Breaking News

रघुगंगामा करिब रु ५करोड थप बजेट विनियोजन

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड बजेट बाँडफाँट गरेको छ । मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौग्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत असारको गाउँसभामा बाँडफाँड नभएको बजेटलाई गाउँसभा मार्फत विकास निर्माणका पूर्वाधार निर्माणको […]

मंगलाको चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि मंगला माविलाई

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार ३ पटक कप जितेर मंगला मावि बावियाचौरले शिल्ड पच गरेको छ । मंगला–५ पिपलबोटको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ पदक जित्दै मंगला माविले उपाधि हात पारेको हो […]

मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस १५ गते । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।  पालिकाको वडा नम्बर ५ स्थित कैलाशफाँट स्थित खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पालिकाका […]

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

विकल्प न्युज / बेनी पुस १५ गते । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना  गरेकी हुन् । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत […]

कालीगण्डकी करिडोर : नागढुङ्गा–काभ्रे खण्डको काम सुरु

म्याग्दी,  पुुस १५ गते ।   राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । नागढुङ्गा–काभ्रे खण्डको […]

किसानी माविलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण,सात रजत र ६ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत र सात कास्य […]

राहुघाटमा डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

१४ पुस, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुवा थिग्रयाउने उने पोखरी) निर्माणका लागि शुक्रबार राहुघाट नदीलाई फर्काइएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा ११९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउनका लागि खोला फर्काइएको […]

आँखा अस्पतालको भवन बनाउन रोकाद्वारा दुई कराेड पचास लाखको जग्गा दान

विकल्प न्यूज / बेनी पुस १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक ब्यक्तिले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङ (दिछ्याम) जन्म घर भएका बेनी नगरपालिका ८ हँुदै हाल पोखरा महानगरपालिका– १२ माटेपानी बस्दै आउनुभएका दम्पती मुक्ति रोका मगर र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई […]

मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दी, १२ पौष । म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा बिहिबार देखि दरवाङ बजारमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक बलमान पुनले उद्घाटन गर्नुभएको हो । शनिवार सम्म संचालन हुने प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा […]

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

विकल्प न्यूज/बेनी पुस १२ गते ।  सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो । क्लबले आधार शिविरमा […]

पूर्वाधारको पखाईमा बरंजाको पर्यटकीय स्थल गाम्फा धुरी

विकल्प न्यूज\बेनी पुस ११ गते । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ४ बरंजामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल गाम्फा धुरी पूर्वाधारको पखाईमा रहेको छ । समुन्द्री सतहदेखि ३ हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पयर्टक लक्षित पूर्वाधार नहुँदा प्रकृतिको अनुपम उपहार हुँदाहुँदै पनि ओझेलमा परेको छ । वरिपरि घना जंगलको विचमा रहेको अग्लो पहाडको टुप्पो, […]

सातौं बागलुङ महोत्सवको तयारी पुरा

ठाकुरप्रसाद आचार्य बागलुङ ,पुस १० गते । भोली देखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी पुरा भएको छ । महोत्सवको भोली बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरिने भएको छ । महोत्सव उद्घाटन गर्न बुधबार विहान राष्ट्रपति पौडेल बागलुङ आउने कार्यक्रम तय भएको छ । निजी क्षेत्रको छाता संगठन बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा हुन बुधबारदेखि […]

कालीगण्डकी नदीको बगर सम्याएर पोखरेबगरमा खेलमैदान निर्माण

विकल्प न्यूज/बेनी पुस १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्याएर खेलमैदान बनाइएको हो । कालीगण्डकी युवा क्लब पोखरेबगरका अध्यक्ष रामकृष्ण खड्काले आठ लाख पचास हजार खर्च गरेर खेलमैदान तयार पारिएको जानकारी दिए । ‘पोखरेबगरवासीको […]

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविले जित्यो

ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अन्तर मावि स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यामिक विद्यालय नारच्याङले जितेको छ । सोमबार साँझ गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ५ रजत र ६ कास्य सहित २१ पदक जित्दै प्रभा माविले उपाधि हात पारेको हो । प्रभा मावि […]

बेनी नगरमा सात वटा ठुला योजना संचालन

विकल्प न्यूज/बेनी पुस ९ गते । जिल्लाको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा ७ वटा ठुला गौरबका योजना कार्यान्वयनमा लैजान थालेको छ । बेनी नगरले चालु आर्थिक वर्षमा प्राथमिकता दिएका सडक,खानेपानी र विद्यालय भवन निर्माणका लागि उक्त योजनाहरुमा करिब ६ करोड रुपियाँ भन्दा बढी बजेट विनियोजन गरेको छ । नगरपालिकाको पूर्वाधार शाखाका सव–इञ्जिनियर चन्द्रबहादुर […]