ।
#ADD

क्लबको आयोजनामा गाउँमा खेलकुद प्रतियोगिता,विभिन्न पर्व मेलाको आयोजना गर्नुका साथै गाउँमा सचेतनामुलक कार्यक्रमहरु संचालन हुँदै आएको क्लबका अध्यक्ष पुर्जाले बताउनुभयो ।

खेलमैदान निर्माणका लागि गाउँपालिकाबाट विनियोजन भएको बजेट र चन्दा सहयोगबाट प्राप्त भएको रकमले युवाहरुले सुविधासम्पन्न खेलमैदान निर्माण गरेर उदाहरण प्रस्तुत गरेको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्