ताजा समाचार:
Search

Breaking News

पत्रकार गिरीको रिहाईको माग गर्दै पत्रकार आन्दोलनमा

विकल्प न्यूज/बेनी बैशाख ४ गते । ठगी’ गरेको भन्दै समाचार लेखेका कारण पक्राउ परेका अर्जुन गिरीको रिहाईको माग गर्दै पोखराका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । दफा ४७ र ४८ अन्तर्गतको ऐन खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगाएतका ब्यानर तथा प्लेकार्डहरु बोकेर बुधबार पोखराबाट सञ्चालन हुने सञ्चार माध्यमले सामूहिक विरोध जनाएका हुन् । साथै पक्राउ परेका […]

संसदीय टोलीद्वारा कोरला नाकाको अध्ययन

ठिनी, वैशाख ४ गते ।  व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नौ जना सांसदहरुको टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो ।     गत हप्ता मुस्ताङ आएर बुधबार […]

चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार

विकल्प न्युज /बेनी, बैशाख ३ गते । म्याग्दीको मालिका गाउँपालिका २ बिलबाङमा चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार भएको छ । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन,कमानसिङ्ग पुन घाइते हुन््भएको थियो । घाईते मध्ये पवित्रा पुन ,मिरा कुमारी पुन र दिवस पुनको […]

चट्याङ लागेर बिलबाङमा ६ जना घाइते, तीनको अवस्था गम्भिर

विकल्प न्युज /बेनी बैशाख २ गते । म्याग्दीको मालिका गाउँपालिका २ विलबाङमा चट्याङ लागेर ६ जना घाइते भएका छन् । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन ,कमानसिङ्ग पुन घाइते हुन््भएको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गणेश श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका […]

किन रोकियो मोना–बेनी–लभ्लिहिल पदमार्ग निर्माण ?

विकल्प न्युज /बेनी बैशाख २ गते । स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालीत म्याग्दीको मोना–बेनी–लभ्लिहिल पदमार्ग अलपत्र बनेको छ । गत भदौमा शिलन्यास भएर चार महिनापछि पुष पहिलो हप्तादेखि निर्माण सुरु भएको बेनी देखि पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महिनादेखि रोकीएको छ । साझेदार निकायबीचको असमझदारी र अविश्वासका […]

गुल्मीमा निर्माण सम्पन्न हुने बेलामा ढलान गर्दा गर्दै पुल भत्कियो, ठेकेदार सहित पाँच घाईते

विकल्प न्युज /गुल्मी बैशाख १ गते । सुन्दा नै अचम्म लाग्न सक्छ, ढलान गर्दा गर्दै पक्की पुल भतित्कियो । तर यो वास्तविकता हो । गुल्मीको मुसिकोट नगरपालिकामा आज निर्माणधीन पक्की पुल ढलान गर्दा गर्दै भत्किएको छ । बढिघाड खोलामा निर्माणधीन उक्त पुलले वडा नं ३ र वडा नं ७ जोड्ने ५५ मिटर लामो पुल भत्किँदा […]

सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती

विकल्प न्यूज /बेनी चैत २९ गते । चालू आर्थिक वर्ष २०७५\७६ का लागि बजेट बिनियोजन भएका म्याग्दीका सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको ढिलासुस्तीले योजनाको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ । चालू आर्थिक वर्ष २०७५\७६ मा पूँजिगततर्फ छ करोड ३३ लाख […]

सामुदायिकमा बालबालिकालाई हरियो कार्पेटले स्वागत !

साधन राम्जाली /विकल्प न्यूज चैत २८ गते । कक्षा कोठाको भुईमा हरियो जुट कार्पेट । बालबालिकाहरुलाई इच्छा अनुसारका खेलाउने सामाग्री । भित्ताहरुमा बालबालिकाका लागि पढ्न सहिजो होस भनेर विभिन्न सन्देशहरुले रङ्गाइएको छ । कक्षा कोठा सफा र चिटिक्क पारिएको छ । यो कुनै निजी विद्यालयको कक्षा कोठा होइन । बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयको […]

पर्यटक तान्दै बरंजाको ‘दह ताल’

साधन राम्जाली /विकल्प न्यूज चैत २७ गते । कास्कीको पोखरमा रहेको फेवा तालको उपनाम दिइएको बरंजाको दह ताल पुर्वाधार निर्माणको पर्खाइमा छ । मंगला गाउँपालिका –३ बरंजामा रहेको दहताल आवश्यक पुर्वाधार निर्माण र प्रचारपचारको अभावमा ओझेलमा परेको छ । दह तालको प्रचारप्रसार र पूर्वाधारको निर्माण गर्न सके आन्तरिक पर्यटक भिœयाउन सकिने अपेक्षा गरिएको छ । […]

हावाहुरीपीडितको घाउमा मल्हम लगाउँदै पहाडिया ठिटो

गलेश्वर, चैत २४ गते ।यही चैत १७ गते साँझको हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेटा गाउँपालिका–१ भलुहिभर्वोलियमा छ दिनसम्म निरन्तररूपमा उद्धार र राहत कार्यमा खटेर शनिबार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल फर्किनुभएको छ । विपत्ति र विनाशविरुद्ध लड्न नै जन्मिएका हुन् कि जस्तो लाग्ने म्याग्दीका युवा पौडेल विसं २०७२ को विनाशकारी महाभूकम्पदेखि देशका विभिन्न […]

विकट गाउँ चिमखोलामा सरकारी सेवा सुविधा लिएर पुग्नु भयो मन्त्री थापा

विकल्प न्यूज\बेनी चैत २२ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा आफ्नो जन्म गाउँ चिमखोलामा वृहत घुम्ती शिविर लैजानु भएको छ । सरकारी सेवा सुविधा सहित कृषि र पशुपालनका विज्ञ सहितको टोली लिएर मन्त्री थापा चिमखोला पुग्नु भएको हो । रघुगंगा गाउँपालिका ७ चिमखोलामा बिहीबारदेखि एकिकृत घुम्ति शिविर सुरु भएको छ । महिला […]

बेनपामा नेकपाको एकता टुंगियो ः अध्यक्षमा केसी चयन

विकल्प न्यूज/बेनी चैत २१ गते ।   नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को बेनी नगर कमिटीको अध्यक्षमा शेरबहादुर केसी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । कमिटीको सचिवमा पूर्व एमालेका तर्फबाट युवा नेता राजकुमार थापा चयन हुनुभएको छ । अध्यक्ष केसी पूर्व माओवादीका केन्द्रका नेता हुनुहुन्छ । नेकपाको विहिवार हाँडेभिर स्थित पार्टी कार्यालयमा भएको भेलाले केसीको नेतृत्वमा ५७ सदस्यीय […]

आन्तरिक आय बढाउँदै म्याग्दीका स्थानीय तह

विकल्प न्यूज/बेनी चैत २० गते । जिल्लाका स्थानीय तहले चालु आर्थिक वर्षको दोस्रो चौमासीकसम्म करिब सवा तिन करोड भन्दा वढी राजश्व संकलन गरेका छन् । संविधानले दिएको अधिकार अनुसार स्थानीय तहले करका रूपमा सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर लगाउने अधिकार छ । यसका साथै स्थानीय तहले सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, […]

उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुहोस् ः मन्त्री थापा

विकल्प न्यूज/बेनी चैत २० गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारीले लगानी बढाउनुपर्ने बताउनुभएको छ । सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाएर आर्थिक विकासमा टेवा पु¥याउनुपर्ने विचार व्यक्त गर्नभयो । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले […]

म्याग्दीका स्थानीय तहमा कति भयो विकास बजेट खर्च ?

विकल्प न्यूज/बेनी चैत १९ गते । म्याग्दीका स्थानीय तहमा आर्थिक वर्षको दास्रो चौमासिकसम्म करीब ३० प्रतिशतको हारहारीमा मात्रै विकास बजेट खर्च भएको छ । स्थानीय तहहरुले दिएको जानकारी अनुसार बेनी नगरपालिका सहित पाँचवटा गाउँपालिकामा विकास बजेट खर्चको अवस्था हेर्दा कतै उत्साह जनक त कतै निराशाजनक स्थिती देखिन्छ । कर्मचारी,दक्ष जनशक्तिको अभाव र भौगोलीक विकटता योजना कार्यान्वयका […]