विकल्प न्यूज/बेनी
माघ १६ गते ।
बेनीमा रहेको बेनी बोडिङ सेकेण्डरी स्कुलको आयोजनामा मंगलबारदेखि ज्ञानीराजा मल्ल स्मृति ‘१३ औं बेनी बोर्डिङ कप २०८१’ प्रतियोगिता सुरु भएको छ । विद्यालयको प्राङगणमा फुटबल प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रमुख रेफ्री पुरन छन्त्यालललाई बल हस्तान्तरणागरी खेलको शुभारम्भ गर्नुभएको हो ।
अन्तर आधारभुत तह (कक्षा १–८) मुनीका विद्यालयहरु सहभागी हुन पाईने प्रतियोगितात्मक खेलहरु भने वुधवारदेखी बेनीको खुल्ला मञ्चमा संञ्चालन हुने विद्यालयले जानकारी दिएको छ ।
प्रतियोगितामा विभिन्न १५ विद्यालयले सहभागीता जनएको प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार नगदसहित कप, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमले २० हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले विद्यालय स्तरमा हुने खेलकुद प्रतियोगिताहरुले विद्यार्थीको पढाई संगै खेल क्षेत्रमा रुचि बढ्ने बताउनुभयो ।
त्यस्तै जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले बेनी बोर्डिङ कपले सानै उमेरमा खेल क्षेत्रमा विद्यार्थीलाई आकर्षण गरेको बताउनुभयो ।
कार्यक्रममा प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुन,जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख भरत श्रेष्ठ, म्याग्दी जेसिजका अध्यक्ष विनोद घर्ति लगायतको उपस्थिती रहेको थियो । कक्षा दशमा अध्यनरत छात्रा समृद्धि श्रेष्ठको स्वागत, विद्यालय संचालक रेशम बानियाँको अध्यक्षता भएको कार्यक्रमको संचालक शिक्षक विशाल खत्रीले गर्नुभएको थियो ।