ताजा समाचार:
Search

Breaking News

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

१५मंसिर,काठमाडौं। सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ […]

एकआपसमा विवाद गरेर देशलाई कसरी निकास दिन सकिन्छ त ?

शान्ति बस्नेत/विकल्प न्यूज मंसिर १४ गते । नेपालीमा उख्खान छ नि ‘जुन जोगी आए पनि कानै चिरेको’ हो आज आएर हामी सम्पूर्ण नेपालीहरुलाई महसुश हुन थालेको छ । जनचाहना अनुरुप किन बहुमतको सरकारले पनि काम गर्न सकिरहेका छैनन् यस्ता अन्गीन्ती प्रश्नहरुले आम सर्वसाधरणहरुको मनमा प्रश्न चिन्हहरु खडा हुन थालेका छन् । राजनीतिको खोक्रो आदर्श बोकेर […]

बावियाचौरको काफलचौरमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु ५ घाइते

विकल्प न्यूज/बेनी मंसिर १४ गते ।  म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरको ताराखेतमा बोलेरो दुर्घटनामा एकको मृत्यु र ५ जना घाइते भएका छन्। बावियाचौर लाम्पाताबाट सल्लानतर्फ जाँदै गरेको अवस्थामा ताराखेत–भर्जुला सडकखण्डको काफलचौरमा दुर्घटना भएको हो । ००१च ०२५२ नंको बोलेरो दुर्घटनामा चालक खुमबहादुर कटुवालकी एक छोरीको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित पाँचजनालाई थप उपचारका लागि बेनी […]

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

विकल्प न्युज/ काठमाडौ मंसिर १४ गते ।  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । ढकालले ६३३ मत पाए भने निकतम प्रतिद्वन्द्वी प्रधानले ४६६ मत पाए । नयाँ नेतृत्वका लागि […]

बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि

म्याग्दी, १२ मंसिर । बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको छ । रघुगंगा गाउँपालिका –२ भगवतीमा घर भएका २९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परिक्षणमा उनमा कोरोना पुष्टि भएर आएको स्वास्थ्य कार्यालयका निर्मित कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् । हालसम्म एकसय चौतिस जनामा कोरोना […]

कुश्मा-बलेवा जोड्ने नेपालकै अग्लो मोटरेबल पुल बन्ने

पर्वत । सदरमुकाम कुश्मा बजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका–४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका–१३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माण गर्न यसअघि नै प्रारम्भिक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्वेक्षणको तयारी भएको छ । झण्डै एक दशकदेखि प्रक्रिया शुरुआत भए […]

बेलिब्रिजले जोड्यो झिँ र पाखापानीलाई गाउँपालिका केन्द्र सँग

विकल्प न्यूज/बेनी मंसिर ११ गते । जलविद्युत आयोजनाले निर्माण गरेको पुलले यहाँका दुई वस्तीलाई सडक सञ्जाल सँग जोडेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राघुघाट जलविद्युत आयोजनाले रघुगंगा नदीमाथि निर्माण गरेको मोटरेबल पुलले दुर्गमका दुई वस्तीलाई सडक सञ्जाल सँग जोडेको हो । रघुगंगाको वडा नम्बर ४ दग्नामको बुग्ल र वडा नम्बर ५ […]

ढोलठानाबाट नियहाल्दा (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर १० गते । म्याग्दीको बेनी नगरपालिकाको पुला र घतानको साँधमा रहेको ढोलठानाबाट बाट रमणीय दृश्यहरु देख्न सकिन्छ । यहाँबाट अन्नपूर्ण र धौलागिरि हिमश्रृङ्खलाका साथै कालिगण्डकी र म्याग्दी नदीको दृश्यका साथै बेनी बजार,पर्वतको जलजला गाउँपालिकाका वस्तीहरुको अवलोकन गर्न सकिन्छ । यो समुन्द्र सतह देखि १७५० मिटरको उचाईमा पर्दछ । मध्यकालमा पर्वत राज्यको राजधानीको […]

आशा जाग्दै छ , पुसदेखि सुरुङ खनिँदै

काठमाडौँ, मङ्सिर १० गते ।  कोरोना भाइरस (कोभिड–१९) का कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेशमान शाक्यले भन्नुभयो, “सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा छ । पुस पहिलो सातादेखि आयोजनाको […]

मुख्यमन्त्री गुरुङले गाउँपालिका अध्यक्ष सँग लगाए मीत

विकल्प न्यूज/बेनी मंसिर ९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले म्याग्दीको अन्‍नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनसँग मितेरी साइनो जोडेका छन् । मुस्ताङका प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनका पिताको निधनमा श्रद्धाञ्जली दिन पुगेका मुख्यमन्त्री गुरुङ फर्किने क्रममा म्याग्दी बसेका थिए । सोही क्रममा उनले काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षसँग मितेरी साइनो गाँसेका हुन् । ‘‘पहिलादेखिको योजना होइन, […]

बेवारिसे शव जलाउने म्याग्दीकी सपना बिबिसीको प्रभावशाली महिलाको सूचीमा

 विकल्प न्यूज/काठमाण्डौै मंसिर ९ गते । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्। बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्। बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको […]

म्याग्दीमा मृत्यु पछि एकजनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी मंसिर ८ गते । म्याग्दीमा मृत्यु पछि एकजनामा काेराेना पुष्टि भएको छ । रघुगंगा गाउँपालिका १ ठेगना भई पर्वतको जलजला गाउँपालिका २ बौरमा वस्ने वर्ष ८४ का एक वृद्धमा मृत्यु पछि काेराेना पुष्टि भएकाे हाे ।  काेराेनाकाे लक्षण सहित ४ दिन अगाडि   बेनी  अस्पतालमा मा उपचारका लागि अाएका उक्त पुरूषकाे पिसिअार परिक्षण […]

म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी मंसिर ८ गतेे । म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । पाेखरामा गरिएको पिसिअार परिक्षणमा बेनी नगरपालिकाका ५ ठेगना भएकि  एक महिला, वडा नम्बर ७ मा १ पुरूष  र १ महिलामा काेराेना पुष्टि भएकाे बेनी अस्पताल श्राेतले जानकारि दिएकाे छ । अन्नपूर्ण गाउँपालिका १ मा   १ जना र रघुगंगा गाउँपालिका […]

डाक्टर र मन्दिर

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज मंसिर७गते।  केही दिन अगाडि ग्राफिक्स कम्युटरको ढोकैमा डाक्टर डि.पी. भूसालसँग जम्का भेट भयो । अभिवादनको लेनदेन सँगै डा. साहेबले ‘सञ्चो बिसञ्चो के छ ?’ भनेर पनि सोध्नु भो । बिरामी नै भैहालेको भए त अन्त कहाँ गईन्थ्यो र ? टाढाको आरन भन्दा नजिकको उलिन बेस ! जति नै जटिल रोग लागेको […]

३९४ अस्पताल शिलान्यास गरिँदै

काठमाडौँ, मङ्सिर ७ गते ।  सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अस्पताल नभएका ६४९ मध्ये ३९४ वटा स्थानीय तहमा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्नेभएको छ । मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै सङ्ख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित […]