Breaking News
स्थानीय तहमा नयाँ अभ्यास : सामुदायिकमा गाभिए निजी स्कुल
पाल्पा गुल्मीको गुल्मीदरबार गाउँपालिका र पाल्पाको पूर्वखोला गाउँपालिकाले बोर्डिङ स्कुल नराख्ने भएका छन् । पूर्वखोलाले यस वर्षदेखि सबै निजी विद्यालय सामुदायिकमा गाभेर नयाँ अभ्यास सुरु गरेको छ भने गुल्मीदरबारले मावि तहको एउटा बोर्डिङलाई सरकारीमा गाभेर यसको सुरुवात गरेको जनाएको छ । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाका अनुसार गाउँपालिकाभित्रका पाँच निजी विद्यालय सरकारीमा गाभिएका छन् । रिङनेरहमा रहेको पूर्वखोला […]
पत्रकार गिरी साधारण तारेखमा रिहा
५ वैशाख, काठमाडौं ।समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् । साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश दिएको हो । ठगीसम्बन्धी समाचार लेख्दा विपेन्द्रराज बतासले दिएको जाहेरीमा गिरी पक्राउ परेका थिए । onlinekhabar
पत्रकार अर्जुन गिरीलाई निशर्त सम्मानजनक रिहा गर
वि.वि. श्रेष्ठ/विकल्प न्यूज बैशाख ५ गते । लोकतन्त्रको दुहाई दिने नेकपा को दुई तिहाईको सरकारले प्रेस स्वतन्त्रतामा अंकुश लगाउदै पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरि हिरासतमा लिएको छ । लोकतान्त्रिक संविधानको प्रस्तावनामा नै पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको सन्दर्भमा समाचार लेखेको विषयलाई नै लिएर पत्रकारमाथी हत्कडी लगाउदाँ सरकारको लोकतान्त्रिक पद्धतिमाथी नै शंका उत्पन्न भएको छ […]
पत्रकार रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना
विकल्प न्यूज/बेनी बैशाख ५ गते । पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दैै म्याग्दीका पत्रकारहरु पनि आन्दोलित भएका छन् । विहिवार नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अगुवाई जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरुले एक घण्टा धर्ना दिएका हुन । अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पत्रकार गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला […]
पत्रकार गिरीको रिहाईको माग गर्दै पत्रकार आन्दोलनमा
विकल्प न्यूज/बेनी बैशाख ४ गते । ठगी’ गरेको भन्दै समाचार लेखेका कारण पक्राउ परेका अर्जुन गिरीको रिहाईको माग गर्दै पोखराका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । दफा ४७ र ४८ अन्तर्गतको ऐन खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगाएतका ब्यानर तथा प्लेकार्डहरु बोकेर बुधबार पोखराबाट सञ्चालन हुने सञ्चार माध्यमले सामूहिक विरोध जनाएका हुन् । साथै पक्राउ परेका […]
संसदीय टोलीद्वारा कोरला नाकाको अध्ययन
ठिनी, वैशाख ४ गते । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा नौ जना सांसदहरुको टोलीले निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो । गत हप्ता मुस्ताङ आएर बुधबार […]
चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार
विकल्प न्युज /बेनी, बैशाख ३ गते । म्याग्दीको मालिका गाउँपालिका २ बिलबाङमा चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार भएको छ । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन,कमानसिङ्ग पुन घाइते हुन््भएको थियो । घाईते मध्ये पवित्रा पुन ,मिरा कुमारी पुन र दिवस पुनको […]
चट्याङ लागेर बिलबाङमा ६ जना घाइते, तीनको अवस्था गम्भिर
विकल्प न्युज /बेनी बैशाख २ गते । म्याग्दीको मालिका गाउँपालिका २ विलबाङमा चट्याङ लागेर ६ जना घाइते भएका छन् । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन ,कमानसिङ्ग पुन घाइते हुन््भएको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गणेश श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका […]
किन रोकियो मोना–बेनी–लभ्लिहिल पदमार्ग निर्माण ?
विकल्प न्युज /बेनी बैशाख २ गते । स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालीत म्याग्दीको मोना–बेनी–लभ्लिहिल पदमार्ग अलपत्र बनेको छ । गत भदौमा शिलन्यास भएर चार महिनापछि पुष पहिलो हप्तादेखि निर्माण सुरु भएको बेनी देखि पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक महिनादेखि रोकीएको छ । साझेदार निकायबीचको असमझदारी र अविश्वासका […]
गुल्मीमा निर्माण सम्पन्न हुने बेलामा ढलान गर्दा गर्दै पुल भत्कियो, ठेकेदार सहित पाँच घाईते
विकल्प न्युज /गुल्मी बैशाख १ गते । सुन्दा नै अचम्म लाग्न सक्छ, ढलान गर्दा गर्दै पक्की पुल भतित्कियो । तर यो वास्तविकता हो । गुल्मीको मुसिकोट नगरपालिकामा आज निर्माणधीन पक्की पुल ढलान गर्दा गर्दै भत्किएको छ । बढिघाड खोलामा निर्माणधीन उक्त पुलले वडा नं ३ र वडा नं ७ जोड्ने ५५ मिटर लामो पुल भत्किँदा […]
सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती
विकल्प न्यूज /बेनी चैत २९ गते । चालू आर्थिक वर्ष २०७५\७६ का लागि बजेट बिनियोजन भएका म्याग्दीका सिँचाई आयोजना कार्यान्वयनमा ढिलासुस्ती भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको ढिलासुस्तीले योजनाको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ । चालू आर्थिक वर्ष २०७५\७६ मा पूँजिगततर्फ छ करोड ३३ लाख […]
सामुदायिकमा बालबालिकालाई हरियो कार्पेटले स्वागत !
साधन राम्जाली /विकल्प न्यूज चैत २८ गते । कक्षा कोठाको भुईमा हरियो जुट कार्पेट । बालबालिकाहरुलाई इच्छा अनुसारका खेलाउने सामाग्री । भित्ताहरुमा बालबालिकाका लागि पढ्न सहिजो होस भनेर विभिन्न सन्देशहरुले रङ्गाइएको छ । कक्षा कोठा सफा र चिटिक्क पारिएको छ । यो कुनै निजी विद्यालयको कक्षा कोठा होइन । बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयको […]
पर्यटक तान्दै बरंजाको ‘दह ताल’
साधन राम्जाली /विकल्प न्यूज चैत २७ गते । कास्कीको पोखरमा रहेको फेवा तालको उपनाम दिइएको बरंजाको दह ताल पुर्वाधार निर्माणको पर्खाइमा छ । मंगला गाउँपालिका –३ बरंजामा रहेको दहताल आवश्यक पुर्वाधार निर्माण र प्रचारपचारको अभावमा ओझेलमा परेको छ । दह तालको प्रचारप्रसार र पूर्वाधारको निर्माण गर्न सके आन्तरिक पर्यटक भिœयाउन सकिने अपेक्षा गरिएको छ । […]
हावाहुरीपीडितको घाउमा मल्हम लगाउँदै पहाडिया ठिटो
गलेश्वर, चैत २४ गते ।यही चैत १७ गते साँझको हावाहुरीबाट सबैभन्दा बढी प्रभावित भएको बाराको फेटा गाउँपालिका–१ भलुहिभर्वोलियमा छ दिनसम्म निरन्तररूपमा उद्धार र राहत कार्यमा खटेर शनिबार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल फर्किनुभएको छ । विपत्ति र विनाशविरुद्ध लड्न नै जन्मिएका हुन् कि जस्तो लाग्ने म्याग्दीका युवा पौडेल विसं २०७२ को विनाशकारी महाभूकम्पदेखि देशका विभिन्न […]
विकट गाउँ चिमखोलामा सरकारी सेवा सुविधा लिएर पुग्नु भयो मन्त्री थापा
विकल्प न्यूज\बेनी चैत २२ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा आफ्नो जन्म गाउँ चिमखोलामा वृहत घुम्ती शिविर लैजानु भएको छ । सरकारी सेवा सुविधा सहित कृषि र पशुपालनका विज्ञ सहितको टोली लिएर मन्त्री थापा चिमखोला पुग्नु भएको हो । रघुगंगा गाउँपालिका ७ चिमखोलामा बिहीबारदेखि एकिकृत घुम्ति शिविर सुरु भएको छ । महिला […]