Breaking News

कांग्रेसमा बीपीको खोजी

 शान्ति बस्नेत /विकल्प न्यूज भदौं २४ गते ।  नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको राजनीतिक, सामाजिक, आर्थिक र साहित्यिक क्षेत्रका ज्ञाता बीपी कोइरालाको आज जन्मजयन्ति हो । बीपी कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । नेपाली आधुनिकताका अग्रणी बीपीले जीवनमा धेरै संघर्ष गर्नु परेको साक्षी इतिहास छ । नेपाली राजनीति र […]

आज बिपीको १०७ औँ जन्मजयन्ती

भदौं २४ गते । काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १०७ औँ जन्मजयन्ती मनाइँदै छ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका कोइरुलाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो । उनले नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर सङ्घर्ष गरेका थिए। जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब […]

मंगलबार थपिए ९०२ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी भदौं २३ गते । पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्या थपिएको जानकारी दिइएको हो । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा दुइहजार दुइसय ८७ कोरोना निको भएर डिस्चार्ज भएका छन् । आजसम्म पाँचहजार […]

कोरोना परीक्षण रिपोर्ट गलत पनि आउँछ

भदौं २३ गते :लण्डन ।  के कोरोना भाइरस परीक्षणको नतिजा गलत पनि आउँछ ? वैज्ञानिकहरू नतिजा गलत पनि आउने बताउँछन्। एक अध्ययनका अनुसार यसको परीक्षण यति संवेदनशील छ कि शरीरमा मृत भाइरस वा यिनका टुक्रा पनि पाइन्छ, जसले कोरोना भाइरस संक्रमण पोजिटिभ देखाउँछ। वैज्ञानिकहरू व्यक्तिमा एक सातासम्म भाइरस सक्रिय हुन्छ। तर त्यसको केही हप्तासम्म पनि कोरोनाको […]

ढोरपाटन बाढीपहिरोको पीडा ः नारायणको शव, प्रेमको भन्दै दाहसंस्कार

विकल्प न्यूज/बागलुङ भदौं २३ गते । जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्‍याएको छ। रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन् । हालसम्म फेला परेका शवमध्ये १५ जनाको मात्र […]

साेमबार ११ जना कोरोना संक्रमितको मृत्यु,संख्या तीन सय पुग्यो

विकल्प न्युज/ बेनि भदौं २२ गते । छिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थप ११ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चार जना महिला छन्।  काठमाडौं ३७ वर्षीया, ९० वर्षीया र ८३ वर्षीया महिला छन्। त्यस्तै कास्कीका ६३ वर्षीया महिला छन्। त्यस्तै, मोरङका […]

गण्डकी प्रदेशमा कोरोना संक्रमण बढ्दो – ६७ जना नयाँ संक्रमित थपिए

विकल्प न्यूज\बेनी भदौं २२ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमण बढ्दो छ । दैनिक रुपमा धेरै संख्यामा कोरोना संक्रमित थपिने क्रम छ । सोमबार विहान थप ६७ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको विज्ञप्ती अनुसार कास्कीमा ३१, गोरखा १८,तनहुँमा ३ र नवलपुरमा १५ जना नयाँ संक्रमित थपिएका हुन । यो संगै […]

अहिले सम्मकै धेरै १८ सय १४ जनाले कोरोना जितेर घर फर्के

काठमाडौँ , २१ भदौ ।फाईल तस्वीर : म्याग्दीमा काेराेना जितेर घर फर्किदै । नेपालमा गएको २४ घण्टामा अहिले सम्मकै भेरै १८ सय १४ जनाले कोरोना जितेर घर फर्केका छन् । आज १८ सय १४ जनाले कोरोना जिते सगैँ नेपालमा कोरोना मुक्त भए घर फर्कनेको संख्या २८ हजार ९ सय ४१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको […]

थप ९८० जनामा कोरोना संक्रमण पुष्टि

२१ भदौ, काठमाडौं ।  पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु […]

भारतमा एकैदिन थपिए ९० हजार ६३३ जना कोरोना संक्रमित

२१ भदौ, काठमाडौं । भारतमा एकैदिन ९० हजार बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० लाख ९२ हजार ६५४ नमुना परीक्षण गर्दा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या २४ घण्टाको अवधिमा पुष्टि भएको विश्वकै सबैभन्दा धेरै हो । भारतमा […]

गण्डकी प्रदेशमा थपिए ६९ जना काेराेना संक्रमित

विकल्प न्युज/ बेनी भदौं २१ गते । गण्डकी प्रदेशका थप ६९ जनामा काेराेना पुष्टि भएकाे छ । स्वास्थ्य निर्देशनालय पाेखराले प्रकाशित गरेकाे विज्ञप्तिमा ६ जिल्लामा गरेर उक्त संख्या थपिएको जनाएको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५१६ पुगेको छ | क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन […]

महिलाहरुको इतिहास र वर्तमान

शान्ति बस्नेत / विकल्प न्यूज भदौं २० गते । महिला पुरुष बरावरी यो भनाई पनि सुन्दासुन्दा अव त मानसपटलमा नै शिलालेख जस्तो भएर बसि सकेको छ । भन्न, बोल्न जति सजिलो छ त्यति नै व्यवहारमा लागू गर्न कठिन भएको हामी सबैले महसुश गरेका छौं । व्यवहारिक ज्ञान भन्दा नि हामीहरु चाहिं सैद्धान्तिक ज्ञानको नै पछि लागेको […]

शुक्रबार १३५९ जनामा संक्रमण पुष्टि

१९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेेेस विर्फिङमा जानकारि दिईएकाे हाे । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै १३५४ जना डिस्चार्ज भएका छन् । यससँगै कोरोनामुक्त हुनेको […]

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टी

विकल्प न्यूज/बेनी भदौं १९ गते । गण्डकी प्रदेशमा शुक्रबार विहान ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । क्षयरोग केन्द्र र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा जनाए अनुसार ७ जना संक्रमित बाहेक अरु सबै कन्ट्याक टे«सिङबाट पहिचान भएका हुन ।  यो […]

बेनीको विरेन्द्रचोकमा भेटिएन नगरपालिका !

विकल्प न्यूज/बेनी भदौं १८ गते । सडक मिचेर पक्की संरचना बनाउँदा बेनी नगरपालिकालाई कुनै जानकारी छैन । नगरपालिकासँगको सम्झौता बेगर भाडावालाले पक्की संरचना बनाउँदा टुलुटुलु हेरेर जनप्रतिनिधिहरु दैनिकजसो ओहोरदोहोर गर्दछन् । बेनी बजारको मुटु भनेर चिनिने विरेन्द्रचोकको सडक छेवैमा सामान्य ट्याङ्की राखेर व्यवसाय गर्न दिइएको जमिनमा भाडावालाहरुले धमाधम पक्की संरचना बनाउन थालेका हुन । पाँचजना […]