एमाले म्याग्दीको तीन महिने वडाकेन्द्रीत अभियान सुरु


विकल्प न्यूज/बेनी
माघ १६ गते ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी संगठन सुदृढीकरणका तथा विस्तारका लागि तीन महिने वडाकेन्द्रीत अभियान सुरु गरेको छ । एमाले केन्द्रले थालेको अभियानलाई जिल्लामा पनि प्रभावकारी रुपमा लैजाने भएको हो ।


जनतासँगको सम्बन्धलाई बलियो बनाउने र पार्टी संगठनलाई सुदृढ बनाउन अभियान संचालन गरिएको जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । नेकपा एमाले केन्द्रीय कमिटीले माघ १ गते देखि अभियान सुरु गरेको छ । जिल्लामा माघ २५ देखी बैशाख २० गतेसम्म तीन महिने वडा÷पालिका तहमा पार्टी कार्यकर्ता प्रशिक्षण, सदस्यता नविकरण तथा विस्तार अभियान संचालन गरिने भएको हो ।


एमाले म्याग्दीले मंगलवार पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलन गरेर अभियानका बारेमा जानकारी दिएको हो । जिल्ला अध्यक्ष सुवेदीका अनुसार माघ २५ र २६ गते प्रदेश निर्वाचन क्षेत्र क र ख को वैठक गर्ने, फागुन ३ गते सवै पालिका कमिटीको बैठक गर्ने, फागुन १७ गते भित्र सवै वडामा कार्यकर्ता भेला, प्रशिक्षण गर्ने र चैत ३० गते भित्र सवै पालिका कमिटिहरुको प्रतिनिधी परिषद वैठक गरिने भएको छ ।


मिसन ८४ अन्र्तगत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्य सहित दोस्रो चरणको वस्ती तहको अभियानमा निक्लेको एमाललेले दावी गरेको छ । सदस्यता विवरणलाई पूर्ण डिजिटलाईजेसन गरेको एमालेले फागुन २१ गते ‘सवै पार्टी सदस्य आ–आफ्नो वडा जाऔं, सदस्यता नविकरण गराऔं’ नारा सहित हरेक पार्टी सदस्यको प्रत्यक्ष उपस्थितिमा मोवाईल एपबाट सदस्यता अध्यावधि गराउने योजना बनाएको छ ।


‘एमालेले ०८१ माघ २५ देखी ०८२ वैशाख २० गतेसम्म संगठन विस्तार, सदस्यता नविकरण, विस्तार, जनताकोमा घरदैलो गर्नुको साथै एमालेबाट विजयी जनप्रतिनिधिले सम्पादन गरेका कामको जनताबाट प्रतिकृया लिने र वडा तहमा पार्टी संगठन बाहेक संसदीय संयन्क्रलाई सत्रिय र प्रभावकारी बनाउने उद्देश्य राखेका छौं’ पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले भन्नुभयो, ‘वडा, टोल भेला तथा आगामी नेतृत्वकालागी संभावना र क्षमतावान युवा नेतृत्वको खोजी, प्रशिक्षण र क्षमता अभिवृद्धि गराईने छ ।’


पत्रकार सम्मेलनमा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरीकृष्ण श्रेष्ठ, प्रदेश सदस्य सुरत केसी,प्रचार विभाग प्रमुख डिपी शर्मा,कार्यालय सचिव हरिकृष्ण सुवेदी लगायतको उपस्थिति थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *